सिजादर्पण श्रावण ६ काठमाण्डौ ।राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३१औं वार्षिकोत्सव भव्यरुपले सम्पन्न भएको छ । यो कार्यक्रम प्रत्यक वर्ष श्रावण ६ गतेको दिन गदै अएको छ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल को पेसागत हक, हित र संस्थाको सम्वद्र्धन गर्ने उद्देश्यले २०४७ श्रावण ६ गते आजकै दिनमा स्थापना भएको हो ।
राष्ट्रिय वाणिज्य बैंकको नेपालको सबैभन्दा ठूलो र जेठो प्रतिष्ठान स्तरको राष्ट्रिय वाणिज्य वैक लाइ लिने गरिन्छ ।आजकोदिन युनियन आन्दोलनको विधिवत रुपमा शुरुवात भएको महत्वपूर्ण दिन कोरुमा लिने पनि गरिन्छ ।
विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण सामाजिक दुरी कायम कायम गरेर कार्यक्रमा सम्पन्न गरिएको छ । वार्षिकोत्सवको अवसरमा संघका अध्यक्ष श्री हेमराज सुवेदी, बैंक, बिमा तथा वित्तीय क्षेत्र कर्मचारी संघका अध्यक्ष श्री नारायणप्रसाद सुवेदी, संघका पूर्व अध्यक्ष श्री वेतबहादुर लावतीले संयुक्त रुपमा संघको झण्डोत्तलन गर्नुभएको थियो ।

