Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कोरोना भ्याक्सिन निर्माणको दौड- अक्टुबरमा रुस, डिसेम्बरमा अमेरिका l


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, साउन २१, २०७७

कोरोना भ्याक्सिन निर्माणको दौड- अक्टुबरमा रुस, डिसेम्बरमा अमेरिका l

एजेन्सी । विश्वभर १ करोड ८७ लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ र ७ लाखभन्दा धेरैले संक्रमणकै कारण ज्यान गुमाइसकेका छ । त्यसैले अहिले पुरै विश्व महामारी नियन्त्रणका लागि भ्याक्सिनको खोजीमा जुटेको छ । रुस,अमेरिका,चीन,बेलायत,अस्ट्रेलिया,जर्मनी, भारतलगायतका देश कोभिड–१९ भ्याक्सिनको निर्माणमा जुटेका छन् । विश्व स्वास्थ्य संगठनकाअनुसार अहिले १ सय ३० भन्दा बढी कम्पनीहरु भ्याक्सिन बनाउने दौडमा छन् र त्यसमध्ये २० भन्दा बढी भ्याक्सिनको क्लिनिकल परीक्षण भइरहेको छ ।
रुस
रुसी वैज्ञानिकहरुको दाबी पत्याउने हो भने कोरोना भाइरसको भ्याक्सिनको परीक्षण सफल भइसक्यो । यसले औपचारिकता पाउनमात्रै बाँकी हो । अगस्टको मध्यसम्म भ्याक्सिनलाई स्वीकृति दिने र त्यससँगै ठूलो संख्यामा स्वास्थकर्मीहरुलाई भ्याक्सिन लगाउने योजना रुस सरकारले बनाएको छ । त्यसैगरी, अक्टुबरको मध्यसम्म आम सर्वसाधारणलाई भ्याक्सिन लगाउने कार्यक्रम अघि बढाउने योजना रुसको छ ।रुसका केही विशिष्ट व्यक्तिहरुले यो भ्याक्सिन लिइसकेका छन् र नतिजा प्रभावकारी तथा सुरक्षित देखिएको वैज्ञानिकहरुको ठहर छ रुसका अनुसार गामालिया इन्स्टिच्युटले तयार गरिरहेको यो भ्याक्सिन कोरोना भाइरसविरुद्धको यो पहिलो भ्याक्सिन हुनेछ । यद्यपि, विश्व स्वास्थ संगठनले रुसलाई हतार नगर्न सतर्क गराएको छ । यसबाहेक रुसले अन्य भ्याक्सिनको क्लिनिकल ट्रायल पनि गरिरहेको छ । रुसमा ८ लाख ५० हजारभन्दा धेरैमा कोरोना भाइरस देखिइसकेको छ ।
चीन
चिनियाँ कम्पनी सिनोभाक बायोटेकले गरिरहेको क्लिनिकल ट्रायल तेस्रो चरणमा छ । तेस्रो चरणको क्लिनिकल ट्रायल सुरु गर्ने यो पहिलो भ्याक्सिन हो । परीक्षणका क्रममा १५ हजार स्वयंम्सेवकलाई अबुधाबीमा पहिलो डोज दिइएको थियो । उनीहरुलाई २८ दिनभित्र २ पटक भ्याक्सिन दिइएको थियो र अनुसन्धानकर्ताहरुले यी स्वयंम्सेवकमा एन्टी बडिज विकास भइरहेको जनाएका छन् ।चीनमा कोभिड–१९ का चारवटा भ्याक्सिन विकास हुँदैछ । विश्वको सबैभन्दा ठूलो जनसंख्या चीनमा कोरोना भाइरस धेरै हदसम्म नियन्त्रणमा आइसकेको छ । ८४ हजारभन्दा धेरैमा संक्रमण देखिएकोमा अहिले यहाँ ८ सय १० जनामात्रै सक्रिय संक्रमित छन् ।
अमेरिका
अमेरिकी बायोटेक कम्पनी मोर्डनाले तेस्रो चरणको परीक्षण जुलाई २७ देखि सुरु गरेको छ । अमेरिकाका विभिन्न ८७ ठाउँमा ठूलो परिमाणमा यसको परीक्षण हुँदैछ । अमेरिकी सरकारले यस योजनाका लागि साथ दिएको छ । अमेरिकी संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीकाअनुसार पूर्ण प्रभावकारी र सुरक्षित भ्याक्सिन २०२० को अन्त्यमा मात्रै आउनेछ ।
अमेरिकामा मोर्डनाबाहेक अन्य कम्पनीका भ्याक्सिन पनि क्लिनिकल परीक्षणमा छन् । अमेरिका कोरोना भाइरसबाट सर्वाधिक प्रभावित देश हो । यहाँ ४९ लाख १८ हजारभन्दा धेरैमा कोरोना भाइरस देखिइसकेको छ । कोभिड–१९ कै कारण १ लाख ६० हजारभन्दा धेरैको मृत्यु भइसक्यो ।
बेलायत
बेलायतको अक्सफोर्ड विश्वविद्यालयले तयार गरेको भ्याक्सिन पनि अन्तिम चरणको परीक्षण अर्थात् तेस्रो चरणमा छ । इम्पेरियल कलेजले दोस्रो चरणको परीक्षण गरिरहेको छ । नोभेम्बरसम्म इम्पेरियल कलेजले तेस्रो चरणको परीक्षण सुरु गर्ने जनाएको छ, जहाँ ६ हजार मानिसमा सहभागी हुनेछन् । महामारीबाट सर्वाधिक प्रभावित पश्चिमी युरोपका देशमध्ये बेलायतको नाम अगाडि आउँछ, यहाँ ३ लाखभन्दा धेरैमा संक्रमण देखिइसकेको छ । ४९ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।
भारत
भारतले पनि कोभिड–१९ भ्याक्सिन निर्माणको काम सुरु गरिरहेको छ । तर, यो पूरा हुन आगामी वर्षको मार्च लाग्ने अपेक्षा गरिएको छ । हैदरावादस्थित भारत बायोटेकले निर्माण गरिरहेका कोभासिन नामक भ्याक्सिन पहिलो चरणको परीक्षण र गुजराती कम्पनी जाइदुसले तयार गरिरहेको जाई कोभ–डी नामक भ्याक्सिन दोस्रो चरणको परीक्षणमा छ ।यी परीक्षण पूरा भएपछि १ मार्चसम्म १ सय मिलियन डोज भ्याक्सिन तयार गर्ने अनुमान गरिएको छ । अमेरिका र ब्राजिलपछि महामारीबाट सर्वाधिक प्रभावित देशको सूचीमा भारत तेस्रो नम्बरमा छ । यहाँ १९ लाखभन्दा धेरैमा कोरोना देखिइसकेको छ । यता, जर्मन कम्पनीले तयार गरेको भ्याक्सिन दोस्रो चरणको परीक्षणमा छ भने अस्ट्रेलियाले तयार गरेको भ्याक्सिन पहिलो चरणको परीक्षणमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn