टंक जोशी प्रगतिशिल कवि
ए उठ
गाउँमामा छुकछुके रेल आयो रे
शहरमा रानिपोखरी बन्यो रे
स्वास्नी लगेर जाँउ
छुकछुके रेल मा चढाँउ
रानिपोखरी मा पौडी खेलाँउ
धरहरा बन्दैछ रे
एउटा फरियाको डिजाइन दिनु छ
सन्तानको लागि चन्द्रागिरीको पास लिनु छ
बालकोटको भाउजुलाइ फोन लगाउनु छ
पल्लो घरको दाइले नारायणहिटिको जाहाज हेर्ने रे
सडक बनाउनेको नाउ सच्याउनु छ
शहरमा ओलिको नारा लगाउनु छ
गोकुल दाजैले बनाएको टहरामा भात खाउला
इश्वर कमरेड को धारा खोलौला
पैसा लगेर गोकर्ण रिसोर्ट घुमौला
स्वास्नी लाई सितल निवास
आफू सम्धि निवास
घुम्दै फिर्दै रात काटौला
सुनकाण्ड वाला दाजु छुट्दैछन रे
ललिता निवासका मालिक जुट्दैछन रे
एती अम्निका कमरेड हरु उठ्दैछन रे
छुट्ने बाट ल्याएको सुन स्वास्नीलाई
जुट्ने बाट पाएको प्लट स्वास्नीलाई
उठ्नेहरुको चाल हेरौ
नाता लाएर पदको स्यालुट मलाइ
पाइप मा तेल आयो रे
सावर लगाएर नुहाउ छ
ए उठ
जाउ हिड शहर
घुम्न लाछ रहर
समाजवादको यात्रा सरर ll
