Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

अधिभूतवादी या यान्त्रिक कार्यशैली विरुद्ध संघर्ष गरौं


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, अशोज १२, २०७७

अधिभूतवादी या यान्त्रिक कार्यशैली विरुद्ध संघर्ष गरौं

गौरीलाल कार्की

नेकपा मसालको केन्द्रिय समितिले आफ्नो आठौं महाधिवेशनको तयारी र महाधिवेशन पछाडि पनि नियोजित तरिकाले जनवादी केन्द्रियतालाई अधिभूतवादी या यान्त्रिक तवरले कार्यान्वयन गरिरहेको छ। बिशेष गरेर पार्टी पद्धति, पार्टी शुद्धीकरण र जनवादी केन्द्रियताबारे उसले आफ्नो अनुकूलता अनुसार गलत तरिकाले व्याख्या गर्ने र कार्यान्वयन गर्ने गरिरहेको छ। यस्तो गर्नुमा उसको के उदेश्य रहेको छ भने आफ्नो व्यक्तिवादी कार्यशैली र गलत राजनीतिक लाइनलाई पर्दा हाल्ने र त्यस विरुद्ध संघर्ष गरिरहेका क्रान्तिकारी नेता कार्यकर्ताहरुलाई आतंकित पार्ने, आत्मसमर्पण गराउने तथा आत्मसमर्पण नगर्ने नेता कार्यकर्ताहरुलाई ुघुसपैठ र दुश्मनका एजेन्टु को बिल्ला भिराएर एक एक गरेर कत्लेआम गर्ने अर्थात पार्टीबाट निष्कासन गर्ने उदेश्य निहित छ। यो लेखमा पार्टी पद्धति, पार्टी शुद्धीकरण र जनवादी केन्द्रियता प्रति नेकपा ९ मसाल ० को केन्द्रिय समितिले गरेको अधिभुतवादी तथा यान्त्रिक कार्यान्वयनबारे चिरफार गर्ने प्रयत्न गरिनेछ।

कम्युनिस्ट आन्दोलनमा जब मार्क्सवादी लेनिनवादी सिद्धान्त प्रति अधिभूतवादी या यान्त्रिक रुपले विचार र व्यबहार गर्न थालिन्छ, त्यसले सर्वहारा क्रान्तिकारी आन्दोलनलाई मद्दत पुराउनुका सट्टा उल्टो क्षति पुर्‍याउन थाल्दछ। त्यही कुरा पार्टी शुद्धीकरण र जनवादी केन्द्रीयता दुबैबारे पनि सत्य हो। सर्वहारा क्रान्ति र संगठनबारे पार्टी शुद्धिकरण र जनवादी केन्द्रियताले अत्यन्तै ठूलो महत्व राख्दछ भन्ने कुरा आफैमा स्वतः सिद्ध छ। तर जब त्यसबारे अधिभूतवादी वा यान्त्रिक दृष्टिकोण अपनाइन्छ, त्यसले पार्टी संगठन र क्रान्तिलाई मद्दत होइन कि उल्टो नोक्सान पुर्‍याउन थाल्छ।

लेनिनले संगठनात्मक सिद्धान्तहरुको चर्चाका सिलसिलामा जनवादी केन्द्रीयता माथि अत्यन्तै जोड दिएका छन्, तर अर्कातिर त्यसलाई अधिभूतवादी या यान्त्रिक रुपमा ग्रहण गर्ने कुराको जोडदार किसिमले विरोध पनि गरेका छन्। संसारका विभिन्न देशहरुमा जनवादी केन्द्रियता सम्बन्धी सही समझदारीको अभावको परिणाम यो भएको छ कि यो दक्षिणपन्थी अवसरवादीहरुका हातमा क्रान्तिकारी कम्युनिष्टहरुलाई हाँक्ने र यसरी सिंङ्गो पार्टीलाई गैर(क्रान्तिकारी रूप र दिशा दिनको लागि उनीहरुलाई उपयोग गर्ने एउटा शक्तिशाली हतियार भएको छ। लेनिनको केन्द्रियता सम्बन्धी द्वन्द्वात्मक दृष्टिकोणले माओको नेतृत्वमा चीनको महान सर्वहारा सांस्कृतिक क्रान्तिका दौरान उच्चतम रुपमा विकास गर्‍यो। जनवादी केन्द्रीयता सम्बन्धी अधिभूतवादी दृष्टिकोणको परिणामस्वरुप विभिन्न प्रकारका अवसरवादीहरूले क्रान्तिकारी कम्युनिस्टहरुबाट नाजायज फाइदा उठाउन नपाउनन्, भन्नाका लागि सच्चा कम्युनिष्टहरुलाई जनवादी केन्द्रीयताबारे सही लेनिनवादी समझदारी अपनाउनु आवश्यक छ। जनवादी केन्द्रीयतालाई सही रुप दिनलाई दुइवटा कुराहरु आवश्यक हुन्छन प्रथम, जनवादी केन्द्रियता सिद्धान्त र सर्वहारा क्रान्तिका हितहरू अन्तर्गत हुनुपर्दछ। द्वितीय, त्यसले जनवादी र अन्तरपार्टी संघर्ष अधिकारको रक्षा गर्नु पर्छ। तर मसालले आफ्नो आठौं महाधिवेशनको तयारीको सिलसिला देखि आजसम्म पार्टी नेतृत्वले पार्टी पद्धति, अनुशासन, पार्टी शुद्धिकरण र जनवादी केन्द्रीयता लागु गर्ने नाउँमा विभिन्न प्रकारले आफु अनुकुलमा शक्तिको दुरुपयोग गरिरहेको कुरा छर्लङ्ग छ। अब पार्टीबाट अनिश्चितकालका लागि निष्कासन गरिएका कामरेडहरुलाई मात्रै होइन, पार्टी भित्र रहेर उनीहरुको गलत नीति र कार्यशैलीको सुधार गर्न संघर्ष गरिरहेका कामरेडहरुलाई समेत पनि कथित ुघुसपैठिया र दुश्मनका एजेन्टु देख्न थालेका छन्। यसरी पार्टी भित्र भिन्नमत राख्नेहरुलाई घुमाउरो रूपमा ुघुसपैठिया र दुश्मनका एजेन्टु को बिल्ला भिराएर क्रमश पार्टीबाट हटाउने नीति लिइरहेको सन्दर्भमा यो न त सर्वहारा क्रान्तिको हितमा हुन्छ न त अन्तरपार्टी संघर्षको रक्षाको प्रतिनिधित्व गर्न सकेको ठहर्छ। त्यसकारण सम्पुर्ण व्यबहारको चुरो कुरो पार्टी भित्र भिन्नमत राख्ने जति सबैलाई लखेटेर पार्टीबाट धपाउने प्रयत्नमा नै केन्द्रित छ।

