Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नेतृत्वमा आउने भनेको आफ्नो युगको समस्या समाधान गर्ने एजेन्डा बोकेर हो


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, साउन २९, २०७७

नेतृत्वमा आउने भनेको आफ्नो युगको समस्या समाधान गर्ने एजेन्डा बोकेर हो

मानव इतिहासको प्रत्येक क्षणमा भएका युगान्तकारी परिवर्तनमा युवाले सदैव अग्रणी भूमिका निर्वाह गरेका छन् । भौतिक विज्ञान र दर्शनको क्षेत्रमा होस् वा आर्थिक, सामाजिक, राजनीतिक क्रान्तिका क्षेत्रमा, यस्ता समस्याको पहिचान र निराकरणमा युवाले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । अहिले कोभिड–१९ को महामारीले सतहमा ल्याइदिएको मानवीय समस्यामध्येको एक सम्पन्न र विपन्नबीचको असमानता, विश्वव्यापी रूपमा प्रकृति विनाशले निम्त्याएको वातावरणीय समस्याजस्ता विषयले समाजलाई एकचोटि फेरि नयाँ युगीन परिवर्तनको संघारमा उभ्याइदिएको छ । यतिवेला युवाले कस्तो भूमिका निर्वाह गर्नुपर्छ भन्ने जिज्ञासा सर्वत्र छ । त्यसैगरी, नेपालमा लोकतान्त्रिक परिवर्तनको शृंखला पार गरेर समाज जसरी नयाँ चरणमा प्रवेश गरेको छ, त्यहाँ पुरानो आर्थिक, सामाजिक संरचना धराशायी बनेका छन् । साथै, त्यसको सञ्चालन गर्ने राजनीतिक नेतृत्व पनि पुरानो र परम्परावादी रहेको अवस्थामा युवाको भूमिका के हुन सक्छ भन्ने जिज्ञासा छ यसै सन्दर्भमा यस विषयमा विहंगम बहस हुनु सान्दर्भिक छ ।

ऐतिहासिक रूपमा पहिलेका जे–जति नाम कहलिएका चिन्तक छन्, उनीहरू अधिकांशले राज्य विस्तार होस् वा ज्ञान–विज्ञानको निर्माण तथा आविष्कार युवाकालमै गरेका छन् । अलेक्जेन्डर द ग्रेटले १९ देखि ३१ वर्षको उमेरमै आफ्नो साम्राज्य निर्माण गरेका थिए । त्यसैगरी, प्लेटो, सोक्रेटस, एरिस्टोटल आदिले पनि युवा अवस्थामै आफ्नो विचार निर्माण गरेका थिए । हाम्रो पूर्वीय सभ्यतामा नियाल्ने हो भने बुद्धले जुन विचार निर्माण गरे, त्यो पनि युवा अवस्थामै गरेका थिए । २९ वर्षमा आफ्नो राजपाट त्याग गरेर बुद्ध ज्ञानको खोजीमा हिँडिसकेका थिए र ३५ वर्षको उमेरमा उनले संसारलाई नयाँ ज्ञानसँग साक्षात्कार गराएका थिए । यसबाट के भन्न सकिन्छ भने प्राचीन युगमा मानिसले युवा अवस्थामै समाजका लागि योगदान गरेका थिए । त्यसपछिको आधुनिक युगको कुरा गर्ने हो भने ज्ञान–विज्ञानका गुरु मानिने न्युटनले भौतिक जगत्का विषयमा गुरुत्वाकर्षणको सिद्धान्त र गतिका नियमहरू प्रतिपादन गर्दा उनी २२ वर्षका थिए ।

सन् १६६५ मा प्लेगको महामारीका कारण युरोप आक्रान्त थियो र न्युटनले शिक्षा प्राप्त गर्दै गरेको क्याम्ब्रिज विश्वविद्यालय महामारीकै कारण झन्डै डेढ वर्ष बन्द हुन पुग्यो । त्यसपछि उनी आफ्नो गाउँ फर्केर चिन्तन–मनन गर्न थाले र गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाए । त्यसैगरी, द्वन्द्वात्मक भौतिकवाद अर्थात् माक्र्सवादका प्रतिपादक कार्ल माक्र्स र उनका सहकर्मीले यो विचार ल्याउँदै गर्दा उनीहरू ३० वर्षको आसपासमा थिए । अल्बर्ट आइन्स्टाइनले सापेक्षताको सिद्धान्त प्रतिपादन गर्दा २५ वर्षका थिए । यसबाट के भन्न सकिन्छ भने ठूला–ठूला वैज्ञानिक, चिन्तकहरूले महत्वपूर्ण र मूल काम युवा अवस्थामै गरेका थिए ।

