Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कोरोना बिरामी व्यवस्थापनमा कठिनाइ एकै दिन ११ संक्रमितको मृत्यु, संक्रमितको संख्या ३० हजार नाघ्यो


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, भदौ ६, २०७७

कोरोना बिरामी व्यवस्थापनमा कठिनाइ एकै दिन ११ संक्रमितको मृत्यु, संक्रमितको संख्या ३० हजार नाघ्यो

सिजादर्पण ६ भाद्र काठमाण्डौ । पछिल्लो समय नेपामा कोरोनाको संक्रमणदर र त्यसबाट हुने मृत्युदर दैनिक बढिरहँदा देशभरिमा एकै दिन ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर र प्युठानका एक÷एक पुरुष र दोलखाकी एक महिला छन्। योसहित नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ। यो मृत्युदर कुल संक्रमितमध्ये ०।४ प्रतिशत हो।

मृत्युदरमा सबै उमेर समूह समेटिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित ब्रिफिङका क्रममा उमेर र ठाउँको विस्तृत विवरण दिन छाडेको छ। मृत्यु हुनेमा सबै उमेर समूहको रहे पनि बढी मृत्युदर ६० वर्ष माथिका र केही युवा उमेरका समेत रहेको मन्त्रालायका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले बताए। ‘मृत्यु हुनेमा सबै उमेर समूहका भए पनि पहिल्यैदेखि कुनै रोगको औषधि खाइरहेका, दीर्घरोगी र वृद्ध नै बढी छन्,’ उनले भने।

शुक्रबार एकै दिन ११ संक्रमितको मृत्यु भएको नेपालमा कोरोना संक्रमण देखिएयताकै बढी हो। यति धेरै मृत्युको कारणमा समुदायमा कोरोना फैलिएर दीर्घरोगी र वृद्वहरूमा समेत फैलिएकाले मृत्युदर बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता अधिकारीले बताए। नेपालमा अन्य देशका तुलनामा जनसंख्याको संरचना फरक भएकाले पनि केही कम उमेर भएकाको मृत्यु भएको दाबी मन्त्रालयको छ। दुई साता अघिसम्म औसत मृत्युदर ०।३ रहेकोमा अहिले बढेको हो।

संक्रमित संख्या ३० हजार नाघ्यो

शुक्रबार ८ सय ३६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संंख्या ३० हजार ४ सय ८३ पुगेको छ। शुक्रबार दिउँसो सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घन्टामा १३ हजार ५ सय ७९ वटा नमुनाको परीक्षण आरटी पिसिआर विधिबाट भएको थियो। त्योसहित नेपालमा ५ लाख ५९ हजार ८ सय ९९ वटा नमुना परीक्षण भएका छन्। कुल संक्रमितमध्ये हाल देशभरिमा १२ हजार १ सय ३२ जना सक्रिय संक्रमित छन्। तीमध्ये १८ हजार २ सय १४ जना निको भएका छन्। यो हिसाबले निको हुनेको प्रतिशत ६० छ।

शुक्रबार काठमाडौं उपत्यकामा मात्रा १ सय मात्र ८२ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश दुई र काठमाडौं उपत्यकामा फैलिरहेको संक्रमण यतिखेर अन्य जिल्लामा पनि फैलिँदै गएको मन्त्रालयले प्रस्तुत गरेको तथ्यांकमा उल्लेख छ। शुक्रबार सबैभन्दा बढी काठमाडौंमा १ सय ४२ जना, कैलालीमा ८५, पर्सामा ८०, मोरङमा ४५, बारामा ४० जना संक्रमित छन्। अन्य जिल्लामा पनि उल्लेखनीय संख्यामा संक्रमित छन्। संक्रमितमध्ये १ सय ३३ जनाको आइसियुमा उपचार भइरहेको छ।

