सिजादर्पण १६ भाद्र काठमाण्डौ । सवै हिन्दु धमृ मान्ने जनहरु लाई श्राद्ध संस्कार पवित्र एवं अनिवार्य कृत्य हो। पितृहरूको आशीर्वादले धन–सम्पत्ति आदि सबै कुराको पूर्ति हुन्छ।श्रद्धापूर्वक पितृलाई अन्न, जल, पिण्डदानादि त्याग गर्ने विशेष कृत्यलाई श्राद्ध भनिन्छ। एकोद्दिष्ट, एकपार्वण, महालय, नान्दी आदिका भेदले श्राद्ध धेरै प्रकारका हुन्छन्। एउटा मात्र पितृको उद्देश्य गरेर गरिने श्राद्धलाई एकोद्दिष्ट श्राद्ध भनिन्छ भने तीन पितृहरू ९पितृ—पितामह—प्रपितामह अथवा मातृ—पितामही—प्रपितामही० को उद्देश्य राखेर गरिने श्राद्धलाई एकपार्वण श्राद्ध भनिन्छ। आफ्ना माता या पिताको औंसी तिथि या महालयपक्षका १५ तिथिमध्ये कुनै एक तिथिमा मृत्यु भएमा मात्र एकपार्वण श्राद्ध गरिन्छ। महालय श्राद्धमा भने तर्पणीय सबै पितृहरूलाई पिण्ड दिई बहुपिण्डक श्राद्ध गरिन्छ।

महालय श्राद्ध भनेको पितृहरूको मेलापर्व हो, भेटघाटको अवसर हो। यस महालय श्राद्धका पक्षमा श्राद्धकर्ताका पिताको तिथिलाई मुख्य मानेर पितृलोकबाट कर्तासँग सम्बन्धित सबै पितृ कर्ताका घरको ढोकामा आएर बस्छन्। ब्राह्मण आएपछि उहाँकै शरीरमा रहेर कर्ताका पितृ पनि घरभित्र पस्छन्। त्यसैले कर्ता र ब्राह्मणले पनि सजगताका साथ वाक्य मिलाएर श्राद्ध कर्म गर्नु–गराउनुपर्छ। यस्तै कर्ताका घरमा कुनै मांगलिक कार्य जस्तै– विवाहादि संस्कार, गृह प्रवेश, वास्तुकर्म आदि गर्नुपर्दा नान्दी श्राद्ध गरिन्छ। यसमा मातृपक्ष तीन, पितृपक्ष तीन र सपत्नीक मातामह पक्ष तीन गरी नौवटा देवता प्रधान मानिन्छन्। यी र यीबाहेकका गोष्ठी आदि श्राद्धमा पनि श्रद्धालाई नै प्रधान मानिने हँुदा हरेक श्राद्धमा श्रद्धा र भक्तिभावलाई मुख्य मानिन्छ। त्यसैले पितृप्रति आस्था, निष्ठावान् समर्पित व्यक्ति मात्र श्राद्धकर्ता मानिन्छ।द्धसनातन धर्ममा मानवलाई मानवत्व प्रदान गर्न ४८ वटासम्म संस्कार मानिन्छन्।
तिनीहरूमध्ये श्राद्ध एक हो। श्राद्धपश्चात् पितृहरूले यस्तो आयु, सन्तति, विद्या, स्वर्ग, मोक्ष, सुखादि प्राप्त हुनेजस्ता अनेकौं आशीर्वाद पाइन्छ भनी याज्ञवल्क्य स्मृतिमा भनिएको छ।यसैगरी श्राद्धका कर्महरू सम्पन्न गर्दा सावधानी अपनाउनुपर्छ। रिस, रागआदि नगरी, कसैसँग नमागी जेजस्तो पदार्थ सहजै उपलब्ध हुन्छ, त्यसैबाट श्राद्ध गर्नुपर्छ। अन्नजलादि पितृले कसरी पाउँछन् हामीले दिएका वस्तु हाम्रा पितृहरूलाई पुर्याउने कार्यचाहिँ वसु, रुद्र र आदित्य नाम गरेका श्राद्ध देवताले गर्छन्। उहाँहरू श्राद्धस्थलमा बसी साक्षित्व वहन गर्दै हाम्रा पितृसमक्ष पुर्याउने काम गर्नुहुन्छ भनी त्यही उल्लेख छ।