अहिलेको वर्तमान सन्दर्भमा युवाहरूले यो युगीन संकटको समाधान खोज्ने प्रयत्न नगरेका होइनन् । छिटफुट रूपमा, आंशिक रूपमा युवाले आवाज उठाइरहेका छन् । हालै मात्र भ्रष्टाचार, शिक्षा, स्वास्थ्यको मुद्दालाई लिएर युवाले आवाज उठाए । त्यसलाई क्रियाशीलता त मान्न सकिन्छ, तर त्यसले परिणाम दिन सक्दैन ।

नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने पृथ्वीनारायण शाहको पालादेखि बिपी कोइराला, पुष्पलाल हुँदै जनयुद्धको नेतृत्व गर्नेहरूको उमेरसम्म आउने हो भने हामीले पनि युवा अवस्थामै आफ्नो भूमिका निर्वाह गरेका थियौँ । पछिल्लो विश्व इतिहास र नेपालको इतिहासले पनि यसलाई पुष्टि गरेको छ । २१औँ शताब्दीमा आइपुग्दा जुन प्रकारको वैचारिक राजनीतिक गतिरोध र जसरी विश्वव्यापी रूपमा आर्थिक संकट देखा परेको छ, त्यसको समाधानका निम्ति फेरि नयाँ युगीन नेतृत्वको आवश्यकता संसारले बोध गरेको छ । यस आलोकमा फेरि एकचोटि ज्ञान–विज्ञानको क्षेत्रले पनि नयाँ फड्को मार्नुपर्नेछ ।

अहिले चौथो औद्योगिक क्रान्तिले डिजिटल प्रविधिमा र खासगरी आर्टिफिसियल इन्टेलिजेन्स ९एआई०मार्फत जुन प्रकारको सम्भावना खोलेको छ र पुँजीवादको विश्वव्यापीकरणले जसरी चरम आर्थिक असमानता सिर्जना गरेको छ, त्यो दिगो हुन सक्दैन भन्ने आमबुझाइ बलियो हुँदै गइरहेको छ । यसका साथै जुन गतिमा प्रकृतिको विनाश भइरहेको छ, यही रूपमा यो अघि बढिरह्यो भने पृथ्वी केही सय वर्षपछि बस्नलायक हुनेछैन । यो अवस्थामा समग्र विश्वलाई नै नयाँ ढंगले पुनर्संरचना गर्नुपर्ने विचार, राजनीति र समग्र ज्ञानको क्षेत्रमा एउटा नयाँ युग प्रतिपादनको संघारमा हामी छौँ । एकातर्फ यो आवश्यकता हाम्रा अघिल्तिर छ भने अर्कोतर्फ वैज्ञानिकहरू सापेक्षताको सिद्धान्त र क्वान्टम फिजिक्सको सिद्धान्तलाई एकीकृत गर्ने गरी क्वान्टम ग्राभिटीको आविष्कारमा कडा मिहिनेत गरिरहेका छन् । त्यसैगरी, न्युरो साइन्स, कग्नेटिक साइन्स र जेनेटिक्स साइन्सको क्षेत्रमा नयाँ–नयाँ अध्ययन अनुसन्धान पनि भइरहेका छन् ।

आर्थिक क्षेत्रको कुरा गर्ने हो भने एक प्रतिशत मानिससँग विश्वको आधाभन्दा धेरै सम्पत्ति थुप्रयाएर पुँजीवादले जुन प्रणालीगत चरम असमानता सिर्जना गरेको छ, यो कसरी दिगो रहन सक्छ भन्ने प्रश्न छ भने पुँजीवादको विकल्पमा आएको साम्यवादले जुन विकल्प दिएको थियो, त्यसको त्रुटिपूर्ण प्रयोग भयो र समयसँगै त्यसमा विकास गर्न सकिएन । जुन अन्ततः एक प्रकारको राज्य पुँजीवादको रूपमा विकसित भएर पतन हुन पुग्यो । आजको विश्व बजार पुँजीवाद र राज्य पुँजीवादको विकल्पमा उत्तरपुँजीवादी आर्थिक नीतिको खोजीमा छ । यस क्षेत्रमा प्रयत्नहरू नभएका भने होइनन् । तर, मुख्यतः राजनीतिक क्षेत्रमा विचार र प्रणालीको आविष्कारमा गम्भीर प्रकृतिको समस्या यतिवेला देखिँदै छ । चाहे अमेरिकामा ट्रम्प हुन्, चाहे ब्राजिलमा बोल्सोनारो, चाहे भारतमा मोदी हुन् वा नेपालमा ओली हुन् अथवा रुस, टर्की, चीन, फिलिपिन्सलगायत देशका शासक नै किन नहुन्, यी सबैमा चरम अलोकतान्त्रिक, निरंकुश, फाँसीवादी र लोकरिझ्याइँ खाले प्रवृत्ति देखा परेका छन् ।

यसले समग्रमा उदारवादी राजनीतिक प्रणाली र राज्यनियन्त्रित साम्यवादी प्रणालीको संकटलाई नै उजागर गर्छ । यसको विकल्पमा नयाँ खाले राज्य प्रणालीको विकास नै आजको आविष्कारको मूल केन्द्र हो र आवश्यकता पनि । नेपालकै सन्दर्भमा भन्ने हो भने यहाँ ठूलो वैचारिक र राजनीतिक नेतृत्वको संकट देखा पर्दै छ । ००७ सालयताका मुख्य आन्दोलन र विशेषतः जनयुद्धको जगमा स्थापित भएको संघीय लोकतान्त्रिक गणतन्त्रपश्चात् नेपाली समाजको पुनर्संरचना गर्नका लागि नयाँ विचार र नेतृत्वको आवश्यकता थियो, त्यो आन्दोलन एकीकृत हुनुको साटो विशृंखलित हुनु तथा माओवादी आन्दोलनको ठूलो तप्का एमालेमा विलय हुनु र एमालेभित्रको चरम दक्षिणपन्थी सोच राख्ने केपी ओलीको हातमा राज्यसत्ता हुनुले नेपाली समाज निकै ठूलो गतिहीनतामा फस्न पुगेको छ । अर्को शब्दमा भन्ने हो भने नेपाली समाज ठूलो प्रतिक्रान्ति र प्रतिगमनको दिशातर्फ अघि बढिरहेको छ । यसको निकास खोज्नका निम्ति देशले ठूलो रूपान्तरणकारी परिवर्तन खोजिरहेको स्थिति छ । यहीँ युवा नेतृत्वको प्रश्न जब्बर बनेर सबैका सामु खडा हुन्छ ।

यस्तो युगान्तकारी परिवर्तनको वेलामा नेतृत्व कसले गर्छ भन्ने प्रश्न आउँछ । स्वभावले इतिहासको, विज्ञानको नियम के हो भने मानिस खासगरी १६ देखि ४० वर्षको उमेरमै सबैभन्दा बढी सिर्जनशील हुन्छ । यति नै वेला व्यक्तिको मन मस्तिष्क बढी क्रियाशील हुन्छ । शारीरिक स्फूर्ति हुन्छ । उसमा हिम्मत, आँट र साहस हुन्छ । यही उमेरका व्यक्तिले बढी भूमिका निर्वाह गर्न सक्छन् । त्यसैले युवाको नेतृत्व र भूमिकाको प्रश्न बढी चर्चामा आएको हो । विश्वव्यापी रूपमा हेर्ने हो भने पनि कोरोनाको संकटका बीच आर्थिक, राजनीतिक, जनस्वास्थ्य आदिका क्षेत्रमा पुरानो पुस्ताका नेतृत्वले भन्दा नयाँ पुस्ताका नेतृत्वले सफलतम उदाहरण पेस गरेका छन् । न्युजिल्यान्ड र फिनल्यान्डको प्रधानमन्त्री रहेका युवा महिला नेतृ क्रमशः जेसिन्डा अर्डेन र साना मरिनले देशलाई संकटबाट निकाल्न राम्रो भूमिका निर्वाह गरेका छन् ।

यता नेपालमा भने ६० देखि ७० वर्ष पार गरेको नेतृत्व नै राजनीतिमा सक्रिय छ । अधिकांश पार्टीमा युवा भनिएकाहरू पनि ४० देखि ५० को उमेर कटेकाहरू नै नेतृत्वमा छन् । यसका अलावा पछिल्लो चरणमा अन्य केही युवा पनि सतहमा देखा परेका छन्, तर उनीहरू आन्दोलनमा खारिन पाएका छैनन् । यसैकारणले गर्दा नेपालमा यतिवेला ठूलो वैचारिक, राजनीतिक, आर्थिक, सामाजिक संकट सतहमा देखा परेको छ र त्यसको नेतृत्व कसले गर्ने भन्ने पनि संकट हाम्रा अघिल्तिर छ । यति नै वेला हामीले यो संकट कसरी चिर्न सक्छौँ भन्ने प्रश्नको समाधान खोज्नुपर्छ ।

अहिलेको वर्तमान सन्दर्भमा युवाहरूले यो युगीन संकटको समाधान खोज्ने प्रयत्न नगरेका होइनन् । छिटफुट रूपमा, आंशिक रूपमा युवाले आवाज उठाइरहेका छन् । हालै मात्र भ्रष्टाचार, शिक्षा, स्वास्थ्यको मुद्दालाई लिएर युवाले आवाज उठाए । त्यसलाई क्रियाशीलता त मान्न सकिन्छ, तर त्यसले परिणाम दिन सक्दैन । परिणाम दिनका लागि कुनै पनि आन्दोलनको वैचारिक धरातल चाहिन्छ । आन्दोलनको नेतृत्व गर्नेमा विश्वदृष्टिकोण चाहिन्छ । तर, त्यहाँबाट वैचारिक, राजनीतिक धरातल नै गायब छ । कुनै पनि युगीन समस्या एक आयामिक हुँदैनन्, ती बहुआयामिक हुन्छन् । अन्तरसम्बन्धित हुन्छन् र ती एउटा देशमा मात्रै सीमित हुँदैनन् । त्यसैले कुनै पनि देशको युगीन समस्या समाधान गर्न त्यसलाई एउटा मुद्दा, एउटा देश, एउटा परिवेशमा हल गर्न खोजेर हुँदैन । विश्वदृष्टिकोणको सवाल त्यही भएर महत्वपूर्ण छ । त्यसैले आजको युवा नेतृत्वले ध्यान दिनुपर्ने भनेको उसको वैचारिक क्षेत्रमै हो । वैचारिक रूपमा उसले आफूभित्र क्रान्ति नै ल्याउन सक्नुपर्छ ।

अलेक्जेन्डर द ग्रेटले १९ देखि ३१ वर्षको उमेरमै आफ्नो साम्राज्य निर्माण गरेका थिए । त्यसैगरी, प्लेटो, सोक्रेटस, एरिस्टोटल आदिले पनि युवा अवस्थामै आफ्नो विचार निर्माण गरेका थिए । हाम्रो पूर्वीय सभ्यतामा नियाल्ने हो भने बुद्धले जुन विचार निर्माण गरे, त्यो पनि युवा अवस्थामै गरेका थिए ।

अर्को महत्वपूर्ण पाटो भनेको हिजोको बजार पुँजीवाद र राज्यनियन्त्रित पुँजीवादको विकल्पमा उत्तरपुँजीवाद अथवा उत्तरसाम्यवादको राजनीतिक विचारधाराको खोजी गर्न सक्नुपर्छ । त्यसभन्दा माथि गएर चिन्तन गर्ने हो भने विचार र दर्शनकै कोणमा हाल २१औँ शताब्दीमा प्रविधिमा भएका आविष्कारले जसरी मानव जीवनलाई प्रभावित पार्दै छ र अझै प्रभावित पार्नेछ, त्यसलाई हिजोकै उदारवादी अथवा युरोपेली नवप्रबोधनकै विचारधाराभित्र रहेर हल गर्न सकिँदैन । त्यसमा विकास नगरीकन आजको युगको समस्याको हल निकाल्न सकिनेछैन ।

त्यसैले भौतिक विज्ञान, सामाजिक विज्ञान, मनोशास्त्रलगायतका सबै क्षेत्रका ज्ञानलाई एकीकृत र संश्लेषित गर्दै नयाँ ज्ञानको खोजी आजको युगको आवश्यकता हो । यस अर्थमा आइन्स्टाइन, बुद्ध र माक्र्सको सोच, चिन्तन र दर्शनमा टेकेर नयाँ विचार र दर्शनको खोजी नै सायद अहिलेको विश्वको आवश्यकता हो । अहिलेका नयाँ चिन्तकले यस आलोकबाट चिन्तन नगरीकन समग्र विश्व, ब्रह्माण्डको गतिको नियम, समाजको गतिको नियम र सामाजिक, आर्थिक असमानताको कडीलाई फुकाउन सकिनेछैन । र, यो कडी नफुकाएसम्म आंशिक परिवर्तन त हुन सक्छ, तर युगीन परिवर्तन सम्भव छैन । युवा नेतृत्वकर्ता, चिन्तकले यसतर्फ ध्यान दिनुपर्नेछ । नयाँ पुस्ताले यसलाई प्रस्थानबिन्दु मानेर अघि बढ्न पनि सक्नेछन् ।

विचारपछि राजनीतिकै पुनर्संरचना नगरेसम्म वैश्विक रूपमा र नेपालको सन्दर्भमा पनि यी समस्यालाई हल गर्न सकिँदैन । किनभने, हिजोको उदारवादी लोकतन्त्र र साम्यवादी प्रणालीभित्रबाट अहिलेको राज्यको व्यवस्थापन गर्न सकिँदैन । अहिलेको वर्गीयसँगसँगै जातीय, क्षेत्रीय, लैंगिक प्रश्नको हल गर्ने खालको लोकतन्त्रको उन्नत प्रकारको समाजवादी विचारधारामा आधारित राज्य प्रणाली हाम्रो आवश्यकता हो । साथै, युवाले ध्यान दिनुपर्ने अर्को विषय आर्थिक समानता नै हो । आर्थिक आधारमा परिवर्तनविना र उत्पादन तथा वितरणको प्रणालीलाई नयाँ ढंगले पुनर्संगठित नगरीकन पनि अहिलेको युगको समस्या समाधान हुनेछैन । नेपालको समस्या भनेको हामी पूर्वऔद्योगिक र पूर्वपुँजीवादी युगमा छौँ, तर विश्व उत्तरपुँजीवादी युगमा पुगिसकेको छ ।

त्यसैले पूर्वऔद्योगिक युगबाट उत्तरपुँजीवादी युगसम्म पुग्ने पुनर्संरचना गर्ने ढंगको आर्थिक प्रणालीको खोजी हामीले गर्नुपर्नेछ । यसका साथै युवाले ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण विषय भनेको ऐतिहासिक रूपमा हाम्रोमा सामाजिक, सांस्कृतिक र भौगोलिक रूपमा मानिसमाथि जस्तो खाले विभेद र असमानताको जालो कायम छ, त्यसलाई अन्त्य गर्नका लागि संस्कृतिको पुनर्संरचना नगरेसम्म समाजका समस्या हल गर्न सकिँदैन ।

यसरी वैचारिक, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक समस्याको समग्रतामा हल गर्ने गरी नयाँ सोच र नयाँ प्रणालीको विकास गरेर मात्र वर्तमान समयको युगीन समस्या समाधान गर्न सकिन्छ । त्यसैले आजको युवाले यो विषयमा आफ्नो चिन्तन अघि बढाउनुपर्नेछ । युवालाई नेतृत्वमा ल्याउने सन्दर्भमा कतिपयले आदर्शवादी कुरा गर्छन् । जबकि, नेतृत्वमा स्थापित हुने अथवा आउने भनेको आफ्नो युगको, समयको समस्या समाधान गर्ने एजेन्डा बोकेर हो । नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने अथवा नेतृत्वमा स्थापित गर्ने कुरा दया–माया गरेर किस्तीमा राखेर हस्तान्तरण गरिँदैन । यो स्वयं युवाको राजनीतिक वैचारिक, विश्वदृष्टिकोण र संघर्षले निर्धारण गर्ने गर्छ । त्यसैले उनीहरूले संघर्षबाट र क्षमताको श्रेष्ठता पुष्टि गरेर नै नेतृत्व प्राप्त गर्न सक्नुपर्छ । त्यसका निम्ति आगामी सन् २०३० को दशक विश्वभरि नै एउटा उथलपुथलको दशक हुने निश्चित छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn