सिँजादर्पण काठमाण्डौ । अमेरिकामा एउटा जुरीले गत वर्ष मिनिआपुलिसको सडकमा भएको अफ्रिकी(अमेरिकी जोर्ज फ्लोइडको मृत्युलाई लिएर ुएकजना पूर्व प्रहरी अधिकारी हत्यामा दोषी भएकोु ठहर गरेको छ।गत वर्षको मे महिनामा फ्लोइडको गिरफ्तारीका बेला ४५ वर्षीय श्वेत जातिका प्रहरी अधिकारी डेरेक शोभिनले नौ मिनेटभन्दा बढी समयसम्म घुँडाले उनको घाँटी थिचेको दृश्य छायाङ्कन गरिएको थियो।व्यापक सङ्ख्यामा मानिसहरूले हेरेको त्यो भिडिओ सामाग्रीले जातिवाद र प्रहरीद्वारा अधिक बल प्रयोगविरुद्ध विश्वव्यापी प्रदर्शन निम्त्याइ दिएको थियो।शोभिनलाई तीनवटा अभियोगमा दोषी ठहर गरिएको छ।
जसमा सेकेन्ड डिग्री हत्या, थर्ड डिग्री हत्या र आशय बिनाको गैरकानुनी हत्या छन्।सेकेण्ड डिग्रीमा हत्याको आशय हुनुपर्छ तर त्यो पूर्वनियोजित हुँदैन भने थर्ड डिग्री हत्यामा प्रतिवादीले पीडितलाई मार्न खोजेको भन्ने प्रमाण आवश्यक पर्दैन। त्यहाँ कारबाही खतरनाक भए पनि खासगरी ज्यान लिन खोजिएको हुँदैन।शोभिनलाई जेल सजाय नदिइँदासम्म हिरासतमै रहनेछन् र दशकौँसम्म जेलमा बिताउनु पर्ने हुनसक्छ।
अमेरिकाभर न्याय माग्दै भएका विरोध प्रदर्शनमा झडपअमेरिकी अश्वेत व्यक्तिको मृत्यु पूर्व नियोजित दुवै पक्षबाट सोमवार अन्तिम तर्कहरू प्रस्तुत गरिएपछि १२ जना सदस्य रहेको जुरी एक दिनभन्दा कम समयभित्रै आफ्नो निर्णयमा पुगेको हो। तीन साताको सुनुवाइले मिनिआपुलिसमा एक खालको उत्तेजना देखिएको थियो।सुनुवाइ सकिएपछि जुरी बाह्य सम्पर्कबाट टाढा रहन एउटा होटलमा बसेको थियो।धित्व गर्ने गैर नाफामुखी संस्था मिनिआपुलिस प्रहरी महासङ्घले ठूलो बोझ काँधमा लिएर काममा समर्पित भएकोु भन्दै जुरीलाई धन्यवाद दिएको छ।अमेरिकी सञ्चार माध्यमहरूले शोभिनले निर्णयविरुद्ध पुनरावेदन गर्ने ठानिएको जनाएका छन्। श्रोतविविसी।
