प्रगतिशिल कवि सम्झना विक
अँध्यारो रातमा पनि
बिहान देख्ने मेरो देश
आफ्नो पहिचान धोती लगाउदै
एम सि सि को जामा भिर्दै
मेरो देश
बिकृती र बिसङगतिकोत
भनी साध्य भएन
मानव माथी दानव कार्य
दिन बिरिने भएन
मेरो देश
देश जस्तो रहेन
भस्ट्रचारले सिमा नाग्यो
स्वाभिमान कतै रहेन
चाप्लुसी र चाकडिकोत
कुरा गर्नुनै छैन
मेरो देश
देश जस्तो रहेन
रास्ट्रघातका अस्ङ्खेति
फाइलहरु दबाउदै
लाज सर्म इज्जत भन्ने
सडकमा मिल्काउदै
मेरो देश
आज देश
जस्तो रहेन
उज्यालो ल्याउने
कुल्मान घिसिङ
त्याहा कहाँ अटाउने
कमिसन र लेनदेनमा हो
कर्मचारी खटाउने
मेरो देश
देश जस्तो रहेन
रास्ट्र भक्ती देश प्रेमी
स्वाभिमानी ओझेल परे
रिमोट वाला चाटुकारले
गर्नु सम्म गरे
मेरो देश
देश जस्तो रहेन
सचेत रहौ देश प्रेमी
ढिलो हुन थाली सक्यो
एम सि सि ले कालो दिन
ल्याउन सक्छ
देशभित्र पाइला
हालिसको
मेरो देश
देश जस्तो रहेन
झुटहरुको खेतिभित्र
सत्य पछि पर्न सक्छ
हिम्मत गर रास्ट्र प्रेमी
समय कोल्टो फेर्न सक्छ
मेरो देश
देश जस्तो रहेन
घाँटी घाँटी
आहिसक्यो
नजुटेर भएन
मेरो देश
देश जस्तो
रहेन १
