– झपेन्द्रराज बैद्ध
सर्बज्ञ राम सर्बब्यापी राम
राम राम एउटै धाम र नाम।
बिष्णुको अवतार राम
उनको छैन कतै घरबार
राम हुन् अपरम्पार संहार
न आदि नअन्त्य अलौकिक राम
आध्यात्मबादीको जय जय राम
अयोध्या सरयु नदीको किनार
उद्गम स्थल मानसरोबर
आस्थाको मंदिर रामको प्रतिक
प्रागैतिहासिक राम हो मिथक
आध्यात्मक रामायणको पुराण
कालिदासको काब्यिक आख्यान
यसैमा लहरी लहरी
फाल्छन् कम्युनिष्ट पगरी
रहंश्यमय काल्पनिक राम
केपी वली बन्दै छन् बदनाम
चितवन माडीमा रामको मन्दिर
वली हुन् कि धर्मबीर?
बेमौशमको बाजा राममंदिरको तमासा
जनता छक्काउने चटकेको पासा
एता कम्युनिष्टको खोल
उता पिटिरहन्छन् धर्मको ढोल
के हो के हो जनता अलमलमा!
सचेतना अबचेतना
दिमागमा उपासना
लठ्याउने
स्वर्गको सपना देखाउने
धर्म त अफिम हो।
ज्ञानेन्द्रीय निस्तेज ज़हर हो।
सामन्ति चिन्तन र सँस्कार
छैन यसको आकार प्रकार
कहाँ छ बेदमा राम नाम?
उपनिषदमामात्र बन्छ पुराण
देवता बन्छन् अनेक
हुन्छ लडाईं शरण वा मरण
देव असुर महासंग्राम पुराण
तर डार्विनको बिकासबादी सिद्दान्त
बन्यो नयाँ प्रमाणित दीक्षान्त
न्युटन,ग्यलालीयोले फाँसी खाए
तर संसार उज्यालो बनाए?
बिज्ञानको चमत्कार समाजको आधार
शिकारी युगदेखि रकेट बजार
दास युग देखि सामन्त र पुँजिबाद
बढ्दै जान्छ समाजबाद अनि साम्यबाद!
यसैमा छ आज बिबाद!
कुनै यथास्थिति र प्रतिगमन
अनि कुनैको यात्रा छ अग्रगमन
परिवर्तन र उत्पीडितको उन्मुक्ति
तर लम्पसारबादी नेता कस्तो अत्युक्ति!
दलाल पुँजिबाद छ देशको अभिशाप
राष्ट्रियता जनतन्त्र जनजिबिका
प्रमुख सवाल छ तर देश त बबाल छ
राष्ट्रियतामा ह्रास छ बित्यास छ
बैदेशिक हस्तक्षेप बिकराल छ
भ्रष्टाचारको बिगबिगी
माफिया,तस्करी र ठगी
सानालाई कानून
ठूलालांई उन्मुक्ति
जेल हेरौं सानासाना भारेभुरे
मंन्त्रिल्ई अख़्तियार नलाग्ने
सुरक्षा र न्यायमा लगाम
यो हो लोकतन्त्र वा गणतन्त्र?
पत्रकारलाई अनुचित बन्धन
मानब अधिकारमाथि क्रन्दन्
तर यहाँ छ रामनाम दुनिया भूलाउने
कित फाल कम्युनिष्टको खोल हसाउने
किन बिभ्रम मुद्दा पन्छाउन?
चिलले चल्ला लग्यो भनेर
श्यालले चल्ला सुईँक्याउन?
आधाभन्दा बढी हिन्दूहरूको ध्यान जगाउन?
भ्रष्टाचारलाई छोपेर बिरोध मोड्न?
वा खेलमा प्रचण्ड नेपाल छक्काउन?
एकता एकता निरपेक्ष कता?
बिचारमा पो एकता
कुर्सीमा हुन्छ एकता?
पार्टी नफुट हाम्रो चहना
तर के को लागि फुट?
के को लागि मिलन?
हुन्छ सिद्दान्तमा एकता?
यो हो पार्टी वा निगम?
भोटमा पैसा र तिकड़म
जनतामा फासिबाद सभ्रान्तमा लोकतन्त्र
सुकुमबीसीको झुपडीमा आगो र उठीबास
राम मन्दिरको ठाउँमा कोरनाको अस्पत्ताल बनाऊ
जनता भोक भोकै मर्छन् रोज़गारों देऊ
भ्रष्टाचारी ठूला माछा समाऊ
के दलालहरूको हिम्मत छ?
समायौ कि ब्यबस्था ठप हुन्छ
किन कि ब्यबस्था माफियाबाट चलेको छ
भ्रष्टाचारी दलालको हातमा सत्ता छ
जति दमन हुन्छ उती बिष्फोट हुन्छ
यो प्राकृतिक नियम हो
द्वन्द्वात्मक भौतिकबाद नियम
द्वन्द्वबाटै राजतव्त्रको अन्त्य भो
द्वन्द्वाटै हुन्छ जनबाद
समाजबाद र साम्यबाद।
२०७७। ०५। ०१
(प्रेस स्वतन्त्रता सेनानी)