सोभियत कम्युनिस्ट आन्दोलनको द्वितीय महाधिवेशनद्वारा स्वीकृत पार्टी नियमावली अनुसार लेनिनले जनवादी केन्द्रीयताको व्याख्याको सिलसिलामा यो कुरामा पनि जोड दिएका छन कि प्रथम “महाधिवेशन” का निर्णयहरु र त्यसमा सम्पन्न चुनावहरु पार्टीका निर्णयहरु हुन् र ती सबै पार्टी संगठनहरु माथि लागु हुन्छन्, जुन सुकै बहानामा पनि कसैद्वारा त्यसलाई चुनौति दिन सकिन्न। अर्को महाधिवेशनमा नैे तिनीहरुलाई काट्न सकिने छ वा संशोधन गर्न सकिने छ। त्यो बीचको अवधिमा केन्द्रिय समितिका निर्णयहरु र निर्देशनहरु पूरै पार्टी माथि लागु हुन्छन्। तर उक्त दुवै प्रश्नहरूमा लेनिनको दृष्टिकोण अधिभूतवादी या यान्त्रिक नभएर द्वन्द्वात्मक छ। उनले माथिका दुबै कुराहरूमा निरपेक्ष किसिमले विचार नगरेर सम्बन्धित परिस्थिति माथि ध्यान राखेर विचार गर्ने कुरामा जोड दिएका छन्। जस्तै सोभियतमा चतुर्थ महाधिवेशन, जसलाई ुएकता महाधिवेशनु भनिन्छ, मा मेन्शेविकहरुको बहुमत भयो। त्यसमा उनीहरुको बहुमत यस कारणले हुन गयो कि, जस्तो कि ुसोभियतसंघ की कम्युनिस्ट पार्टीका इतिहास ९वो०ु मा भनिएको छ, १९०५ मा “मेन्शेविकहरुले आफ्नो पंक्तिमा ठूलो संख्यामा निम्न पुँजीवादी बुद्धिजीवीहरूलाई भर्ना गरेका थिए । क्रान्तिकारी माक्र्सवादसित यिनीहरुको कुनै पनि सम्बन्ध थिएन ।” यस प्रकारका कैयौं कुराहरूको परिणाम यो भयो कि केन्द्रिय समितिको बहुमतको नियोजित महाधिवेशनमा मेन्शेविकहरूको बहुमत रह्यो। मसालले आफ्नो आठौं महाधिवेशनको सिलसिलामा ठिक त्यहीँ तरिकाको अन्धाधुन्ध अभ्यास गरेको छ। केन्द्रिय समितिको शक्ति, पार्टी पद्धति र जनवादी केन्द्रियताको दुरुपयोग या यान्त्रिक प्रयोगद्वारा नै आठौं महाधिवेशनका लागि प्रतिनिधि चयन देखि सम्पुर्ण तयारीमा कब्जा गरिएको थियो। पार्टीमा लामो समयसम्म संघर्ष गरेर लागेका इमान्दार, सक्रिय, समर्पित भावना भएका, रचनात्मक क्षमता वा कार्य दक्षता भएका कैयौं कामरेडहरुलाई विभिन्न बहानामा पन्छाएर त्यसको ठाउँमा अपरिपक्व र आफ्नो मतमा हो मा हो मिलाउने नयाँ भर्तीका कार्यकर्तालाई प्रतिनिधिमा चयन गर्ने काम भएको थियो र क्रान्तिकारी पक्षको स्थानीय स्तरमा बाहुल्यता हुँदाहुँदै पनि महाधिवेशनमा न्यून उपस्तिथि रहेको थियो। जसको परिणाम आठौं महाधिवेशनले यथास्थितिवादी अर्थात् एक प्रकारको दक्षिणपन्थी राजनीतिक लाइन र कार्यक्रम पास गर्न सफल भएको छ।

