सिजादर्पण,काठमाडौं l पाकिस्तानमा एउटा अनौठो घटना देखिएको छ । सिन्ध प्रान्तमा स्क स्थानीय अदालतले प्रहरी हिरासतमा रहेको कुखुराको भालेलाई रिहा गरेर उसको मालिकलाई बुझाउन आदेश दिएको छ ।
८ महिना देखि सिन्ध प्रान्तको दुई वटा थानामा नियन्त्रणमा राखिएका ५ वटा भाले मध्य एउटालाई रिहाई गरिएको हो ।स्थानीय मानिसहरुले भाले जुधाई खेलका क्रममा छापा मारेर मानिस सगैँ कुखुरा पनि नियन्त्रणमा लिएको थियो । तर ती भालेहरुलाई कसैले पनि मेरो हो भनेर जिम्मा नलिए पछि तीनीहरुलाई हिरासतमै राखिएको छ । पछिल्लो समय जफर मीरानीले अदालतमा हिरासतमा रहेको भाले आफ्नो भएको दाबी गरेर मुद्धा हाले पछि आदेश जारी भएको हो ।थाना प्रमुख मुमताज़ सिरकीले मानिसहरु धरौटीमा रिहा भएको तर यो कुखुराहरुलाई कसैले दाबी नगरे पछि प्रोपर्टी कानुन अन्तर्गत नै यी भालेहरु हिरासतमा राखिएको बताए ।
