सिजादर्पण ११ भदौ, काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछाने अन्तराष्टिय खेलजगतमा आफनो करियार स्थापित गर्न सफल भयका छ न । यतिवेला जमैकामा स्पीनरद्वय सन्दीप लामिछाने र मुजिव उर रहेमानले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएपनि ब्याटिङ राम्रो हुन नसक्दा जमैका तल्लावाहजले क्यारेबियन प्रिमियर लिग सीपीएलमा यस सिजन तेस्रो हार व्यहोरेको छ ।बिहीबार बिहान सम्पन्न खेलमा जमैका साविक विजेता बार्बाडोस् ट्राइडेन्ट्ससँग ३५ रनले पराजित भएको हो । खेलमा नेपाली स्पीनर सन्दीपले २ विकेट लिए ।

यस्तै अफगानिस्तानका मुजिवले ३ विकेट लिए । तर टिमको ब्याटिङ चल्न नसक्दा जमैकाले तेस्रो हार व्यहोर्यो ।क्वीन्स पार्क ओभलमा १४९ रनको लक्ष्य पछ्याएको जमैकाले २० ओभर खेल्दै ९ विकेट गुमाएर ११२ रन मात्र बनाउन सक्यो । जमैकाका लागि एनक्रुम बेनरले ३१ र जर्मेन ब्ल्याकडले २८ रन बनाए । नेपालका सन्दीपले ब्याटिङमा ६ बल खेल्दै ४ रन जोडे ।बार्बेडोसका मिचेल सान्टनर ज्यासन होल्डर रसिद खान र रेमन रेइफरले २(२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बार्बेडोस्ल केयल मेयर्सको ८५ रन मद्दतमा २० ओभर खेल्दै ७ विकेट गुमाएर १४८ रन बनाएको थियो । मेयर्सले ५९ बल खेल्दै ३ चौका र ८ छक्का प्रहार गरे । यस्तै मिचले सान्टनरले १९ बलमा अविजित २० रन बनाए ।जमैकाका लागि मुजिवले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । यस्तै सन्दीपले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । ५ खेलमा सनदीपको विकेट संख्या ७ पुगेको छ ।
तेस्रो हारपछि ५ खेलबाट ४ अंक मात्र रहेको जमैका अंक तालिकामा पुछारबाट दोस्रो अर्थात पाँचौ स्थानमा छ । दोस्रो जित हात पारेको बार्बेडोस जमैका र गायनालाई रनरेटमा पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ ।
