आर्ट्सले मानिसलाई जति सिर्जनशील र कल्पनाशील बनाउन सक्छ, अरू विधाले सक्दैन ‘तिमीजस्तो ट्यालेन्ट स्टुडेन्टले त साइन्स पढ्नुपर्छ’ एसएलसीपछि पढ्ने विषयबारे सल्लाह माग्दा प्रायः सबैबाट पाएको उत्तर थियो । ‘बिजनेसम्यान’ बन्ने हुटहुटीका कारण म व्यवस्थापनमा भर्ना हुन चाहन्थेँ, तर सबै भन्थे, ‘यस्तो तगडा विद्यार्थीले त साइन्स नै पढ्नुपर्छ ।’ सेकेन्ड डिभिजन ल्याएका केही सिनियरले आर्ट्स पढेकाले मस्तिष्कमा आर्ट्स कमजोर विद्यार्थीले पढ्ने विषय हो भन्ने परेको थियो । आफ्नै मन र मस्तिष्कबीच युद्धविराम गरेर पछि निधो गर्ने गरी साइन्स पढेँ । एमबिबिएसको तयारीमा असफलता भोगेपछि डाक्टर बन्ने सपना त्यागेर हारेको मानसिकतासहित इन्जिनियरिङ पढेँ ।
यो त मेरो कथा भयो । अरू तीनजनाको कथा पनि छोटकरीमा भन्छु । शिक्षाको पहिलो उद्देश्य विद्यार्थीलाई राम्रो गर्न सक्ने क्षेत्र पहिल्याउन मद्दत गर्नु हो । तर, हाम्रो शिक्षा पहिलो उद्देश्यमै असफल छ । ‘गीत गाएर त जिन्दगी चल्दैन है केटो, यस्तो पढाइले पटक्कै हुँदैन’ भन्दै प्रत्येक दिन लज्जित बनाइएका दिवेश पोखरेल उर्फ अर्थर गन हालै ‘अमेरिकन आइडल’को उपविजेता बने । उनलाई हाम्रो शिक्षा, हाम्रो समाजले ‘नम्बर कम ल्याउँने तँ असफल भइस्’ भनिरह्यो । तैपनि दिवेश ‘आर्थर गन’ बने, तर सबै दिवेश ‘आर्थर गन’ बन्न सक्दैनन् । असफलताको बोझले थिचिएर जीवनभर दिवेश नै बनिरहन्छन् ।
दोस्रो, एसएलसी टपर मेरो साथीको रुचि साहित्यमा थियो, उनी साहित्य नै पढ्न चाहन्थे । तर, परीक्षामा टप गरिरहने ‘गल्ती’ले उनी साइन्स पढ्न बाध्य बने । मन मारेर साइन्स पढेका उनको बायोलोजी कापीको पछाडिका पाना कविताले भरिन्थ्यो । तर, उनको मापन त जीवहरूको चित्रमा खोजिन्थ्यो । उनी समाजका लागि इन्जिनियर बनिदिए, तर प्रत्येकपल्ट पछुताएर । जब आफैँले निर्णय लिन सक्ने भए, बिस्तारै साहित्यतिर फर्किंदै छन्, त्यो पनि समाजको आँखा छलेर । मेरा मित्रभित्रको ‘सेक्सपियर’ हत्या गरिदिने को हो रु जिम्मा कसले लिने रु यस्तै पीडा बर्सेनि हजारौँ–हजार विद्यार्थीले व्यहोरिरहेका छन् । तैपनि यो बहसको एजेन्डा बन्दैन ।
सन्तुष्टि रुचिकै विषयमा काम गर्दा मात्र प्राप्त हुन्छ । पैसामा मात्रै जिन्दगीको लय नापिँदैन । लगाव भयो भने जुनसुकै विधाबाट पैसा कमाउन सकिन्छ । गाएर कमाउन सकिन्छ, खेलेर कमाउन सकिन्छ । अब्बल सेफ बनेर कुस्त कमाउन सकिन्छ ।