सोभियत कम्युनिस्ट पार्टी ९ बो। ० को इतिहासमा स्पष्ट पारिएको छ कि मुख्यतः क्रान्तिकारी मार्क्सवादसित कुनै पनि सम्बन्ध नभएका निम्न पूँजीवादी बुद्धिजीवीहरुलाई मेन्शेविकहरूले प्रतिनिधिको रूपमा ल्याएको हुनाले नै त्यो महाधिवेशनमा उनीहरूको बहुमत भएको थियो र त्यसले कैयौं प्रश्नहरूमा गलत निर्णयहरु लियो । महाधिवेशनमा त्यो अबस्थामा लेनिन ले महाघिवेशनमा भाग लिएका प्रतिनिधिहरूका तर्फवाट पार्टीका नाममा प्रसारित एउटा अपीलमा यो मत प्रकट गरेका थिए, “हामीले महाधिवेशनका ती निर्णयहरु, जसलाई हामीले गलत ठान्दछौ, का विरूद्ध निरन्तर संघर्ष गर्नुपर्छ र गर्नेछौं। तर त्यसका साथै पूरै पार्टीका अगाडि हामीले यो घोषणा गर्दछौं कि हामी कुनै पनि फूटका विरुद्ध छौं । हामी महाधिवेसनका निर्णयहरूलाई मान्ने पक्षमा छौं। तर त्यसका साथै पार्टीसित सम्बन्धित प्रश्नहरुमा व्यापक र स्वतन्त्र बहस हुनुपर्दछ । कामरेड्ली आलोचना र पार्टी जीवनका घटनाहरूको सिंहावलोकन हुनुपर्छ । हामीले पार्टीका सबै सदस्यहरूलाई महाधिवेशनका निर्णयहरू बारे सावधानीपूर्वक सिंहावलोकन गर्न अनुरोध गर्दछौं ।”

यो विचार सामान्य रूपमा हेर्दा लेनिनले पहिले द्वितीय महाधिवेशन पछि प्रकट गरेका विचार, अर्थात् अर्को महाधिवेसन भन्दा पहिले महाधिवेशनका निर्णयहरु र चुनावलाई चुनौती दिन पाइन्न भन्ने विचारसित विरोधाभास भए जस्तो देखिन्छ। तर कुरा त्यसो होइन । त्यसले २ वटा कुरा बताउँछ, प्रथम, कुनै कुरालाई हेर्ने उनको द्वन्द्वात्मक दृष्टिकोण। द्वितीय, आवश्यकता अनुसार आफ्ना विचारहरू सृजनात्मक विकास गर्ने उनको पद्धति। उनका विचारहरुलाई ठीकसँग बुझ्नका लागि उक्त दुवै कुराहरुलाई ख्याल राख्नु पर्दछ। तर मसालको नेतृत्वले लेनिनका विचारहरूलाई समग्र र द्वन्द्वात्मक अर्थमा बुझ्नुको सट्टा उनका रचनाहरूबाट एउटा वा अर्को आफ्नो अनुकुलको विचार टपक्क टिपेर प्रस्तुत गरेका छन्। त्यसरी उनीहरूले जुन निष्कर्षहरू निकाल्छन्, ती स्वयं लेनिनवादी सिद्धान्तहरूका विरूद्ध हुन्छन्। संसार भरिका दक्षिणपन्थी उन्मुख अवसरवादीहरुले प्रायशः त्यही गलत र अधिभूतवादी तरिका अपनाउने गरेका छन्।