श्राद्ध गर्दा एकपक्षमा विश्वदेव ब्राह्मणहरू र अर्का पक्षमा पितृब्राह्मणहरू स्थापना गरिन्छ। ती विश्वेदेव पक्षका ब्राह्मणले अहिले हाम्रा पितृहरू देव, मनुष्य, पशुपक्षी आदि जुन रूपमा छन्। अन्न, जल, नाम, गोत्र, मन्त्रादिको सही उच्चारणले हाम्रा पितृ गाई, वस्तु भए घाँसका रूपमा, मानव भए अन्न जलादिका रूपमा र यसैगरी जुनजुन रूपमा पितृहरू छन्, तीती रूपमा पुर्याउने कार्य उनीहरूको हुन्छ भनी बृहदारण्यक उपनिषदादि ग्रन्थहरूमा उल्लेख भएको धर्मशास्त्रका इतिहासको श्राद्ध प्रकरणमा छ।श्राद्धको शास्त्रीयता हेर्दा आफन्तजनप्रति जीवित अवस्थामा या मरेपछि श्रद्धाभाव व्यक्त भएको पाइन्छ नै। सबै कुरा दृष्टमा मात्र हँुदैनन्। नदेखिएका कुरामा पनि बलात् विश्वास गर्नुपर्ने हुन्छ। लौकिक व्यवहारमा पनि त्यस्तै हुन्छ।
![]()
बादलले घाम–जूनलाई ढाक्दैमा घाम–जूनको अस्तित्व नभएको हँुदैन। यस्तै वेदादि शास्त्रनिर्दिष्ट श्राद्धादि हरेक कर्ममा श्रुति, युक्ति र अनुभूतिमार्फत कर्महरूको अस्तित्व स्वीकार गर्नुपर्ने हुन्छ। जुन हाम्रा पितापुर्खाले स्विकारे। यति मात्र नभएर कतिपय विवाद आएका ठाउँमा आफ्नो शाखासूत्रको निर्देशन स्विकारेर, पालन गरेर शंका लागेको ठाउँमा अध्ययन गरी शास्त्रहरूमार्फत श्राद्धादि समस्त धर्मको निर्णयमा पुग्ने गर्दथे र अहिले पनि यो परम्परा छ। महर्षिप्रणीत श्राद्धकृत्यहरू वैज्ञानिक एवं पितृऋण तिर्ने खालका भएकाले नै हामी वेदादि शास्त्रहरूको ज्ञानलाई स्वीकार गरी निर्णयमा पुगेर श्राद्धादि यावत् कर्महरू सम्पन्न गर्दछौं। शास्त्रले भनेको छ कि देवता, पितृ हँुदैनन् भन्ने लागेर श्राद्ध गर्दैनौ भने तिम्रो रगत पिउन तिमीसमक्ष पितृहरू आउँछन्।हाम्रो श्राद्ध गर्ने परम्परा तत्काल सुरु भएको नभएर निकै पुरानो शास्त्रसिद्ध परम्परा हो। सनातन धर्म एक अर्ब ९५ करोड वर्षभन्दा पनि पुरानो रहेको व्यवस्था पात्रोेबाटै स्पष्ट हुन्छ। अतः पितृहरूको तिथिअनुसारका दिनमा श्राद्धादि कृत्यहरू गर्नुमा नै मानव समुदायको कल्याण छ भनी धर्मशास्त्रमा भनिएको छ।
भगवती सीताले दशरथको श्राद्धका दिन रामले श्राद्ध गर्न लाग्दा दशरथले लगाउने गरेको हातका बालाआदि लगाएर दशरथ र अन्य दुईजना आएको देखेकी र लजाएर झाडीमा गएर डर–लाजले लुकेकी र पछि सोध्दा हजुरका पिता दशरथ र अन्य दुईजना ब्राह्मणसँगै टाँसिएर अघिअघि आएको देखेर लजाएकी हुँ।।। भनेको प्रसंग पाइन्छ।यस्ता अन्य भीष्मपितामहआदिमा प्रसंग पनि धेरै पाइन्छ। अतः पितृहरू शुद्ध वाक्य र शुद्ध भावले बोलाउँदा आउँछन्। महालयपक्षमा त पितृलोक खाली गरेर सबै कर्ताका घरका ढोकामा आएर श्राद्धको आकांक्षा गरेर बसेका हुन्छन् भनिएकाले महालय पक्षव्यापी श्राद्ध गर्नुपर्छ भनिएको हो। नसक्दा षष्ठीआदिका पक्षबाट र त्यो पनि नसक्दा पिताका तिथिका दिन ९हजुरबाआदि अन्य कसैका तिथिमा होइन० मात्र सकृन्महालय श्राद्ध गर्नुपर्छ भनी धर्मसिन्धुमा छ।श्राद्धका कर्म गर्दा सावधानी अपनाउनुपर्छ। रिस, रागआदि नगरी, कसैसँग नमागी जेजस्तो पदार्थ सहजै उपलब्ध हुन्छ, त्यसैबाट श्राद्ध गर्नुपर्छ। अन्नजलादि पितृले कसरी पाउँछन् हामीले दिएका वस्तु हाम्रा पितृहरूलाई पुर्याउने कार्यचाहिँ वसु, रुद्र र आदित्य नाम गरेका श्राद्ध देवताले गर्छन्।
श्राद्ध गर्ने–गराउने दुवै श्रद्धावान् हुनुपर्छ। देवकार्यभन्दा पितृकार्यलाई ठूलो मानिएको छ। पितृकार्यहरू समयमै गर्नुपर्ने हुन्छ, नगर्दा दोष लाग्छ। एकोद्दिष्ट श्राद्धको समय मध्याह्न, महालय श्राद्धको समय अपरान्ह हो। कालको निर्धारण दिनमानलाई पाँच भाग लगाएर १। प्रातः, २। संगव, ३। मध्यान्ह, ४। अपरान्ह, ५। सायंकाल गरी विभाजन गरिएको हुन्छ। निर्धारित कालमा पिण्डदान अवश्य हुनुपर्छ। धार्मिक कार्यमा स्खलन आउँदै गरेको अवस्था छ। श्राद्धादि प्रत्येक धर्मकार्यमा यजमानभन्दा पुरोहित बढी जिम्मेवार एवं दोषभागी मानिन्छ। यजमानको पनि सावधानी उत्तिकै महत्त्वपूर्ण छ। अनुपस्थित वस्तुलाई जेले पनि र नभए पनि भइहाल्छ भन्ने र एक दिनमा एक ठाउँभन्दा बढी र एक श्राद्धभन्दा बढी श्राद्ध गराउनेलाई पनि शास्त्रले दोषी ठहर गरी प्रायश्चित्त बनाएको छ।
कथंकदाचित श्राद्ध पढिदिनै पर्यो भने पनि अर्को ब्राह्मणको व्यवस्था गरी टीका लगाउने आदि कार्य अर्कैलाई गराउँदा र भोजन त्यहाँ नगर्दा दोष लाग्दैन। यजमानले पनि समयानुकूल श्रमको अवमूल्यन गर्नु हुँदैन। आफ्नो कामका लागि आज बोलाएको व्यक्तिलाई समयानुकूल सन्तुष्ट पार्नु कर्तव्य सम्झनुपर्छ। पठित, आचारणशील, शास्त्रवचन पालन गर्नेजस्ता गुण हेरेर मात्र पितृकार्यमा ब्राह्मण नियुक्त गर्नुपर्छ। श्राद्ध संस्कार पवित्र एवं अनिवार्य कृत्य हो। पितृहरूको आशीर्वादले धन–सम्पत्ति आदि सबै कुराको पूर्ति हुन्छ। पितहरूको आशीर्वाद लिन श्राद्धका दिन मन, वचन र कर्म पनि पितृमय बनाउनुपर्छ। आफ्नो कमाइको शुद्धद्रव्य, वस्तु आदिको प्रयोग मात्र पितृलाई मनपर्छ।अतः शुद्धभाव, शुद्धद्रव्य, श्राद्धअनुसारको पिण्ड दिने बेलाको तिथि र मध्याह्न, अपराह्नादि समय, शास्त्रज्ञ एवं आचरणशील पण्डितको व्यवस्था गरी श्राद्ध गर्नुपर्छ। यसो गर्दा गृहस्थहरू पनि यहींबाट स्वतः मुक्त हुन्छन् भनी धर्मशास्त्रमा भनिएको छ।
मेसेन्जर आदिले धेरै विषयमा सजिलो बनाएको छ। श्राद्धादि धार्मिक कृत्यबाट दृष्ट र अदृष्ट गरी दुवै प्रकारका फल प्राप्त गर्नु धार्मिक कृत्यहरूको मुख्य उद्देश्य हो। श्राद्धादि कर्म गर्ने कर्ताका अगाडि विश्वेदेव र पित्रादि ब्राह्मणको सन्निधि— १, मन्त्रोच्चारण र अभिषेकादि गर्न सक्ने ब्राह्मणको उपस्थिति— २ र कर्मसाक्षित्व वहन गर्ने दीपरूप अग्नि देवताको सान्निध्य— ३ गरी यी तीनको कार्यसंयोगबाट मात्र परमापूर्व ९पुण्य० उत्पन्न हुन्छ। सञ्चारमाध्यमबाट यी सबै कुराको सांग पूर्ति हँुदैन, त्यसकारण कर्म फलीभूत देखिँदैन।
अतः सञ्चारमाध्यमबाट धार्मिक कार्यको टाढाबाट पनि निर्देशनचाहिँ हुन सक्छ। यहाँको निर्देशन बुझी अर्को ब्राह्मणको उपस्थिति भने कर्मस्थलमा अनिवार्य नै देखिन्छ। यताको निर्देशक सहयोगी मात्र हुन्छ भने कर्म भइरहेको ठाउँको समीपवर्ती पुरोहित नै मुख्य मानिन्छ। धार्मिक कर्ममा देवता, द्विज र अग्निको सामीप्य नभई अदृष्ट अर्थात् पुण्य उत्पन्न नहुने भएकाले टाढाको निर्देशकबाट त्यो उत्पन्न हँुदैन। यसकारण कार्यस्थलमा ब्राह्मणको उपस्थिति र उसैबाट प्रैषवाक्य एवं हस्तक्रिया मात्र भए पनि हुन् भने जरुरी मानिन्छ।
कोरोनाबीच महालयादि श्राद्ध कसरी र कहिलेसम्म ?