अन्तिम उदाहरण, अर्थशास्त्री स्वर्णिम वाग्ले पनि एसएलसीमा बोर्ड दोस्रो भएका विद्यार्थी हुन् । आज त यस्तो छ, तीन दशकअघि जेहेनदार विद्यार्थीले डाक्टर कि इन्जिनियर पढ्नुपर्छ भन्ने मान्यता कति प्रबल थियो होला रु तर, उनले आफूलाई खुबै रुचि भएको अर्थशास्त्र पढ्ने निधो गरे, रुचिकै विषय पढ्न पाएकाले ब्याचका अरू टपरभन्दा सफल भए । वाग्ले डाक्टर वा इन्जिनियर पढ्न बाध्य भएको भए के हुन्थ्यो होला रु सम्भवतः आफ्नै साथीहरूजस्तै औसत पेसाकर्मी हुन्थे ।
साइन्स भर्सेस आर्ट्स स् स्वयं साइन्सको विद्यार्थी अनि शिक्षक पनि भएकाले म साइन्सको समर्थक नै हुँ । इन्जिनियर हुँ, इन्जिनियरिङप्रति मोह छ । तर, साइन्स पहिलो, व्यवस्थापन दोस्रो र आर्ट्सलाई तेस्रो जुन दर्जा दिइएको छ, म त्यसको घोर विरोधी हुँ । वर्षमा अन्दाजी पाँच प्रतिशत विद्यार्थीले डाक्टर, इन्जिनियर, पाइलटलगायत ‘पहिलो दर्जा’का विषय पढ्छन् । बाँकी ९५ प्रतिशतले त ‘दोस्रो–तेस्रो दर्जा’कै विषय पढ्ने हुन् । हामी ती पाँच प्रतिशतलाई अधिक महत्व दिएर ९५ प्रतिशत विद्यार्थीप्रति घोर अन्याय गरिरहेका छौँ ।
अहिले एसइई र कक्षा १२ सकेर बसेका विद्यार्थीले जीवनको महत्वपूर्ण निर्णय लिने वेला हो । अहिले साइन्स पढ्दै गरौँ, १२ पछि निर्णय गरौँला भन्ने पनि प्रशस्त हुन्छन् । तर होइन, रुचिअनुसार विषय रोज्न अनि आफ्नो करिअरलाई दिशा दिन विलम्ब गर्नु हुन्न । रुचि, क्षमता र भविष्यको लक्ष्य निर्धारण गरी निर्णय गरिहाल्नुपर्छ । रुचि आर्ट्समा छ भने परिवार र समाजले के भन्छ भनेर सोच्ने होइन, आर्ट्स नै पढ्नुपर्छ ।
आर्ट्सले मानिसलाई जति सिर्जनशील र कल्पनाशील बनाउन सक्छ, अरू विधाले सक्दैन । साइन्सले संसार गोलो छ भन्छ भने आर्ट्सले संसारको गोलाइ बुझ्न सिकाउँछ । गीत, संगीत, साहित्य, कला सबैको महत्व झन् बढेको छ । एउटा आर्टिस्ट, एउटा साइन्टिस्टभन्दा कुनै कोणबाट कम हुँदैन । समाजमा इन्जिनियरको जति भूमिका छ, कलाकारको पनि उत्ति छ । अझ अब त हरेक विषयमा आर्ट्सलाई जोड्नु जरुरी छ । विज्ञान वा व्यवस्थापनमा आर्ट्स नजोड्ने हो भने अब यी विषय प्राणविहीन बन्नेछन् । आज हजार शब्दको व्याख्या एउटा चित्र वा एउटा भिडियो क्लिपले गर्छ । अब साइन्स गीतको माध्यमले किन नपढाउने रु संगीत इतिहासको गाथा किन नरच्ने रु अरूको कला, संस्कृतिमार्फत किन नसिक्ने रु हामीले साइन्स अनि आर्ट्सबीच कोरेको रेखाले हाम्रो शिक्षालाई उठ्नै दिएन ।
