सिजादर्पण काठमाण्डौ । क्लब छाडेर जाने प्रयास असफल भएयता लियोनेल मेस्सीले बार्सिलोनाका लागि पहिलो खेलमा सहभागिता जनाएका छन् । जिम्नास्टिक डे टारागोनाविरुद्धको मैत्रीपूर्ण खेलमा मेस्सीले खेलेका हुन् ।३३ वर्षीय अर्जेन्टिनी फरवार्डले गत अगस्तमा क्लब छाड्ने इच्छा व्यक्त गर्दै बार्सिलोनालाई ट्रान्सफर रिक्वेस्ट पठाएका थिए ।
तर, कुनै पनि क्लबले उनको ७० करोड यूरोको रिलिज क्लज पूरा गर्न नसक्ने भन्दै क्लबमा नै रहने बताएका थिए ।तेस्रो डिभिजनको क्लबबिरुद्ध ३–१ को जीत निकाल्ने क्रममा मेस्सीले खेलमा कप्तानी गरेका थिए । उनले हाफ टाइमसम्म खेलेका थिए ।खेलमा ओसमान डेम्बेले, एन्टोनी ग्रिजमान र फिलिपे काउन्टिन्होले गोल गरेका थिए ।बार्सिालेनाले २७ सेप्टेम्बरमा भिल्लेरियालविरुद्ध खेल्दै ला लिगाको नयाँ सिजनको सुरुवात गर्नेछ ।
