लबेन्द्र जङ्ग हमाल
जसले जेसुकै भनेर सिजा उपत्यकाको गलत प्रचार गरेपनि इतिहासको पानामा निर्दिष्ट गरिसकेको सत्य हो कि सिजा उपत्यका र प्राचीन खस सिजा राज्यको दरवार कनका सुन्दरी गाउँपालिका भित्र पर्दछ।सामान्य अर्थमा उपत्यका भन्नाले डाँडापाखाले घेरेको समथर भुमीलाई चिनिन्छ।अग्लाअग्ला सुन्दर पहाडले सुरक्षा दिएर राखेको सुन्दर उपत्यकाको उत्कृष्ट नमुना हो,सिजा उपत्यका।मुख्यतया कनका सुन्दरी गा।पा वडा नं ४ हाटसिजा बाट सुरु वडा नं ५,६,७,८ हुँदै सिजा गाउपालिकालाई हल्का छोइ अन्त हुने यस उपत्यका भित्र प्राचीन समयकोूखस सिजा राज्यूको दरबार रहेको थियो।जसको भग्नावशेष हाल देख्न सकिन्छ।कनका सुन्दरी गा।पा वडा नं ४ मा खस राज्यका राजाले दरबार बनाइ बसेका हुनाले यो ठाउँ ऐतिहासिक दृश्टिकोणबाट गौरवपुर्ण छ।
कृषि अर्थतन्त्र
सिजा उपत्यका परनिर्भर अर्थतन्त्र भन्दा बढी आत्मनिर्भर अर्थतन्त्रमा बाँचेको छ।सामान्य जीविकोपार्जनको लागी चाहिने दाल,चामल,तरकारी यहाँ कै खेतबारीमा फलाइन्छ।
२०७७ साउनमा भन्सार विभागले सार्वजनिक गरेको आर्थिक बर्ष २०७६र०७७ को व्यापार घाटा रु।११ खर्ब ६४ करोड रहेको तथ्यांकले देशको आन्तरिक उत्पादन कति कमजोर छ भन्ने कुरा स्पष्ट पार्दछ।तर यस उपत्यकामा धान खेती गर्न प्रशस्त जमिन९जिउला० र सिचाइको सुबिधा,सिमि आलु उत्पादन गर्नलाई प्रशस्त जमिन९भुवाँ०भएको र जनसंख्याको आकार पातलो भएकोले यहाँकै उत्पादनले आफुलाई धानेर पनि देशका अन्य भागमा समेत बिक्री गर्दै आएको छ।यसले के देखाउछ भने समग्र देशको व्यापार घाटामा यसको खासै योगदान छैन।
वि।सं २०४८ सालमा सुरु भएको कर्णाली राजमार्ग सुर्खेतको बाङ्गेसिमल बाट बामे सर्दै झण्डै दुई दशक लगाएर यस उपत्यकासम्म आइपुग्यो।जसको कारण यहाँको अर्थतन्त्र ब्युँझ्यो र गतिशील भयो।सो राजमार्गको देनका कारण यहाँका जनताको जीवनशैली केहि आधुनिक हुन थाल्यो र केहि बिन्दुसम्म परनिर्भरता बढ्यो।बारी मै फल्ने तोरी,ओखर,आरु,ढुटेलाको तेलले धानेको घरगृहस्थी राजमार्गले दिएको यातायात सहजताका कारण प्रशोधित तेलले धानिन थाल्यो।तोरी उब्जनी लाई निरन्तरता दिएपनि ओखर,आरु,ढुटेलाको तेल निकाल्ने घरेलु शैलीलाई बाहिरबाट आएको प्रशोधित तेलले जुरुर बिस्थापन गरेकै छ।जुन परनिर्भरता र आन्तरिक उत्पादनमा ह्रास आउनुको कारण बन्यो।तर यही यातायात सुबिधाले यहाँ उत्पादित अर्गानिक स्याउ,ओखर,सिमी,मार्सीधान देशका अन्य भागमा बिक्री गर्न सजिलो भयो,जसले यहाँका जनताको जीवनस्तर पक्कै उकासेको हो।