चिडियाखानामा एकातिर बाघ, अर्कोतिर चरा, हात्ती अर्कोतिर, गोही अर्कोतिर हुन्छन् । यी जनावरहरू जंगलमा त पर्खालले छुट्याएर अलग–अलग बसेका हुँदैनन् नि १ हाम्रो शिक्षा पनि त्यस्तै हो । चिकित्सक निरज जोशी बिरामीलाई कहाँ के भएको छ भनेर चित्र बनाएर बुझाउनुहुन्छ । बिरामीको मनोविज्ञान बुझ्नुहुन्छ, त्यसले बिरामीको आत्मबल बढाउने विश्वास पैदा गर्छ । साइन्समा आर्ट्स जोडिँदा त्यसले अथाह सम्भावना बोकेर ल्याउँछ ।
आर्ट्सको महत्व स् हामी आर्ट्स पढ्नेलाई ‘नम्बर कम आएर आर्ट्स पढेको’ निष्कर्ष निकाल्दिहाल्छौँ । अबको संसार कल्पनाको अनि ‘इन्नोभेसन’को हो, यसका निम्ति आर्ट्स प्रमुख विषय हो । अल्बर्ट आइन्स्टाइनले भनेझैँ कल्पना ज्ञानभन्दा ठूलो छ । कल्पनाका निम्ति महत्वपूर्ण संकाय आर्ट्स हो । यदि सिर्जनशीलता नै अबको शिक्षा हो भने त्यो सिर्जनशीलता किन नसिकाउने रु अब पनि आर्ट्सलाई हेप्नु भनेको अबको संसार नबुझ्नु हो । आर्ट्सले एउटा विद्यार्थीमार्फत समाज बदल्ने ताकत राख्छ ।
आज संसारका प्रमुख समस्या खानेपानी, शिक्षा, सरसफाइ, स्वास्थ्य, वातावरण आदि हुन् । यस्ता समस्याको जडमा पुग्न मानवसभ्यता बुझ्न जरुरी हुन्छ । उदाहरणका निम्ति फास्ट ट्र्याक निर्माणमा खोकनाको समस्या नबुझी हुन्न । पूर्वाधार निर्माणसँगै संस्कृति जोगाउन पनि जरुरी छ । निजगढ एयरपोर्ट बनाउँदा वातावरणको पनि ख्याल गरिनुपर्छ । विज्ञानले विकास र प्रगतिको नेतृत्व गर्छ भने आर्ट्सले मानवताको अर्को पाटोलाई नेतृत्व गर्छ । समाजको सन्तुलन अनि विकासको गतिका निम्ति समेत आर्ट्स महत्वपूर्ण छ । विज्ञानले संसार बदल्दै छ, तर संसारलाई बदल्नुअघि कस्तो संसार बनाउने भनेर सपना देख्न र त्यो संसारको चित्र बनाउन आर्ट्सले सिकाउँछ ।
आर्ट्स स्कुले विद्यार्थीलाई झन् आवश्यक छ । तर, हामीले विषयगत दर्जा छुट्याएर गल्ती गरिरहेका छौँ । स्कुलमा आर्ट्सका लागि छुट्याएको समय पनि ‘महत्वपूर्ण’ विषय भन्दै हामी विज्ञान र गणितलाई दिन्छौँ । कला, साहित्य, समाज, राजनीति आदि विषय त महिनाको अन्तिम शुक्रबार पानी नपरेको दिनका निम्ति छुट्याइएको छ । यसले गर्दा हाम्रा विद्यार्थीको सिकाइ नै भुत्ते भइसकेको छ । जसकारण हामी विवेकी, चेतनशील नागरिक अनि समाजका ‘इन्नोभेटिभ’ नेता गुमाउँदै छौँ । २००५ मा ‘रान्ड कर्पोरेसन’ले गरेको अध्ययनको रिपोर्टअनुसार आर्ट्सले विद्यार्थीलाई एकअर्कासँग जोड्न अनि संसारसँग गहिरो सम्बन्ध राख्न मद्दत गर्छ । सामाजिक सम्बन्ध र सद्भाव कायम राख्न मद्दत गर्छ । यसैले राज्यकै तहबाट आर्ट्सलाई महत्व दिन जरुरी छ।