लेनिनले केन्द्रीय समितिको निर्णय पूरै पार्टीमाथि लागु हुने नियमलाई पनि निरपेक्ष र अधिभूतवादी किसिमले लिएका छैनन्। केन्द्रिय समितिलाई त्यस प्रकारको अधिकार(पूरै पार्टी माथि आफ्नो निर्णय र निर्देशनहरुलाई लागू गर्ने अधिकार त्यो बेला नै हुन्छ जब त्यो ९केन्द्रिय समिति ० स्वयं अनुशासनमा बस्छ। तर त्यसले स्वयं अनुशासनको उल्लंघन गर्न थाले पछि त्यसका निर्णयहरु वा निर्देशनहरु पनि अवैधानिक हुन्छन्। त्यो अवस्थामा तल्ला कमिटी वा पार्टी सदस्यहरु ती अवैधानिक निर्णयहरू मान्न बाध्य हुन्नन्। यसबारे लेनिन लेख्दछन्, ूकेन्द्रिय समितिका निर्णय र निर्देशनहरू पूरै पार्टी माथि लागू हुने कुरा ुमहाधिवेशनका निर्णयहरुको सीमा भित्रु नै लागू हुन्छन्।ू १९०६ मा केन्द्रीय समितिले, जसमा मेन्शेविकहरुको बहुमत थियो, कैडेटहरुसित गठबन्धन गर्ने निर्णय गर्‍यो। त्यो कुराको चर्चा गर्दै उनले लेख्छन्, त्यसले मेन्शेविकहरु पार्टीको ुअवसरवादी पक्षु भएको कुरा प्रष्ट गर्‍यो। उनले लेखेका छन्, “हामीले क्याडेटहरुसित गठबन्धन गर्ने कुराका विरुद्ध निर्मम संघर्ष चलाई राखेका छौं, र त्यो संघर्ष सम्भव भएसम्म व्यापक रुपमा चलाउनु पर्दछ।ू त्यो कुराको चर्चा गर्दै अगाडि भनिएको छ, महाधिवेशनले क्याडेट मन्त्रीमण्डल माथि ‘दबाव हाल्ने’ ुउपयोग गर्ने र विरोध गर्नेु निर्णय गरेको थियो। तर त्यो भनाईको तोडमोड गरेर उनीहरुले ुगठबन्धन गर्नेु निर्णय गरे। त्यो निर्णय महाधिवेशनको ुस्प्रिटु का विरुद्ध थियो । त्यसकारण लेनिनले यो स्पष्ट गरे ुमहाधिवेशन का निर्णयहरुका घेराहरुभित्र रहेरु हामीलाई त्यो निर्णयको विरोध गर्नु हाम्रो अधिकार र कर्तव्य हुन्छ।

यसमा लेनिनका अनुसार केन्द्रिय समितिका सम्पुर्ण निर्णय पार्टीका सम्पुर्ण तहमा लागु हुनुपर्छ। तर जब केन्द्रिय समिति नै महाधिवेशनका निर्णयको मर्म भावना विपरीत निर्णय गर्छ या स्वयं केन्द्रिय समितिले अनुशासन उलंघन गरेर निर्णय गर्छ, त्यो निर्णय सम्पुर्ण पार्टी तहमा लागु नगर्नु पनि अनुशासन हुनजान्छ किनभने अवैधानिक रूपमा गरिएका केन्द्रिय समितिका निर्णय पनि अवैधानिक नै हुन जान्छन्। क्रान्तिकारी कम्युनिस्ट आन्दोलनले सामान्यतया समाज विकासको लागि सत्ता कब्जा गर्छ त्यसको लागि सरकारको उपयोग गर्नु सामान्य कुरा हो। तर आफ्नो शक्ति कमजोर भएको अवस्थामा प्रतिक्रियावादी सत्ता भित्रको सरकारमा सहभागी हुने कुरा गलत हो। मसालको सातौं महाधिवेशन र त्यस अघिका कुनै पनि महाधिवेशनले प्रतिक्रियावादी संसदीय सत्तामा रहेका विकृति र विसंगतिको भन्डाफोर गर्ने नीति लिएको थियो तर सरकारमा जाने कुनै निर्णय गरेको थिएन। तर त्यसको विपरित मसालको केन्द्रिय समितिले संसदीय सरकारमा जाने निर्णय गर्‍यो र सरकारमा गयो। त्यो अवसरवादी निर्णय त हो नै त्यो त्यस अगाडिको महाधिवेशनको मर्म र भावना विरुद्धको कुरा भएकोले त्यो अवैधानिक निर्णय समेत थियो। अहिले पनि आठौं महाधिवेशनले पारित गरेको विधान समेत केन्द्रिय समितिले उलंघन गरिरहेको छ। पार्टी संकटमा परेको बहानामा विधानका कतिपय प्रावधान उलंघन गरेर पार्टी पद्धतिको खिल्ली उडाउने काम गरिएका छन्। उदाहरणको लागि अहिलेको पार्टी शुद्धिकरण कार्यक्रम पनि एक हो। आठौं महाधिवेशनले पारित गरेको विधानमको धारा ५ ९ च ० मा भनिएको छ, ूकुनै खास अवस्थामा पार्टीमा शुद्धीकरणको अभियान चलाइने छ। तर त्यो कार्यक्रमबारे कुनै निर्णय गर्ने अधिकार राष्ट्रिय सम्मेलन वा पार्टीका भेलाहरुलाई मात्रै हुनेछ।ू

