कम्ब्याट,इच्छुक र फर्मान
सदियौ देखी चर्खा मा खियाईएको दश नंग्रा,
र उद्योगमा बगाइएको पशिनाले,
लगाउने त पराई जावोस,
छुन नि सकेनन,
आफैले बनाएको त्यो पोशाक,
मानौ शासक बिराजमान छ
त्यो पोशाक भित्र१
हो शाशन गर्छ त्यो पोशाक,
आफ्नै श्रजक माथि,
त्यो हो कम्ब्याट१
जब तिमि ख्याउटे थियौ,
मार्क्सले झै मुख भारी दरी पाल्दै,
युग बदलने गर्जन का साथ,
मुक्तिको मुठ्ठी कस्दै,
खोसेर लगायौ त्यही कम्ब्याट,
अनि उज्यालो को बिम्ब बन्दै,
गायौ इच्छुक का समानता का कविताहरु।
खाराको मोर्चा मा धूलो लाग्यो भनेर
शक्तिखोर पुग्दा नपुग्दै,
मिल्कायौ तिमीले त्यो,
मैलिएको,
पशिनाको गंध आउने,
त्यो कम्ब्याट१
फेरी धेरै आरोह हुदै,
इतिहासको कोप्चेरो बाट,
अर्को ख्याउटेले भेटायो,
त्यही मैलिएको कम्ब्याट,
अनि,
आफ्नो हराएको इतिहास भेटीएकोमा,
नाच्न थाल्यो उन्मुक्त्ति र स्वतंत्रताको उमंग सहित
आफ्नो प्रिय इच्छुक को फोटो तास्दै।
त्यही इच्छुक,
त्यही फोटो,
जून तिमि
प्रत्येक जेष्ठ १३ गते
तिम्रो फेसबुक को भित्तामा
तास्दै लेख्छौ,रेस्ट इन पिसू
हो, त्यही इच्छुक को फोटो
अघिल तीर
उफरियो ख्याउटे कम्ब्याटमा १
तिमिलाई लाग्यो त्यसको उफराईले,
तिम्रो रेस्ट इन पिसू
खल्बलिने छ,
तसर्थ, तिमीले ठाडै माथिबाट
फर्मान गरेउ,
शान्ति ब्यवस्था कायम गर १