आर्ट्स त ‘यत्तिकै सिकिहालिन्छ नि’ भन्ने भ्रम पनि छ । विद्यार्थीले सीप र कला पनि सिक्ने नै हो । ताकि, विद्यार्थीले फरक तरिकाले सोच्न अनि कल्पन सकून् । हाम्रो पढाउने विधि र अनावश्यक अनुशासनसमेत विद्यार्थीको आर्ट्सप्रति रुचि मार्ने कारक हुन् । तसर्थ, हामीले विद्यार्थीलाई उनीहरूको लगावमा सिर्जनशीलता अनि प्रविधि सिकाउन जरुरी छ । जसबाट, उनीहरूभित्रको आर्टिस्ट बाहिर निस्कन सकोस् । आर्ट्स सीमान्तकृत संकाय बन्नुको अर्को कारण ‘आर्ट्स पढेर पैसा कमाइँदैन’ भन्ने सोच हो । तर, जीवनमा पैसाभन्दा बढी सन्तुष्टि आवश्यक पर्छ।
टपरहरूले आर्ट्स पढ्नुहुँदैन भन्ने रुढिवादी सोच सामाजिक रोग हो । व्यक्ति सफल हुन डाक्टर वा इन्जिनियर भएर मात्र पुग्दैन, असल अभिभावक, असल मानिस अनि जिम्मेवार नागरिक हुन उत्तिकै जरुरी हुन्छ । आर्ट्सले त्यही सिकाउँछ ।
सन्तुष्टि रुचिकै विषयमा काम गर्दा मात्र प्राप्त हुन्छ । पैसामा मात्रै जिन्दगीको लय नापिँदैन । लगाव भयो भने जुनसुकै विधाबाट पैसा कमाउन सकिन्छ । गाएर कमाउन सकिन्छ, खेलेर कमाउन सकिन्छ । अब्बल सेफ बनेर कुस्त कमाउन सकिन्छ ।
आर्ट्स विधा निकै ठूलो छ । दर्शन, कला, साहित्य, भाषा–साहित्य, समाजशास्त्र, पत्रकारिता, राजनीतिशास्त्र, नीतिशास्त्र, मनोविज्ञान, अर्थशास्त्र, वातावरण, इतिहास, संस्कृति, संगीत, नृत्य, ज्योतिष, फेसन आदि विषय आर्ट्सअन्तर्गत नै पर्छन् । आर्ट्सको दायरा फराकिलो हुँदा अवसरको दायरा पनि फराकिलो हुन्छ ।
आर्ट्स रिटन्स् स् अहिले विश्वविद्यालयहरूमा दर्शन, साहित्य, भाषा, इतिहास पढ्ने विद्यार्थी घटेका छन् । भविष्यमा हाम्रो समाजलाई मार्गदर्शन दिने दार्शनिक, कवि, लेखक, साहित्यकार, इतिहासकार, संस्कृतिविद्, सामाजिक र राजनीतिक विश्लेषकको खडेरी नै त पर्ने होइन भन्ने चिन्ता पैदा हुन थालेको छ । असन्तुलित समाजले प्रगति गर्दैन । पहिचान र राष्ट्रियताको भाषण गर्ने नेताहरूले यो कुरा कति गम्भीरतापूर्वक बुझेका होलान् रु हार्वर्ड ग्राजुएट स्कुल अफ एजुकेसनका लुइस हेलेन र एल्लेन विनरले दुई वर्ष लगाएर गरेको अध्ययनले आर्ट्सका विद्यार्थीमा अवलोकन तथा स्वमूल्यांकन, दृढता, चुनौती मोल्न सक्ने, समाधान दिन सक्ने र कल्पना गर्न सक्ने खुबी अरूमा भन्दा बढी रहेको पाए ।
आजको आवश्यकता केही नयाँ अनि केही थप उत्कृष्ट बनाउने क्षमताको हो । त्यो बाटो अरूभन्दा आर्ट्सले सजिलो गरी खोलिदिन्छ । फेसबुकका निर्माता मार्क जुकरबर्ग लिबरल आर्ट्सका विद्यार्थी थिए, जसको रुचि कम्प्युटरमा थियो । जुकरबर्गका अनुसार फेसबुक जति प्रविधि हो, त्यत्ति नै मनोविज्ञान र समाजशास्त्र पनि हो । आज संसार विज्ञानको युगमा छ । यो युग बिस्तारै खोक्रो हुँदै जाँदा कला, साहित्य, संस्कार, जीवनदर्शनको महत्व झन् बढ्दै जानेछ ।
अबका दिनमा आर्ट्स झन् महत्वपूर्ण भएर किन पनि आउ“छ भने अब मेसिनले समेत दिमाग लगाउन थाल्नेछन् । हामीले मेसिनस“ग समेत प्रतिस्पर्धा गर्नुपर्नेछ । अब हामीलाई चाहिने तनाव व्यवस्थापन, सिर्जनशीलता र सपना आर्ट्सले दिनेछ । रोबोटको युगमा मानवताको महत्व अझ उकासिनेछ ।
अक्सफोर्ड विश्वविद्यालयका दुईजना अनुसन्धानकर्ता कार्ल बेनेडिक्ट फ्रे र माइकल ए अस्बोर्नले गरेको अनुसन्धान रिपोर्ट ‘द फ्युचर अफ इम्प्लोयमेन्ट’अनुसार अबका अधिकांश काम रोबोटले गर्नेछन् । त्यसैले सन् २०३० वा २०४० मा बालबालिकालाई के सिकाउने थाहा छैन । अहिले पढाएको शिक्षाले काम पाइन्छ वा पाइँदैन यकिन छैन । जीवन पहिला पढ्ने अनि त्यसकै आधारमा काम गर्ने गरी दुई भागमा विभाजित छ । त्यो कामको बारेमा हामी अनिश्चित छौँ, त्यसैले आफूलाई समयानुकूल परिवर्तन गर्न सकिने सिकाइको दरकार छ । समयअनुसार परिवर्तन हुन सक्ने र परिस्थितिस“ग जुध्न सक्ने तागत आर्ट्सले अन्य विषयले भन्दा सजिलोस“ग दिन सक्नेछ ।
निष्कर्ष स् टपरहरूले आर्ट्स पढ्नुहुँदैन भन्ने रुढिवादी सोच सामाजिक रोग हो । व्यक्ति सफल हुन डाक्टर वा इन्जिनियर भएर मात्र पुग्दैन, असल अभिभावक, असल मानिस अनि जिम्मेवार नागरिक हुन उत्तिकै जरुरी हुन्छ । आर्ट्सले त्यही सिकाउँछ । त्यसैले, आर्ट्समाथि जारी अन्यायविरुद्ध हामीले आवाज बुलन्द पार्न जरुरी छ । गत वर्ष म पुगेको जापान, कतार र अमेरिकामा एउटा समानता पाएँ– कलाको सम्मान । तीनवटै देशमा आफ्नो इतिहास, संस्कृति, सम्पदालाई म्युजियम, टुरिजम, कलाकारितामार्फत उजागर गरिएको छ । देश ठुल्ठूला भवन र भाषणले बन्दैन । देश बनाउनु भनेको देशको पहिचान झल्काउनु हो । त्यो, काम आर्ट्सले मात्रै गर्न सक्छ ।
हामीलाई समृद्ध हुन अझ धेरै लक्ष्मीप्रसाद देवकोटा, अरनिको, झमक घिमिरे, पारस खड्का, राजेश हमाल, धिरेन्द्र प्रेमर्षि, पुष्पा बस्नेत, मदनकृष्ण(हरिवंश, बिपी, मदन भण्डारी, नवराज पराजुली, सत्यमोहन जोशी, केकी अधिकारी, मीनबहादुर भाम र नेपथ्यहरू चाहिएको छ । के हाम्रो पुस्ताले यो देश र संसार हल्लाउने आर्टिस्ट पाउला ? योलेख नयाँपत्रिकामा छ,l
लेखक विवेकशील नेपाली दलका अध्यक्ष
