सिजादर्पण विरटनगर १७ श्रावाण ।
विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेललाई सोही कार्यालयमा काम गर्ने महिला कर्मचारीले कार्यकक्षमै हातपात गरेका छन् ।महिला कर्मचारीले कोठामा चुकुल थुनेर उनीमाथि हातपात गरेका थिए ।
चुकुल खोलेर भागेका सञ्जेलले आफूमाथि हातपात भएको भन्दै प्रहरीलाई खबर गरेका थिए । मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले ड्युटी खटाउने सवालमा विवाद भई हातपात भएको प्रारम्भिक जानकारी आएको बताए ।हातपात गर्ने कर्मचारी र सञ्जेललाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर छलफल भइरहेको खड्काले जानकारी दिए l