कर्णाली राजमार्गले पुर्याएको योगदानका कारण यहाँ उत्पादित स्याउले आकर्षक मूल्य र बजार पायो।किसानहरुको आम्दानी बढ्यो।परिश्रमको फल पाएकाले कृषकहरु प्रेरित हुन थाले र स्याउका बोट रोपाइमा वृद्धि भयो।बाझिएका र खेर गइरहेका जमिनको सदुपयोग भयो।एउटै जमिनमा एकै सिजनमा सिमी पनि स्याउ पनि फल्नाले दुईटै हातमा लड्डु मिले सरह भयो।जुन निकै नै राम्रो पक्ष हो। तर स्याउका बोट रोप्ने अस्वस्थ प्रतिस्पर्धाका कारण बनजङ्गल नाशिनु राम्रो पक्ष हैन।यसमा सम्बन्धित निकायको ध्यान खिचिनु आवश्यक छ।
परम्परागत शैलीमा खेती गरिनु र उर्वर माटो नहुनुले यहाँको उब्जनी न्यून छ।कहिलेकाही त श्रमको लागत पनि उठ्दैन।आधुनिक कृषि विधी र औजार भित्र्याउन सके,उन्नत बीउ र राम्रो मलको प्रयोग गर्न सके अवश्य पनि यहाँको उब्जनी वृद्धि हुन्छ।यहाँ मार्सीधानको खेतीका लागी चाहिने सिचाइको समस्या छैन,अविरल बग्ने हिमा नदिले सिचाइको समस्या बाट बचाएको छ।तर नदिको पानी कुलो बनाइ खेत सम्म पुर्याउन केही समस्या छ।हरेक बर्ष स्थानिय जनसहभागिताले मर्मत हुने कुलाहरु अर्को बर्षसम्म आइपुग्दा बाध फुटिसकेको हुने या कुलो पुरिने तथा भत्किने समस्या छ।सरकारको९स्थानीय० बजेटले सके नयाँ कुलाहरु निर्माण या पुराना कुलाको मर्मतलाई समेट्दैन,यदि समेटिहाले पनि न्यून बजेटको बाहाना र भ्रष्टाचारको अत्यधिक आर्थिक अनियमितताले यी योजना दीर्घकालीन हुन सकेका छैनन्।कर्णाली राजमार्ग निर्माणको क्रममा र गाउँमा निर्माण गरिने ग्रामीण सडकको पहिरोले केहि समय कुलाहरु भत्किए।ती भत्केका कुलाहरु मर्मतमा बजेट खन्याइए पनि कुलाले पानी खन्याइन कन्जुस्याइँ गरिरहेका छन् ।
बजेट भाषणमा हरेक बर्षजसो समेटिने ग्रामीण सडकले गर्दा खेतबारीको बाटो खुल्ला भयो।फलस्वरूप गाइबस्तुलाई बाली सकाउन आजादी मिल्यो।लगाइएका बार र पर्खालहरु दिगो हुदैनन्,केवल बजेटको सत्यानाश बाहेक अरु केही हुन्नन।
उद्योेगधन्दा स्थापना नभइसकेकाले अत्यावश्यक उपभोग्य सामान बाहेकका थोरै सामानमा परनिर्भरता रहेको छ।तर कर्णाली राजमार्ग पुग्नुपुर्व भेडाको ऊनले घरमै बनाएका कपडा,काठ र भागाको बोट बाट बनाइएका दोचा लगाएर यहाँको जीवनशैली चलिरहेको थियो।बढ्दो आधुनिकीकरण र विदेशी जीवनशैलीको अनुकरणले घरेलु कपडा,दोचा आदि पुर्ण रुपमा विस्थापित भएका छन् ।
यस ठाउँमा रोजगारीको अवसर खासै नभएकोले हिउँदका तीन महिना खेतिपाती नहुने र फुर्सद हुनेहुनाले यहाँका जनता रोजगारीको लागि भारत जाने गरेका छन् ।यहाँको बनक्षेत्रमा पाइने अमुल्य जडिबुटीसतितो,भट्टिउला,टुमुल्ला,खिराउलाले पनि उपत्यकाको अर्थतन्त्रमा टेवा पुर्याएको छन् ।
दूध र मासु पर्याप्त उत्पादन गर्न नसकेपनि बाहिर बाट किनेर उपभोग गर्ने गरेको पाइदैन।
पर्यटन अर्थतन्त्र
ऐतिहासिक महत्वका हिसाबले त सिजा उपत्यकालाई नेपालको ग्रीस भन्दा फरक नपर्ला।र भौगोलिक सुन्दरताका हिसाबले नेपालको दार्जिलिङ भन्दा दुई मत नआउला।यीनै ईतिहास र भुगोलको सुन्दरताको कारण यहाँको पर्यटन अर्थतन्त्र फस्टाउने अधिक सम्भावना छ।समथर भुमि र त्यसको बीचबाट बग्ने हिमा नदिले भरमग्दुर श्रिङ्गार गरिदिएको यो उपत्यका स्वर्गको एक टुकुडा नै हो।यहाँ भित्रने पर्यटकलाई बाहिरबाट भित्रीएको खाना भन्दा यहीँ उत्पादित मार्सीधानको चामल र सिमीको दाल खुवाएर पर्यटकलाई खुशी बनाउनुपर्छ।उत्पादन बढाउने लोभले विषादी प्रयोग गरि तिनै विषादीयुक्त खानेकुरा होटेलमा त राख्नै हुन्न।त्यसले यहाँ पहिचान माथी नै प्रश्न चिन्ह खडा गर्न सक्छ।
कर्णाली राजमार्ग फराकिलो र कालो पत्रे हुन सके पर्यटन व्यबसायले गतिल्लै गति लिनेछ।तर बिदेशी गोरा छाला देखेर अस्वभाविक रुपमा सेवा शुल्क असुल्नु राम्रो हैन।यसले अल्पकालीन रुपमा पैसाको बाकस भरेपनी दीर्घकालीन कमाइको बाटो टुटाउन सक्छ।
वित्तीय पहुँच
(सरकारको एक स्थानीय तहमा कम्तीमा यौटा वाणिज्य बैंकको शाखा पुर्याउने लक्ष्य अनुरुप यहाँ कुमारी बैंकको शाखा संचालनमा छ।जसले गर्दा पैसा पठाउन र पाउनको लागि बजार धाउनुपर्ने झन्झटलाई हटाएको छ।बाकसमा अनुत्पादक भएर बसेको जनताको पैसा बैंकको खातामा जम्मा भएको छ, जसले वित्तीय क्षेत्रको सवलीकरणको बिषयमा निक्षेप संकलन र लगानी क्षमताको बातावरणलाई बढाएको छ।मान्छेमा बचत गर्ने बानीको बिकास भएको छ,खाता खोलिएका छन् ।जसले राष्ट्रकै वित्तिय पहुँच र वित्तीय समाबेशीकरणको लक्ष्य पूरा गरिरहेको छ।
विद्युतको पहुँच
(यहाँ बग्ने हिमा नदिको जल प्रवाहको दिशा र प्रवाहको गतिलाई हेर्ने हो भने विद्युत उत्पादनको राम्रो सम्भावना देखिन्छ।पर्याप्त बजेट र उन्नत प्रविधि प्रयोग गर्ने हो भने विद्युत उत्पादनले राम्रै दिशा समात्ने थियो।तर विद्युत उत्पादन एकदमै महँगो हुने,कानुनी झमेला झेल्नुपर्ने ,३५ बर्ष पछि सरकारलाई हस्तान्तरण गर्नुपर्ने कानुनी बाध्यताका कारण विद्युत उत्पादनमा निजि क्षेत्रको चोसो देखिदैन भने सरकार चुपचाप बसेको छ।२१ औं शताब्दीमा आइपुग्दा समेत यस उपत्यकाका २र४ गाउँ अझै पनि बिधुतिय पहुँचबाट टाढा छन् ।कहिँकतै एकदमै न्यून क्षमतामा विद्युत उत्पादन भएपनि यसले सिमित क्षेत्रलाई मात्र धानेको छ।केहि अझै निर्माणाधीन अवस्थामा छन् ।बजेट खाली ग्रामीण सडक बनाउन मै सकिएका छन्,विद्युतिय बिकासमा सरकार लाटो बनेको छ।
अन्तमा भन्नुपर्दा सडक सञ्जालले यहाँको अर्थतन्त्रलाई धेरै नै चलायनमान बनाएको छ।होटेल र पसल व्यबसाय बिगतका बर्षभन्दा धेरै वृद्धि भएका छन्।जुन देशको लागि राजस्व संकलन र कुल ग्राहस्थ उत्पादनको हिसाबले धेरै नै राम्रो हो।२०७२ सालको नाकाबन्दीले रत्तिभर असर नपरेको कुराले यस उपत्यकाको आत्मनिर्भरतालाई प्रमाणित गर्दछ।जे होस् ,आर्थिक क्रियाकलाप बढ्दै छन् ।प्रदेश सरकारले पनि अनुदान दिएर बाझिएको जमिन खन्न प्रेरित गरेको छ।जसले कृषि उत्पादन अझ वृद्धि गर्ने आश गर्न थालिएको छ।
