सिजादर्पण जुम्ला । जुम्ला सदरमुकामको पुर्वि क्षेत्रमा पर्ने गुठिचौर गाउँपालिकाको वडानं १ मणिसागु मा स्थापित गरियको जिडिपि इङलिस मेडिएम वोडिङ स्कुल करिव ४,५वर्ष देखि निरन्तर अध्ययन अध्यापन गराउदै आयको थियो । तर अहिले भने सो विद्यालयका नयाँ संँञ्चालक पदमराज गिरी ले उक्त वोडिङ चलाउनका लगि आफुले संञ्चालन ल्यायको करिव २वर्ष भयको थियो । विश्वमा कोरोनाको संक्रमण वढेपछि सरकारले मुलुक भर लकडाउन गर्ने भयपछि उनको स्कुल पनिवन्द गर्नु परेपछि निकै दुःखी छन संँञ्चालक पदमराज गिरी।
उनि व्यवसायलाइ अगाडि वढाउने र व्यवसाय गरि खाने सपना वोकेका गिरीको आर्थिक समस्याले वोडिङ संञ्चालन गर्न निकै समस्या भयको दुखेसो गरेका छन । वोडिङमा कक्षा ३ सम्म पढाइने गर्ने गरेको करिव ५५ जना विद्यार्थी अध्ययरथ गर्ने गरेका थिए । अहिले शिक्षक ६जना शिक्षक हरु त्यसै पाल्नु परेको छ । माषिक प्रति व्याक्ति १३००० हजारका दरले तलव दिनु पर्ने भएपछि निकै घाटामा परेको गिरी अहिले आफ्नो लगानि खेर गयको वताउछन । प्रतिवर्ष रु ५लाखका दरले लगाननि गर्ने गरेका गिरी यस वर्ष भने घाटा व्यहोर्नु परेको वताउ छन ।
कोरोनाको कहर वाट शिक्षा क्षेत्र निकैमारम परेको र विद्यार्थी हरुलाइ पढाइ वाट निकै घाटा व्यहोर्नु परेको र अविभवक हरुको पनि विश्वास गुम्ने भय पछि गिरी निकै चिन्तामा परेका छन । फेरी कसरी स्कुल प्रतिको विश्वास जित्ने भन्ने कुराले उनलाइ निकै समस्या परेको छ ? जुम्ला जस्तो दुर्गम ठाउमा वोडिङ खोलेर सेवा गर्न निकै समस्या र चुनैती वेहोर्नु पर्ने उनि वताउछन । विद्यार्थी हरुलाइ समस्या परेको खण्डमा आफै उपचार गर्ने गरेको आफु अहेव पनि पढेकोले विद्यार्थीलाइ र सवै विद्यार्थीेहरु लाइ सामान्य स्वास्थ्य चेक जाच गर्ने गरेको उनि वताउछन ।
साउवाट व्याज तिरेर ऋणमागेर स्कुलमा लगानि गरे त्योपनि डुवेपछि आफ्नै वालवालिका कसरी पढाउने अन्योल मापरेको गिरी वताउछन । लकडाउनका कारण करिव ९ महिना सम्म स्कुल वन्द भय पछि यस वर्षको शैक्षिक शत्रनै पुरा नहुने स्थीति सृजना हुने देखियो चौतर्फि समस्या वनेको गिरी को चिन्ता छ ।
यसवर्षको लगानि ले आफ्नो ढाड सेके पछि कुनै पनि निकाय हरुले सहयोग प्राप्त गर्न नसकिने उनको भनाइ छ ।
अभिभावक हरुले आफ्ना वालवालिका लाइ स्कुल पठाउन पनि समस्या मभयपछि अव केगर्ने भन्ने एकातिर उनिहरुलाइ पनि चिन्ता वढेको छ ।
जुम्लामा पनि जाडो वढेपछि विद्यार्थी हरुलाइ स्कुलमा पढाउन पनि अव निकै ,समस्या हुने र स्थानिय सरकारले अहिले विद्यालय खोल्नु पर्ने भने पछि केहिठाउँका सरकारी विद्यालय खुलेका छन तर मणिसागु साधेपानी अरुस्थान भन्दा जुम्लाको यो ठाउमा निकै जाडो हुने र हिमालको फेदिमा नजिक भयको ले हिउ परेकोले र साना नानि हरुलाइ विद्यालयमा विद्यार्थी उपस्थिति गरि पढाउन नसकीने भयको गिरीको भनाइ छ । विद्यार्थीलाई जाडोका कारण केहि भयो भने जटिल समस्या आउने र उपचार गर्न समस्या हुने डरले आफुले तत्काल स्कुल खोल्नेमा दोधारमा रहेको गिरीको भनाइ छ ।
