Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

हृदयमा कोरिएका अजम्मरी तस्बिरहरू : अम्विका चन्द


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, भदौ २६, २०७७

हृदयमा कोरिएका अजम्मरी तस्बिरहरू : अम्विका चन्द

कहिलेकहीँ सपनाहरूको बाढी उर्लिएर हो वा स्मृतिहरू दोहोरिएर हो, मन एकोहोरो हुन पुग्छ । बैँसको उकालो चढ्ने बेला जूनसँग लुक्ने र फूलसँग लजाउने, मसिना तर गाढा र खँदिला सम्झनाहरू अहिले पनि तँछाडमछाड गर्दै मनको मझेरीमा ओर्लन्छन् । ती यादहरू बल्झिँदा यस्तो लागिरहेको हुन्छ– यो दिनमा रात कहिल्यै नओर्लीयोस् अर्थात् यो रातमा बिहान कहिल्यै नउदाओस् किनकि दिनमा गरेको कल्पना र रातमा देखेको सपनाको सिलसिला नटुटोस् अनि सुखद अन्त्य होस् । यो लाखौँ मान्छेहरू बसेको सहरमा रात डुबेको बेला मेरो स्मृतिपटलमा कुनै आकृतिहरू र बिम्बहरू यसरी पल्टिल्छन्, तिनले मलाई लगातार बेचैन बनाउँछन् ।

कहिलेकहीँ त पानीपानी हुन्छु र आफूले आफैँलाई समाल्न पनि हिम्मत बटुल्नुपर्ने हुन्छ । कुनै घटना परिघटना वा सन्दर्भहरू यस्ता हुने गर्दछन् जसले मनमा निकै आक्रोश, आवेग वा उत्साहले तरङ्गित बनाउँछन् । मनमा पैदा हुने यस्ता संवेगहरू उद्वेलनहरू जसको मलाई शब्दमा बयान गर्न मुस्किल हुन्छ ।

आज फेरि अपरिचित भए पनि परिचितझैँ लाग्ने एउटा प्रेमिल अनुहारको प्रतिबिम्ब बेस्सरी नै हृदयको गहिराइमा गढेको छ जुन तस्बिरले मलाई रातमा निदाउन मुस्किल बनाएको छ । त्यो स्वप्नील तस्बिर हो एब्रु तिम्तिकको नेपाली समयअनुसार भदौ १४ गते आइतबार पृथ्वीबाट एउटा तारा अस्तायो । टर्कीकी एक होनहार क्रान्तिकारीको एक सफेद र स्निग्ध अनुहार भौतिक रूपमा यो संसारबाट बिदा भयो । उनको फूलजस्तो भौतिक शरीर र जुनजस्तो मुखाकृति आगोमा बलेको छ । टर्कीको माटोमा जन्मिएर विश्व–सर्वहारा वर्ग र सिङ्गो मानव जातिको न्यायका निम्नि लड्दालड्दै ४२ वर्षीय अधिकारकर्मी जो २३८ दिनदेखि भोक हडतालमा थिइन् । हेलिन बोलेकको निधन भएको केही समयपछि २३८ दिनको भोक हडतालबाट इब्रु तिम्तिकको निधन भएको भयो । रिभ्युलुसनरी पिपुल्स लिबरेसन फ्रन्टको सदस्य भएको आरोपमा सरकारले टर्कीका क्रान्तिकारीहरूलाई गिरफ्तार गरेर कठोर कारावास सजाय दियो र उनीहरू बन्द जेलभित्रबाट न्यायको लडाइँ लडिरहेका छन् र अहिलेसम्म ५ जनाले जीवनको आहुती दिइसकेका छन् तर उनीहरूले पहाडभन्दा गह्रौँ मृत्युवरण गरेका छन् ।

शासकहरूको अन्याय, अत्याचार र शोषण–दमनका विरुद्ध २३८ दिन लामो भोक हडतालपछि तिम्तिकको भौतिक शरीर टर्कीको माटोमा मिलेको दिन टर्कीका शासकहरूलाई लाग्यो होला– टर्कीको माटोमा एउटा रातो लालटिन निभेको छ तर उनको विचार क्रान्तिको मसाल बनेर दन्किएको छ । उनको आस्था झनै अजम्मरी बनेको छ । उनको उद्देश्य जूनजस्तै चम्किलो बनेर आकाशगङ्गा नापिरहेको छ जसलाई संसारका करोडौँ मुक्तिकामीहरूले एकैपटक चम्किएको जून नियालिरहेका छन् र श्रद्धाले शिर निहुराइरहेका छन् । मानव जाति र विश्वभरिका न्यायका पक्षपातीहरूलाई छोडेर गएको इब्रु तिम्तिकको यो साहस र महान् कार्य युगौँयुगसम्म बाँचिरहनेछ । महान् मान्छेले छोडेर गएका सपना र उद्देश्यहरू तिनको भौतिक जीवनभन्दा हजार गुणा अजम्मरी हुने गर्दछन् । मर्छ त केवल भौतिक शरीर तर उसको आस्था र विचार अजम्मरी हुने गर्दछ ।

