सिँजादर्पण काठमाण्डौ । नेपालमा विगत २४ घण्टामा थप २,३५१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।त्यस अवधिमा देशभरि पीसीआर विधिबाट परीक्षण गर्दा २,२२० जना र एन्टिजन विधिबाट १३१ जनामा सङ्क्रमण पुष्टि भएको हो।सो अवधिमा देशभरिका प्रयोगशालाबाट ८,८४४ नमुनाको पीसीआर र ८०३ जनाको एन्टिजन परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका जनाइएको छ।
मन्त्रालयले गरेको प्रेस ब्रीफिङमा प्रवक्ता डा। जागेश्वर गौतमले अहिले नेपालमा प्रत्येक चार दिनमा सङ्क्रमितको सङ्ख्या दोबर हुने क्रम देखिएको बताए।मेरो पालो कहिले आउँछुस् ६० देखि ६५ वर्षीय नेपालीले कहिले पाउलान् कोभिड खोप नेपालमा यसपालि कोभिडको अवस्था पोहोरभन्दा डरलाग्दोु हुनुका पाँच कारण काठमाण्डू उपत्यकाभित्र भक्तपुरमा ८४, ललितपुरमा १८१ र काठमाण्डूमा ७८६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
अहिले देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या १०,५८२ रहेको सरकारले जनाएको छ।तीमध्ये संस्थागत आइशोलेशनमा ८३६ र होम आइशोलेशनमा ९,७४६ जना रहेको मन्त्रालये जनाएको छ।अहिले देशभरि कोभिड भएका १८० बिरामी आईसीयूमा रहेका र तीमध्ये ४७ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
