सम्झनामा आहिरहने
बिगत सारै प्यारो लाग्छ
सहयोद्दा सहयात्री भुल्न
झन झन गारो लाग्छ
उकाली ती ओरालिमा
थकाइ मेटदै सुस्ताएको
रातो झन्डा लाल भनज्याङ्ग
सुसाउदै फहराएको
मालचरिको बथान जस्तै
लाल बस्ती बिउझाएको
हात हल्लाइ बिदाइ हुने
मुठी कस्दै भेटहुने
छुटनेबेला मनरुने
भेटहुदा खुशी हुने
कति थियो आत्मीयता
कति मीठो माया
सम्झनामा आहि रहने
बिगत कति प्यारो लाग्छ
सहयोद्दा सहयात्री
भुल्न झन झन गारो लाग्छ
आखाभरि सपना थिए
मनभरी उत्साह
हजार माइल पूरा हिडने
सबको थियो बाचा
सम्झनामा आहि रहने
बिगत सारै प्यारो लाग्छ
सहयोद्दा सहयात्री
भुल्न झन झन गारो लाग्छ
बिचार कति उचो थियो
संस्कार कति सफा
साम्यबादको सपनाले
डोराएको महान यात्रा
खोसिय झैं लाग्छ उत्साह
लुटिए झै सपना
नयाँ युवा नया पुस्ता
रोज्नेनैछन क्रान्ति यात्रा
एकदिन फेरि फर्की
आउछ त्यस्तै
सुन्दर मुक्ति मार्ग
सम्झनामा आहि रहने
बिगत सारै प्यारो लग्छ
सहयोद्दा सहयात्री
भुल्न झन झन गारो लाग्छ ।