महामारीका कारण श्राद्धादिका सामग्री पनि पाइँदैनन् र श्राद्ध गराइदिने पण्डित–पुरोहितको उपस्थिति पनि असम्भव प्रायः नै छ। यस स्थितिलाई मध्यनजर गर्दा शास्त्रले दिएका विकल्प अपनाउनुपर्छ। आशौचआदिका कारण पनि श्राद्धहरू रोकिन्थे भने कर्ताका असक्ततामा पनि श्राद्धहरू रोकिन्थे नै। अतः आशौचवत् कोरोना महामारीले महालय श्राद्ध रोकिएको मानी सो अवधिभर पर्खिएर श्राद्ध गर्नुपर्छ।
१। पिताको तिथिमा सम्भव भएमा यथासम्भव जुटेमा त्यसै दिन गर्नुपर्छ। २। आशौचले महालय श्राद्ध रोकिँदा चोखिएपछि अष्टमी, द्वादशी र अमावश्यामध्ये एक दिन श्राद्ध गरिन्थ्यो र यसमा पनि त्यही गर्नुपर्छ। ३। यी दिनमा पनि नचोखिँदा मलमासपछि आश्विन शुक्ल ९दुर्गापक्ष० पञ्चमीसम्ममा पनि गौणकाल मानी श्राद्ध गर्न सकिन्छ।
४। त्यो पञ्चमीपछि आउने अष्टमी, द्वादशी, आंैसी भरणी नक्षत्र र व्यतीपात योगमध्ये एउटालाई निमित्त मानेर पनि महालय श्राद्ध गर्न सकिने धर्मसिन्धुमा स्पष्ट उल्लेख छ। अहिले पनि यसैलाई निमित्त मानेर कुनै एक दिन महालय श्राद्ध गर्न सकिन्छ।
५। यस वर्ष २०७७ भदौपछि एक महिना मलमास भएकाले आश्विन २ गतेदेखि ३० गतेसम्म महालय श्राद्धका कुनै पनि कर्म गर्न मिल्दैन।
६। आश्विन शुक्लपञ्चमी ९कार्तिक १, २, ३, ४, ५, गते० सम्ममा गर्न नसक्दा धर्मसिन्धुको महालय प्रकरणअनुसार तिथिआदि जुराएर कार्तिकभित्रै गर्नुपर्छ।
७। मंसिर १ गते लागिसकेपछि भने महालय श्राद्ध गर्ने समय सकिएकाले पितृहरू निराश भएर पितृलोक फर्किएर जाने हुँदा श्राद्ध गर्नुको औचित्य नै समाप्त हुने हुँदा मंसिर १ गतेपछि महालय श्राद्ध नगरेर त्यसको प्रायचित्तका लागि ॐ दुरो अश्वस्य। यो मन्त्रको प्रतिदिन १०८ पटक जप गर्नुपर्छ भनिएको हुँदा १० महिनासम्म कर्ताले जप गनुपर्छ। नसक्दा प्रतिनिधि वा ब्राह्मणद्वारा पनि संकल्प जप गराउन सकिन्छ। मन्त्र यसबीचमा पर्ने पितामाता आदिका एकोद्दिष्टादि श्राद्ध, व्रतपूजा भने गर्नैैपर्छ। यता मन्त्र जप पनि चलाइरहनुपर्छ। ॐ।।
