जापानी सञ्जारमाध्यम एनएचकेका अनुसार आबेले यही हप्ता दुई वटा अस्पतालमा स्वास्थ्य जाँच गराएका थिए । आबे लामो समयदेखि अल्सरेटिभ कोलाइटिसको समस्याबाट पीडित भएको र पछिल्लो समय स्वास्थ्य अवस्थामा बिग्रिएको बताइएको छ ।आबेले आफूलाई १३ वर्षदेखि अल्सरेटिभ कोलाइटिसको समस्या देखिएको आबेले पत्रकार सम्मेलनमा बताए । ८ वर्षसम्म आफूलाई यो रोगले नसताए पनि यस वर्ष जुनमा गरिएको परीक्षणपछि भने आफूलाई समस्या देखिएको उनले बताए । आफूले अहिले औषधि लिइरहेको पनि बताए ।
आफूले नागरिकको जनमतको कदर गर्दै राजीनामा दिएको पनि आबेले स्पष्ट पारेका छन् । अब आफूले स्वास्थ्यलाई मध्यनजर गर्दै राजीनामा दिनुपरेको पनि उनले बताए । कोरोना महामारीका कारण सिर्जित समस्यालाई नयाँ नेतृत्वले समाधान गर्ने पनि उनको भनाई थियो । जनसमर्थन हुँदाहुँदै र कार्यकाल एक वर्ष बाँकी रहँदै राजीनामा दिनु परेकोमा उनले जापानी नागरिकसमक्ष माफी मागेका छन् ।आबेको कार्यकाल सन् २०२१ को सेप्टेम्बरमा सकिँदैछ । आबेको राजीनामापछि उपप्रधान तथा अर्थमन्त्री तारो आसोले कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।
आबेको राजीनामासँगै सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी(एलडीपी) मा नेतृत्वका लागि खिचातानी हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।कोरोना महामारी नियन्त्रण तथा रोकथाममा प्रभावकारी कदम नचालेको भन्दै जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबेको निकै आलोचना भइरहेको थियो । साथै पार्टीका सदस्यहरु विभिन्न काण्डमा मुछिएपछि पनि उनी समस्यामा परेका थिए ।
कोरोना महामारीका कारण जापानको अर्थतन्त्र इतिहासमै सबैभन्दा कमजोर भएको छ । केही दिनअघि प्रधानमन्त्री आबेले अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।जापानमा अहिलेसम्म करिब ६६ हजार व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । जापनमा कोरोनाबाट अहिलेसम्म एक हजार २ सय ४१ जनाको मृत्यु भएको छ ।