महान् मान्छेहरूको सपना र लक्ष्य अक्सर उचो हुने गर्दछ । महान् मान्छेहरू एउटा उचो लक्ष्य लिएर गन्तव्य चुम्न अघि बढ्छन् । कार्ल माक्र्सले भन्नुभएको छ– मलाई त एउटा महान् र उचो लक्ष्य चाहिन्छ । त्यसका लागि आजीवन सङ्घर्षको अटुट सिलसिला चाहिन्छ । महामानव कार्ल माक्र्सले १८ वर्षको युवाअवस्थामा करिब २ सय वर्षअघि हामीलाई छोडेर गएको यो कविताको उचाइ र महत्व आज पनि उत्तिकै महत्वको र सान्दर्भिक छ । मलाई लाग्छ– पृथ्वीमा माक्र्सवाद प्रयोगमा सफल हुन कति समय लाग्ला तर माक्र्सको यो ओजस्वी विचार जबसम्म मानवसभ्यता रहन्छ त्यति बेलासम्म अमर रहनेछ । कार्ल माक्र्सको जस्तै अजम्मरी लक्ष्य बोकेर अजम्मरी यात्रामा मिसिएका छन्– अधिकारकर्मी इब्रु तिम्तिक, गायक हेलिन बोलेक र उनका अरू तीन सहकर्मीहरू । साम्राज्यवादको जुठोपुरो खाने टर्कीको फासिवादी सरकारले टर्कीका श्रमजीवी जनताको मुक्तिका निम्ति आवाज उठाउँदै आएका कानुन व्यवसायी तथा मानवअधिकारकर्मीहरू, संस्कृतिककर्मीहरू इब्रु तिम्तिक, हेलिन बोलेकहरूको आवाजमा प्रतिबन्ध लाउने कोसिस गरेको छ । शासकहरूले राता मान्छेहरूको शरीर बन्धक बनाए पनि आस्थाको राँको झन् प्रज्वलनशील बनेको छ, बरु फासिवादी शासकहरूको नाङ्गो रूप र असली चरित्र उदाङ्गो भएको छ । टर्कीलगायत विश्वमै मरणासन्न अवस्थामा रहेको साम्राज्यवाद मर्ने बेलाको कमिलाले प्वाँख उमारेजस्तै दारा–नङ्ग्रा उमारिहेको छ तर यसको अवसानको घडी नजिकनजिक आइरहेको छ । हेलिन बोलेक र तिम्तिकलाई श्रद्धाञ्जली दिन टर्कीका सहरमा निस्किएका जनताहरूको भीड हेर्दा यस्तो लाग्छ– त्यो भीडले साम्राज्यवादको जुठोपुरो खाने शासकहरूको आयु धेरै लामो छैन र त्यो भीड टर्कीका शासकहरू र शासन व्यवस्था अन्त्य गर्ने मलामीको भीड हो ।

टर्कीका क्रान्तिकारी छोरीहरूलाई त्यहाँको शासन सत्ताले मारेको छ । ठीक यस्तै हाम्रो देशका शासकहरूले पनि कलम समातेको र कविता लेखेको आरोपमा कृष्ण सेनहरू र गीत गाएको आरोपमा चुनु गुरुङहरूलाई मारेका छन् । आज पनि क्रान्तिको गीत गाएको आरोपमा माइला लामाहरू र वैज्ञानिक समाजवादको बहस सिर्जना गरेको आरोपमा सुदर्शनहरू जेलको चिसो छिँडीमा फलामे साङ्लोमा बेरिएका छन् । क्रान्तिकारीहरूले यस्ता कठिनाइहरू अनिवार्य सामना गर्नुपर्दछ । कमरेड गोन्जालोले ‘यात्राका घुम्तीहरूमा भौतिक शरीर कतै धरापमा पर्नसक्छ’ भनेझैँ भौतिक शरीर त कतै अस्ताउन सक्दोरहेछ तर सपना उचो भएमा त्यो जून बनेर उदाउँदो रहेछ भन्ने साक्षी हुन हेलिन बोलेक र इब्रु तिम्तिक अनि कृष्ण सेन र चुनु गुरुङहरू । त्यसैले म माइला लामा र सुदर्शनहरूलाई नेकपाका महासचिव कमरेड विप्लवको शब्द सापटी लिएर भन्न चाहन्छु स्

मेरो रगत बग्यो भने
यही पवित्र माटोमा मिलोस्
शरीर ढल्यो भने
प्रिय सहिद—सपूतहरूसँगै सुतोस् १
नलागोस् खोट, आदर्श बाँचिरहोस्
खपेर सारा चोट सपना चम्किरहोस् १

कार्ल माक्र्सले भनेझैँ कठिनाइहरूबिनाको शून्य जीवन राता मान्छेहरूका लागि कदापि स्वीकार्य हुँदैन । उनीहरूका तुफानी मनहरूलाई एउटा महान् र उचो लक्ष्य चाहिन्छ र त्यसका लागि जीवनभर सङ्घर्षको अटुट क्रम । उत्पीडन र लाचारीहरूका विरुद्ध उचो उद्देश्य लिएर बाँच्ने आकाङ्क्षा, आक्रोश, आवेग र अभिमानले असल मानिस भएर बाँच्ने यात्रामा हेलिन बोलेक र तिम्तिकहरूले आफ्नो नाम दर्ता गराएका छन् । हृदयमा गरिहाइका कहिल्यै नमेटिने आकृति छोडेर गएका तिनै राता मान्छेहरूलाई नेपाली भूमिबाट रातो सलाम । राता मान्छेहरूकै सम्मानमा एउटा गीतको हरफ स्

संसारभरि कहाँ झुके खै क्रान्तिका राता सिपाही
झुकेनन् ती पेरूमा, झुकेनन् ती टर्कीमा
झुकेनन् ती फिलिपिन्समा, लड्दैछन् ती भारतमा‘

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn