सिजादर्पण जुम्ला । जुम्लाको हिँमा गाउँपालिकाकामा थप ५१ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखिका छन । यो अहिलेसम्कै जुम्लामा उच्चसंख्या हो। । केही दिन अघि ९ जना कोरोना पोजेटिभ देखिएको हिमा गाँउपालिकाका कर्मचारी सहित अन्य सम्पर्क व्यक्तिहरुको स्वाब संकलन गरेर परीक्षण गर्दा ५१ जना र कालिकोटको नाग्ममा बसोवास गरिरहेका ५ जना सहित थप ५६ जना संक्रमित भएका जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी ओम प्रकाश देवकोटाका अनुसार संख्या मात्रै प्रारम्भिक जानकारी भएको बताउनुभयो । अन्य पदाधिकारी सहितको समेत स्वाब संकलन गरिएको श्रोतलेवाताएको छ । हिमा गाँउपालिका अध्यक्ष रजवहादु शाही , कार्यालय प्रमुख टेप वहादुरवुढा लगयत जनप्रतिधि हरुले कोरोना संक्रमित को अवस्था वारे जानकारि लियका छन ।

पछिल्लो समया देशका विभिन्न भागमा कोरना संक्रमितको संख्या वढिरहेकोछ आजको २४ घन्टामा ७०७ जना संक्रमित देखियका छन भने अहिले सम्मकै संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । उनीहरुमध्ये १२६ जनाको मृत्यु भएको छ भने १७ हजार ९६४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २६४ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार जिल्लानै संक्रमण फैलिने डर भएकाले अहिले निषेधाज्ञा गरिएको जानकारि दियका छन । हिमामा थप कसरी जाने भन्ने बिषयमा भोलिनै कोभिड कमाण्ड रोकथाम समितिको वैठक बस्नेछ ।

जिल्लाको धेरै जनशक्ति हिमामा खटाइने प्रयास गरिनेछ । प्रमुख जिल्ला अधिकारी थापाले सम्पूर्ण दाजुभाई दिदिवहिनीहरुले आफ्नो ज्यान सुरक्षाको लागि भिडभाडमा नजाने, मास्क लगाउने र सावुनपानिले अनिवार्य हात हुन पुन अपिल गर्नुभयो । यसैगरि जुम्लामा रहेका पत्रकार हरुमा कोरोना आसंका गरियको हुदा चेगजाच मा सवैको रिपोट नेगेटिभ आएको कर्णाली स्वास्थ्या विज्ञान प्रतिष्ठान जुम्लाले जानकारि दियको छ ।
