सम्झना बिक
कसरी भनु शुभकामना
कुन शब्दमा लेखु रु
मन चस चस बिजाउछ
कसरी बेक्तगरु रु
शुभकामनाका शौगातहरु
बेला बेला आँखा रसाउछ ।।
के खुशी पस्कियौ र खै रु
दुखेका मनहरुलाइ
भोका तनहरुलाइ ।।
पिडाले बेरियका आत्माहरुलाइ
के लेखौ र उधारो शुभकामना ।।
समृद्धि प्रगतिको आशिर्वाद
सु स्वास्थ र दिर्घायुको कामना ।।
बेरोजगारी बढेको बेला
दुबो झै गाजिनु कसरी भनु ।।
जराहरु सुकेको बेला
कास झै फुल्नु कसरी भुनु ।।
दिनदिनै मृत्युले लखेटेको बेला
बाँस झै नुग्नु कसरी भनु ।।
भोकमरीले कुपोषण बढेको बेला
सन्तानले डाडापाखा ढाकुन ।।
कसरी भनु छोरिहरु दिन दिनै लुटिएको बेला
शुभकामना त मलाई
यो दिनमनछ ।।
पिडितहरुकोलागि न्याय माग्नु
बिकृती र बिसङ्गतिको विरुद्ध
एक भएर लडनु ।।
आफैलाइ पछ्याउँदै गरेको
रोगसङ्ग लडदै
मृत्यु माथि बिजय गर्नु ।।
यहिछ मेरो सबै सबैमा
मनोकामना ।।
