सिजादर्पण ८ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०का इमेर्जेन्सिज प्रोग्रामका प्रमुख माइक रयानले कोरोना भाइरस ९कोभिड(१९० विरुद्धको खोप सन् २०२१ भन्दा अघि आउँछ भन्ने अपेक्षा नरहेको बताएका छन् । उनले अहिले शोधकर्ताहरुले खोप निर्माणमा राम्रो प्रगति हासिल गरेका भए पनि २०२१ भन्दा अघि खोपको पहिलो प्रयोग हुने अपेक्षा गर्न नसकिने बताएका हुन् ।बुधबार उनले डब्ल्यूएचओले खोप निर्माणपछि सबै मुलुकमा न्यायोचित वितरण होस् भन्ने सुनिश्चित गर्नको लागि काम गरिरहेको पनि बताएका छन् । यद्यपि अहिलेको समयमा कोरोना भाइरस नियन्त्रणको लागि कदम चाल्नु नै महत्वपूर्ण रहेको उनको भनाइ छ ।
पछिल्लो समय निरन्तर कोरोना संक्रमितको संख्या बढिरहेको भन्दै रयानले चिन्ता व्यक्त गरे । उनले खोप निर्माणको कार्यमा प्रगति भइरहेको र केही खोप अहिले क्लिनिकल परीक्षणको तेस्रो चरणमा रहेको पनि बताए । अहिलेसम्म कुनै खोप पनि सुरक्षा र प्रतिरोधी क्षमता विकासको मामिलामा असफल नभएको रयानले उल्लेख गरे ।डब्ल्यूएचओले अहिले सम्भावित खोपको उत्पादन क्षमता र पहुँच विस्तारको लागि काम गरिरहेको रयानको भनाइ छ । उनले यो खोप धनी वा गरिब मानिसका लागि नभई सबै मानिसको पहुँचमा पुर्याइने बताएका छन् ।
