सिजादर्पण मुम्बई । वउिडमा पनि कलाकार हरुलाइ निकै विभेद हुनेगरेकोको खुलासा भएको छ । अभिनेत्री समीरा रेड्डीले आफु रंग भेदको सिकार बन्दा निकै दुःखी बनेको बताएकी छन् । बलिउडमा नातावाद मात्र नभएर रंग विभेद पनि हुने गरेको अभिनेत्री समीरा रेड्डीले बताएकी छन् । समीराले आफू काली भएकै कारण थुप्रै फिल्म खोसिएको बताएकी छन् । बलिउडमा नेपोटिज्म अर्थात् नातावादका कारण अन्य कलाकारले काम नपाउने गरेको बताइन्छ । तर, यहाँ रंग भेदका कारण मैले थुप्रै फिल्म गुमाउनुपरेको छ ।’ अभिनेत्रीले बताएकी छन् ।बलिउडका आमनायिकाको तुलनामा उनी केही काली छिन् ।
त्यसैले आफूलाई ध्वाँसी भनेर केही फिल्मबाट निकालेको पनि उनले बताएकी छन्, ‘मलाई ध्वाँसी अर्थात् काली, धेरै अग्ली भनेर फिल्मकर्मीले नै काम नदिएका थुप्रै घटनाहरू छन् । म उनीहरूको नाम लिएर यहाँ मन दुखाउन चाहन्न ।’ तर, आफूलाई यसरी रंग विभेद गर्दा त्यस्तो समय निकै दुःख लाग्ने गरेको समीराले बताएकी छन् ।यी अभिनेत्री पछिल्लो समय आमा बनेपछि सन्तानको हेरचाहमा व्यस्त छन् । बलिउडमा मैने दिल तुझको दिया, प्लान, मुसाफिर, दे दनादन, नो इन्ट्रीसहित विभिन्न फिल्ममा नायिका बनेर काम गरेकी समीराले आफू काली भएकै कारण थुप्रै फिल्म खोसिएको बताएकी हुन् ।
रूपकै कारण आफूमाथि विभेद भएको कुरा धेरैपटक लुकाउनुपरेको पनि यी अभिनेत्रीले खुलासा गरेकी छन् । तर, केही फिल्मकर्मीले आमनायिका भन्दै केही फरक भएको भन्दै आफ्नो रूपकै कारण फिल्ममा काम दिएको पनि यी अभिनेत्रीले बताएकी छन् ।यस्ता घटनाले कलाकार हरुलाइ निकै मानसिक तनाव डिपे्रसन नहेला भन्न सकिदैनl

अर्कि बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले आफू नातवाद र गु्रपिज्ममा विश्वास नगर्ने बताएकी छन् । श्रीलंकाबाट आएर भारतीय फिल्ममा स्थापित भएकी ज्याकलिनले बलिउडमा आफ्नो नातेदार नभएको बताएकी छन् । तर, आफूलाई बलिउडकर्मीले त्यसरी नहेपेको पनि यी अभिनेत्रीको कथन छ ।