तर त्यसको विपरीत मसालले पार्टीको राष्ट्रिय सम्मेलन या भेला नगरीकन केन्द्रीय समितिको निर्णयमा पार्टी शुद्धिकरणको नियम, मापदण्ड, कार्यविधि र सबै महत्वपूर्ण निर्णय गरेर सर्वाधिकार पिबिलाई दिने निर्णय गरेको छ, जुन पुर्णतया अवैधानिक छ। यस्तो किन गर्नुपरेको हो भन्नेबारे मसाल नेतृत्वले असन्तुलित विचार प्रकट गरेको छ। कुनै वक्तव्यमा कोरोनाको कारण देखाइन्छ। कुनै ठाउँमा महाधिवेशनले गरेको निर्णय भएकोले अर्को सम्मेलन या भेला गर्नु नपर्ने बताइन्छ। कुनै बेला स्थानीय स्तरमा ुघुसपैठिया र दुश्मनका एजेन्टु ले पार्टी कब्जा गर्ने संभावना बढेकोले तत्काल यस्तो गर्नुपरेको बताइन्छ। यी सबै आफुले विधान उलंघन गरेको गम्भीर गल्ती ढाकछोप गर्ने तानाबाना हुन्। ठिक छ महाधिवेशनले त पार्टी शुद्धिकरण गर्ने निर्णय मात्रै गरेको थियो। त्यसको मापदण्ड, ठोस कार्यक्रम र कार्यविधि कुनै तय गरेको थिएन जुन विधानत राष्ट्रिय सम्मेलन या भेलाले गर्नुपर्ने हो तर केन्द्रिय समिति या पिबिले मनमर्जी रुपले मापदण्ड, कार्यक्रम र कार्यविधि बनाएर कथित ुपार्टी शुद्धीकरणु अभियान संचालन गरिएको छ। त्यो अवैधानिक छ। यो ुपार्टी शुद्धीकरणु को तत्कालको उदेश्य पनि पार्टीको गलत नीति र नेतृत्वको गलत कार्यशैलीको सुधार गर्नको लागि संघर्ष गरिरहेका कामरेडहरुलाई गलाउने, तर्साउने, आतंकित पार्ने अन्ततः आत्मसमर्पण गराउने नै हो। यसरी पनि आत्मसमर्पण नगर्ने कामरेडहरुलाई मसाल नेतृत्वको अनुसार ुघुसपैठिया र दुश्मनका एजेन्टु को लेबल लगाएर ग्रेडिङ्ग गर्ने अनि सिधै निमोठ नामोठ पार्ने। यसरी एकातिर विधान कुल्चिएको छ अर्कोतिर कथित शुद्धीकरणमा परेका कामरेडहरु के कति कारणले कारबाही भएका हुन् कारणको जानकारी दिनु नपर्ने, पुनरावेदन या पुनरावलोकन गर्न नपाइने, कुनै स्थानीय कमिटीको राय सुझाव र निर्णयको आवश्यकता नपर्ने, संसारको कुनै ठाउँबाट आएको कसैको रिपोर्टको आधारमा लामो समयसम्म सम्पुर्ण त्याग गरेर पार्टीमा लागेका कामरेडहरुलाई भिन्नमत राखेको कारण नै कत्लेआम गर्ने तरिका हो। यो कस्तो न्याय प्रणाली होरु यो कस्तो जनवाद होरु यो कस्तो केन्द्रियता होरु पार्टीभित्र रहेका सम्पुर्ण ईमानदार क्रान्तिकारी नेता कार्यकर्ताहरुले गम्भीरता पुर्वक, निडरताको साथ यस गलत कार्यशैलीको सामना गर्नुपर्ने आवश्यकता छ। गम्भीर भएर सोचौं कि आफ्नो अधिनायकवादको लागि सिंङ्गो जनवादी केन्द्रियताको नियमलाई बिशाक्त बनाउने काम भएको छ। हाम्रा जिम्मेवारी, पद र सदस्यता प्राविधिक कुरा हुन्, मुख्य कुरा गलत नीति र कार्यशैली विरुद्ध संघर्ष गर्नु नै हो। निति र पद्धति बचाउन सक्यौं भने प्राविधिक कुरा सबै प्राप्त हुनेछन्। त्यसकारण हामीले आत्मसमर्पणको बाटो होइन, गलत कार्यशैली र नीतिको संघर्षको बाटो छोड्नु हुँदैन त्यसमा नै क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको भविष्य उज्ज्वल छ।

सोभियतमा चौथो महाधिवेशन पछि सेन्टपीटर्सवर्ग पार्टी कमिटी, जहाँबाट लेनिन प्रतिनिधि चुनिएका थिए, लाई पठाएको आफ्नो रिपोर्टमा उनले लेखेका छन्, “महाधिवेशनका निर्णयहरु माथि हामीले सम्भव बढी भन्दा बढी व्यापक छलफल चाहन्छौं। हामीले पार्टीका प्रत्येक सदस्य हरुलाई प्रस्तावहरु ९महाधिवेशनका प्रस्तावहरु० माथि सचेत र आलोचनात्मक रुख अपनाउन आवाहान गर्नु पर्दछ। ‘।तर त्यो सैद्धान्तिक संघर्षले संगठनहरुलाई फुटाउनु हुन्न, सर्वहारा वर्गको कार्यको एकतामा बाधा पान हुन्न। ‘‘। बहसको स्वतंत्रता, कार्यको एकता, यही त्यो कुरा हो हामीले जसलाई प्राप्त गर्न प्रयत्न गर्नु पर्दछ।ू