बिरामी व्यवस्थापनमा कठिनाइ

नेपालमा संक्रमण हुने जिल्ला र संख्यासमेत फैलिँदै गएपछि सरकारलाई बिरामी उपचारमा कठिनाइ परेको मन्त्रालयका अधिकारीले जनाएका छन्। कोभिड–१९ व्यवस्थापनमै सरकारले तोेकेका हब तथा सेटलाइट अस्पतालहरूले समेत व्यवस्थापनमा सहयोग नगर्दा त्यस्तो हुन गएको मन्त्रालयका सहप्रवक्ता अधिकारीले बताए। ‘निजी अस्पताल र मेडिकल कलेजले सहयोग गर्न मानेका छैनन्,’ उनले भने। त्यसैगरी स्थानीय टोलछिमेकले लक्षण नभएका संक्रमितलाई समेत घरमा बस्न नदिएपछि संस्थागत आइसोलेसन र अस्पतालमा राख्नैपर्ने बाध्यता परेको मन्त्रालयले जनाएको छ। ‘लक्षण नभएकालाई होम आइसोलेसनमा राख्न टोलवासीले फैलिने शंका गरेर बस्न नदिएको अवस्था छ,’ उनले भने।

बिहीबार र शुक्रबारको मात्र रेकर्ड हेर्ने हो भने निको हुनेको संख्या पनि घट्न थालेको छ। बिहीबार २ सय ६४ संक्रमित निको भएका थिए भने शुक्रबार २ सय ५० जना मात्र निको भए। बिहीबारको तुलनमा शुक्रबार निको हुनेको संख्या १४ जनाले कम हो।

यी दुवै समस्यालाई हल गर्न मन्त्रालयमा दैनिक मेडिकल कलेज र निजी अस्पतालहरूसित समन्वय गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ। चाडपर्वका नाममा हुने भेलाले संक्रमण बढाउने जोखिम भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जम्मा भएर पर्व नमनाउन सबैलाई आग्रह गरेको छ। ‘संक्रमणको उच्च जोखिमले आतंकित भएका बेला सरकारको आग्रहलाई बेवास्ता नगरिदिन अनुरोध गर्दछु,’ मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले भने।

आइसियु उपचार खर्च ४ लाख ५० हजार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना लागिसकेपछि आइसियुमा राख्नुपर्ने एक बिरामीको उपचार खर्च ४ लाख ५० हजार रूपैयाँ लाग्ने जनाएको छ। ३० दिन आइसियुमा राख्नुपर्दा त्यति खर्च आउने मन्त्रालयको भनाइ छ। त्यसबाहेक परीक्षण र सामान्य मात्र उपचार गराउनुपर्ने बिरामीका लागि पनि प्रतिव्यक्ति १ लाख ४ हजार रूपैयाँ खर्च हुने गरेको मन्त्रालयले जनाएको छ। त्यो सबै खर्च राज्यकोषबाटै हुने भएकाले त्यसबाट राज्यको अर्थतन्त्रमा समेत प्रभाव पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए। राज्यलाई पर्ने आर्थिक भारले अन्य विषयमा खर्च गर्न नसकी राज्यको अर्थतन्त्र नै धराशयी हुने र जनताको मृत्युदरसमेत बढ्ने हुनाले सबैलाई संक्रमणबाट जोगिन उनले आग्रह गरे। ‘कोरोनाको परीक्षण तथा उपचार प्रक्रिया खर्चिलो छ,’ डा। गौतमले भने, ‘कम्तीमा यो रोग लाग्न नदिन हरेक व्यक्तिले सुरक्षाका मापदण्ड पालना गरिदिनुहोस्, जरुरी काम नपरी घरबाहिर ननिस्कनुहोस्।’

परीक्षण दायरा बढेसँगै थपिए संक्रमित

सरकारले कोरोना भाइरस ९कोभिड–१९० पत्ता लगाउन परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या ह्वात्तै थपिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १३ हजार ६ सय ७९ जनामा गरिएको आरटी पिसिआर परीक्षणमा ८ सय ३८ जनामा कोरोना संक्रमण देखिएको हो। योसँगै संक्रमितको संख्या ३० हजार नाघेको छ। शुक्रबार एकै दिन ८ सय ३८ नयाँ संक्रमित थपिएसँगै ३० हजार ४ सय ८३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको दोस्रो दिन सरकारले आरटी पिसिआर परीक्षणको दायरा पनि बढाएको हो।

काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको पहिलो दिन बिहीबार ११ हजार ८ सय ३२ जनामा आरटी पिसिआर परीक्षण गरिएकोमा ७ सय ७ जनामा कोरोना संक्रमण देखिएको थियो। पिसिआर परीक्षण संख्या १८ सय ४७ वृद्धि भएसँगै कोरोना संक्रमित पनि अघिल्लो दिनको तुलनामा १ सय २५ जना बढी थपिएका छन्। बुधबार ११ हजार ५ सय २२ जनामा गरिएको आरटी पिसिआर परीक्षणमा ६ सय ८१ जनामा संक्रमण देखिएको थियो। बुधबार कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ थियो। बिहीबार पनि ६ जनाले नै कोरोनाका कारण ज्यान गुमाए। तर शुक्रबार एकै दिन ११ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रेकर्डमा उल्लेख छ। मृत्युको संख्या पनि शुक्रबार यो साताकै उच्च हो।

बिहीबार र शुक्रबारको मात्र रेकर्ड हेर्ने हो भने निको हुनेको संख्या पनि घट्न थालेको छ। बिहीबार २ सय ६४ संक्रमित निको भएका थिए भने शुक्रबार २ सय ५० जना मात्र निको भए। बिहीबारको तुलनमा शुक्रबार निको हुनेको संख्या १४ जनाले कम हो। मंगलबार १३ हजार ४ सय ६१ मा गरिएको आरटी पिसिआर परीक्षणमा अहिलेसम्मकै धेरै १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको थियो। सोही दिन सातजनाको मृत्यु भएको थियो भने ८५ जना मात्र निको भएका थिए।

त्यस्तै सोमबार ११ हजार ५ सय २० जनामा गरिएको आरटी पिसिआर परीक्षणमा ५ सय ८१ जनामा संक्रमण देखिएको थियो। मन्त्रालयको रेकर्डअनुसार सोमबार तीनजनाको मृत्यु भएको थियो भने १ सय ६० जना निको भएका थिए।

आइतबारको स्वास्थ्य मन्त्रालयको रेकर्डमा १२ हजार २ सय ४७ मा गरिएको आरटी पिसिआर परीक्षणमा ६ सय ४१ मा कोरोना संक्रमण देखिएको थियो। सोही दिन दुईजनाको मृत्यु भएको थियो भने १ सय ३४ जना निको भएका थिए। शनिबार ११ हजार ५ सय ७५ जनामा गरिएको परीक्षणमा ५ सय ९४ जनामा संक्रमण पत्ता लागेको थियो। त्यस दिन चारजनाको मृत्यु भएको थियो भने २ सय ४० जना निको भएका थिए। त्यसकै अघिल्लो शुक्रबार ९ हजार ८ सय ५९ जनाको आरटी पिसिआर परीक्षण गर्दा ५ सय २५ जनामा कोरोना संक्रमण देखिएको थियो।

शुक्रबार नै कोरोनाका कारण चारजनाको मृत्यु भएको थियो भने १ सय ९ संक्रमित निको भएको मन्त्रालयको रेकर्डमा उल्लेख छ। मन्त्रालयको एक साताको रेकर्ड हेर्ने हो भने परीक्षण गर्नेको संख्या बढेसँगै संक्रमितको संख्या पनि त्यहीअनुसार थपिएको देखिन्छ। विज्ञहरूले पनि संक्रमितको वास्तविक संख्या पत्ता लगाउन परीक्षणको दायरा बढाउनुपर्नेमा जोड दिँदै आएका छन्। सरकारले कोरोना संक्रमण समुदायस्तरमा फैलिए÷नफैलिएको विषयमा अध्ययन गर्ने जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका शुक्रबारको रिपोर्टअनुसार विश्वव्यापी रूपमा कोभिड–१९ का कारण संक्रमितमध्ये ३।५ प्रतिशतको मृत्यु भएको छ। निको हुने संक्रमितको संख्या भने ६७।९ प्रतिशत रहेको मन्त्रालयको रिपोर्टमा उल्लेख छ। श्रोत नागरि दैनिक ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn