सिजादर्पण ३ काठमाण्डौ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।ललितपुर जिल्ला स्वास्थ्य कार्यालयले विज्ञप्ति जारी गरी दिएको जानकारीअनुसार ६१ वर्षीया महिलाको आज ९मंगलबार० बिहान मृत्यु भएको हो।गत साउन २१ गते पाटन अस्पतालमा भर्ना भएकी उनी भक्तपुर सूर्यविनायककी बासिन्दा रहेको विज्ञप्तिमा उल्लेख छ।