पार्टी कमिटीलाई पठाएको त्यो रिपोर्टमा लेनिनले खालि महाधिवेशनमा भएका निर्णय र मतभेदहरूको मात्र विवरण दिएका छैनन्, तर त्यसको सिंहावलोकन पनि गरेका छन्, र त्यहाँका निर्णयहरु प्रतिको आलोचनात्मक रुख पनि प्रकट गरेका छन्। त्यसले कुनै महाधिवेशन पछि त्यो महाधिवेशन बारे विस्तृत रिपोर्ट र सिंहावलोकन प्रस्तुत गर्ने प्रतिनिधिहरूको अधिकार भएको, त्यसप्रकारको निर्णयका अधारमा सम्बन्धित कमिटीले महाधिवेशनको सिंहावलोकन गर्न पाउने कुरा जनवादी केन्द्रीयता अन्तर्गत भएको कुरामा कुनै शंका रहन्न। लेनिनको व्याख्या अनुसार त्यसप्रकारको रिपोर्टिङ वा सिहावलोकनमा बन्देज लगाउनु नौकरशाही र जनवादी केन्द्रीयता सिद्धान्तको उल्लंघन हो भन्ने कुरा प्रष्ट गरेका छन्। तर मसालले आफ्नो आठौं महाधिवेशनमा फोरम चलाएर दुइलाइनको संघर्षले क्रान्तिकारी नीति तर्जुमा गर्न होइन कि आफ्नो प्रस्तावको पक्ष र विपक्षमा कुन कुन सदस्य कहाँ छन् त्यसलाई पत्तो लगाउने र भिन्नमत राख्ने माथि सम्पुर्ण रुपले अफ्ट्यारोमा पार्ने कुरालाई व्यबहारमा जोड दिएको थियो। महाधिवेशनको बेला पनि व्यापक छलफल बिना ध्वनि मतका आधारमा आफ्ना प्रस्ताव पारित गर्ने र महाधिवेशन पछि पनि महाधिवेशनको समिक्षा या सिंहावलोकन गर्न बन्देज गरिएको छ। भिन्नमत राख्ने कारबाही गर्न नमिलेका कामरेडका जिम्मेवारी क्रमश खोसिएका छन्। सोभियतमा जून तरिका मेन्सेविकहरुले आफ्नो गलत राजनीतिक प्रस्ताव र कार्यशैलीमा पर्दा हाल्न बहुमतको आडमा पार्टी पद्धतिको दुरुपयोग गरेका थिए। आज मसालले ठिक त्यहीँ तरिका अपनाएको छ।

लेनिनले जनवादी केन्द्रियता अन्तर्गत अल्पमतको रक्षामा हमेशा जोड दिएका छन्। उनले कुनै अल्पमतहरुको अधिकार ुग्यारेन्टीु लाई पार्टी नियमावलीहरुमा सामेल गर्ने कुरामा जोड दिएका थिए। जसबाट मतभेदहरूका रुप अंशतोषहरु र उत्तेजना पहिले झै गलत तरिकावाट वाहिर निक्लन न पाउन र उनीहरूले ूवैधानिक र सम्मानजनकू रुपले आफ्ना विचारहरु प्रकट गर्न पाउन्। लेनिनको त्यो भनाइले यो कुरा पनि प्रष्ट गर्दछ कि यदि अल्पमतलाई आफ्ना मतभेदहरु “वैधानिक सम्मानजनक” रुपमा प्रष्ट गर्ने मौका न दिए ती अन्य कतिपय गलत तरिकाहरूबाट निस्कन्छन्। त्यसो हुन नदिन अल्पमतको अधिकारको बहुमतले ग्यारेण्टी दिनुपर्दछ, उनीहरुको बहस आलोचनाको अधिकारलाई अनुशासित गर्ने प्रयत्न गर्नु पर्दछ। तर त्यसलाई रोक्न हुन्न। खास गरेर जब पार्टी भित्र कुनै विवादले चर्को र व्यापक रूप लिन्छ, त्यो बेलामा केन्द्रिय समिति र बहुमतले पार्टी भित्र त्यसबारे व्यवस्थित र अनुशासित रूपमा मतभेद राख्ने साथीहरुलाई आलोचना र बहस गर्ने अवसर प्रदान गर्नु पर्दछ। त्यस्तो अवस्थामा पाटी भित्र कुनै प्रश्न कुनै विवादले चर्को र व्यापक रुप लिएको अवस्थामा कुनै विवादलाई बहुमत वा उच्च कमिटीको निर्णय वा निर्देशनमा दबाउने प्रयत्न गर्नु जनवादी केन्द्रीयता सम्बन्धी लेनिनवादी सोचाईका विरूद्धको कुरा हो भन्ने प्रष्ट पार्नु भएको छ। तर महाधिवेशन ताका मसालको नेतृत्वले आफ्नो गलत राजनीतिक प्रस्तावको ढाकछोप गर्न फरक प्रस्ताव दर्ता गर्नुलाई पहिले ुवामपन्थी संकृणतावादीु नेतृत्व कब्जा गर्नु पार्टी फुटाउनु यस्ता मनोगत आरोप लगायो। रामसिंह, डिलाराम र दिनानाथसँग तुलना गरियो। अहिले आएर ुपार्टी फुटाउने हैसियत नभएकाु भनेर प्रचारप्रसार गरिएको छ। हिजो मसाल नेतृत्वले हामिलाई पार्टी फुटाएर रामसिंह सँगै जादैछ्न्ु भन्ने हल्ला गर्‍यो आज अन्त जाने सबै ुढोका बन्दु भएको प्रचारप्रसार गर्दैछन्। छुट्टै पार्टी चलाउने कार्यक्षमता नभएकाु नेतृत्व गर्ने हैसियत नभएकाु भनेर चिया पसल र चौतारीमा गफ गर्छन्। आफू असफल भएको अत्तोपत्तो छैन। मसालको हालको नेतृत्व बाहेक अरु कसैको कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने हैसियत या कार्यक्षमता छैन भन्ने निष्कर्षको अर्थ यो हुन्छ कि अहिलेको मसालको नेतृत्वको शेष पछि क्रान्तिकारी कम्युनिस्ट आन्दोलन हाँक्ने नेतृत्वको अभाव हुनेछ र कम्युनिस्ट पार्टी अहिलेको नेतृत्वसँगै विघटन हुनेछ। यो अधिभुतवादी र व्यक्तिवादी चिन्तन हो। त्यसमा अहिले झन् ुघुसपैठिया, सिआइडी र दुश्मनका एजेन्टु को लेबल लगाएर एक एक गरेर निष्कासन गर्ने नीति लिएको छ। अन्तरपार्टी संघर्ष चलाउने मसालको नेतृत्वको तरिका यस्तै हो। यसले के बताउँछ भने पार्टी स्वयं मसाल नेतृत्वले फुटाउन चाहेको छ या क्रान्तिकारी कम्युनिस्ट आन्दोलन आफुसँगै विघटन भएको हेर्न चाहन्छ। यो अदिभुतवादी चिन्तन नै हो। त्यसकारण महाधिवेशनमा भिन्न प्रस्ताव ल्याउनेहरुले पार्टी फुटाउने हल्ला गलत सावित भैसकेको छ। यी सबै कर्तुत भिन्नमत राख्ने पक्षलाई हतोत्साहित बनाउने र आफ्नो गलत निति र कार्यशैलीमाथि पर्दा हाल्ने कुरा थिए र हुन्।

नेकपा मसाल ० भित्र यथास्थितिवादी तथा दक्षिणपन्थी लाइन विरुद्ध संघर्ष गरिरहेका हजारौं हजार तमाम नेता कार्यकर्तालाई समेत के निवेदन गर्दछु भने लेनिनले मेन्शेविकहरुको बहुमत भएको केन्द्रीय समितिले महाधिवेशनका निर्णयहरुको उल्लंघन गर्दा तुरुन्त फूटको कुरा गरेनन्। त्यसमा प्रकाश हाल्दै उनले लेखेका छन्, “के शोसल डेमोक्रेटहरुको ९त्यो बेला रुसको पार्टीको नाम शोसलडेमोक्रेटिक पार्टी थियो० कैडेटहरुसित गठबन्धनको निर्णयका कारणले पूरै संगठनात्मक सम्बन्धलाई तोड्नु अर्थात फुट्नु आबश्यक हुन गएको छरु हाम्रो विचारमा छैन। किनरुू त्यसका कारणहरू माथि प्रकाश हाल्दै उनले लेखेका छन्, “प्रथम, मेन्शेविकहरुले व्यावहारिक अवसरवादका दिशामा भर्खर मात्र अनिश्चित र अनिश्चितता पूर्वक कदम बढाई रहेका छन्‘।। । द्वितीय, रुसमा क्रान्तिका ज्वारभाटाहरु बढे वा पूरै सेलाए पनि कैडेटहरूसितको गठबन्धनको कार्यनीति हावा हुनेछ, त्यो धेरै टाढा भविष्यमा होइन ।” त्यसकारण त्यो एकताको निर्णयले पार्टीलाई धेरै नोक्सान नपुराउने भएकोले त्यसका आधारमा विद्रोह नै गर्न उनले आवश्यक देखेनन् । तर त्यो भनाइले यो कुरा पनि प्रष्ट गर्दछ,स् यदि त्यस प्रकारको अवसरवादले स्पष्ट र निश्चित रूप लिएर त्यसले पार्टी र क्रान्तिलाई धेरै नोक्सान पुर्‍याउने स्थिति उत्पन्न भयो भने संगठनात्मक सम्बन्धलाई तोड्नु वा फुट्नु एकमात्र सही कुरा हुन्छ।

केही वर्षपछि जब मेन्शेविकहरुको अवसरवादी चरित्र अगाडि आयो, लेनिनले उनीहरुसित स्पष्ट रुपले सम्बन्ध बिच्छेद गरेको कुराले त्यो कुरामा कुनै शंका रहन्न। लेनिनका यी विचार तथा उनको व्यवहारबाट कुन बेला कति अनुशासन पालन गर्नु पर्छरु त्यसको कसी यो हो र हुन पर्छ,स् त्यो अनुशासनले पार्टी र क्रान्तिका हितहरुलाई कति मद्दत गरिरहेको छ वा नोक्सान पुराएको छरु जब कुनै बेला केन्द्रीय कमिटी वा बहुमतका निर्णयहरुले पार्टी र क्रान्तिका हितहरु माथि सामान्य रूपले नै नोक्सान पुर्‍याई रहेका छन् भने पार्टीलाई फुटाउने कुरा नगरेर पार्टी भित्रनै संघर्ष चलाउने कुरामा जोडदिनु पर्छ। तर पार्टी नेतृत्व वा कुनै पक्षका नीति र व्यवहारहरुबाट पार्टी र क्रान्तिका हितहरुमा पुगिरहेको क्षतिहरुका प्रकृति गम्भीर, व्यापक र दूरगामी प्रकारको भए वा पार्टीभित्र त्यस प्रकारका नीति वा व्यवहारका विरुद्ध संघर्षको लागि कुनै सम्भावना नरहेको निश्चय भएमा त्यो अनुशासनलाई तोड्नु पर्छ र आवश्यक परे संगठनात्मक रुपमा नै सबन्ध विच्छेद वा विद्रोह गरेर पनि पार्टीका क्रान्तिकारी नीतिको रक्षाकालागि अगाडि आउनु पर्छ।

यसबारे लेनिनका विचार कति स्पष्ट छन् भने त्यो कुरा उनको तलको भनाई बाट प्रष्ट हुन्छ। विद्रोहबारे पनि उनले क्रान्तिकारी किसिमले विचार गर्दछन् उनी लेख्दछन, “जब क्रान्तिकारी पक्षले अवसरवादी पक्षका विरुद्ध संघर्ष गर्दछ, त्यो राम्रो कुरा हो जब अवसरवादी पक्षले क्रान्तिकारी पक्षका विरुद्ध विद्रोह गर्दछ, त्यो नराम्रो व्यवहार हो।” यसको अर्थ यस्तो पनि हुन जान्छ कि अवसरवादी पक्षले बहुमतको आडमा क्रान्तिकारी पक्षमाथि अनधिकृत कब्जा गर्नसक्ने अवस्था आएमा समेत सचेत तवरले क्रान्तिकारी पक्षको विद्रोहको आवश्यकता जनाउ दिन्छ। यसरी लेनिनले कुनै पनि कुरा माथि विचार गर्दा कोरा सैद्धान्तिक किसिमले विचार नगरेर सर्वहारा क्रान्तिको प्रश्नलाई सबै भन्दा माथि राख्दछन् र क्रान्तिलाई मद्दत पुर्‍याउने कुरालाई राम्रो तथा नोक्सान पुराउने सबै कुराहरू लाई खराब बताउँछन्। त्यसैले अवसरवादी पक्षले बहुमतको आडमा क्रान्तिकारी पार्टी र नीतिमा दीर्घकालीन रूपमा अहित हुने निर्णय गर्छ भने त्यो ुबहुमतको निर्णयु बहिष्कार गर्नु पनि अनुशासन हुन्छ। यो कुनै खास र विशिष्ट अवस्था नै हुन्छ जसरी क्रान्तिकारी विद्रोह पनि विशिष्ट अवस्थामा नै हुनेगर्छ।

अन्तमा के उल्लेख गर्न चाहन्छु भने आज मसाल भित्र संसोधनवादी र क्रान्तिकारी पक्ष बीच चलिरहेको संघर्ष झन्झन् पेचिलो बन्दै गइरहेको छ। सायद अब पार्टी भित्र विभिन्न तहमा रहेका हजारौं इमानदार क्रान्तिकारी नेता तथा कार्यकर्ताले या त अधिनायकवादी, व्यक्तिवादी र अवसरवादी नेतृत्व र केन्द्रिय समितिका विरुद्ध झन्झन् संघर्ष गर्नुपर्नेछ या त आत्मसमर्पण गर्नु पर्नेछ। मसाल नेतृत्वले यस्तो जटिल परिस्थितिको सृजना गरिरहेको छ। अब यस्तो जटिल परिस्थितिमा इमानदार क्रान्तिकारी नेता कार्यकर्ताको अभिभारा के हुनेछरु क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको भविष्य त्यसमा नै निर्भर हुनेछ। यदि कामरेडहरुले झन्झन् संघर्ष गर्नु भएछ भने यो क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको हितमा हुनेछ तर आत्मसमर्पण गर्नु भएछ भने वा हतोत्साहित हुनु भएछ भने त्यो अवसरवादीहरुको योजनाको हितमा हुनेछ। त्यसकारण कामरेड हरुले अन्तिम अवस्थासम्म संघर्षको बाटो रोज्नु हुनेछ। यदि संघर्षका सम्पुर्ण ढोका बन्द गरियो भने लेनिनले भने झैं विवेकशील विद्रोहको आवश्यकता पर्नेछ। आशा छ, सम्पुर्ण क्रान्तिकारी नेता कार्यकर्ताले क्रान्तिकारी पार्टी र नीतिको सुरक्षाको पक्षमा ढुक्कका साथ आफ्ना पदचाँप अगाडि बढाउने छन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn