सिजादर्पण भाद्र १३ जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपालको अन्तरिम संबिधान २०६३ को धारा ८३ वमोजिमको व्यवस्थापिका संसद्को हैसियतमा संबिधान सभाले एउटा छुट्टै ऐन २०६८ साल कार्तिक ३ गतेका दिन पारित गरि विधिवत रुपमा स्थापना भएको संस्था हो । यस संस्थाले पिछडिएका जिल्लाहरु हुम्ला, जुम्ला, कालिकोट, डोल्पा, मुगु, जाजरकोट, बझाङ, बाजुरा र अछाम जस्ता जिल्लाहरुमा सरल तरिकाले स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । पछिल्लो समय यहाँ शिक्षण अध्ययन अनुमति लियर विभिन्न विषयमा अध्यापन गदै आयको छ । नर्सिङ्ग, एचए र विपिएच को अध्ययन गदै आएको हो । तर यसपालि जुम्ला बाट राजधानि सम्मको निकै लामो दौडधुप पछि नेपाल सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ‘स्नातकोत्तर तहको चिकित्सा शिक्षा’ सञ्चालनको अनुमति स्वीकृति दिएको हो । सरकारले प्रतिष्ठानमा ‘एमडिजिपी इन जनरल प्राटिक्स’, ‘एमडी इन एनेस्थेसिया’, ‘एमडी इन पेडियाट्रिक्स’ गरी तीन विधामा स्नातकोत्तर तहको पठनपाठनको स्वीकृति प्रदान गरेको हो ।
प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले स्नातकोत्तर तहको विशेषज्ञ चिकित्सा शिक्षा दिने अवसर प्रतिष्ठान जुम्लालाई मिलेकोमा गर्व लागेको बताए । उनले भने, “कर्णालीले अब मुलुकलाई दक्ष चिकित्सक जनशक्ति दिन्छ । यो अवसरका लागि प्रधानमन्त्री, राष्ट्रिय चिकित्सा शिक्षा आयोग तथा प्रतिष्ठानका पदाधिकारी र शुभचिन्तक सबैलाई धन्यवादसहित बधाई दिदै भने अव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले नयाँ कोल्टेफेर्ने वताउदै उनले भने, “कर्णालीले अब मुलुकलाई दक्ष चिकित्सक जनशक्ति दिन्छ । यो अवसरका लागि प्रधानमन्त्री, राष्ट्रिय चिकित्सा शिक्षा आयोग तथा प्रतिष्ठानका पदाधिकारी र शुभचिन्तक सबैलाई धन्यवादसहित बधाई ज्ञापन गदै यहाँ हरुको निरन्तर रुपमा पतिष्ठन लाई सहयोग रहने अपेक्ष्या पनि गरेको रजिष्टार काफ्ले वताए ।
