सिँजादर्पण १९ काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको सांगठनिक काम कारबाहीबारे छलफल गर्न आज अपरान्ह ३ बजे बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले रातोपाटीलाई जानकारी दिए ।
‘माओवादी केन्द्रसँगको एकीकरणपछि संगठनात्मक काम केही भएन । त्यसपछि पनि पार्टीभित्रको अन्तर विरोधका कारण पर्खिने क्रममा केही काम भइरहेको छैन । त्यसैले संगठनका गतिविधि बढाउनेबारे आजको बैठकले निर्णय लिन्छ । स्थानीय पार्टी कमिटी र सदस्यता सम्बन्धी काम अगाडि बढ्छ,’ उनले भने ।
आजको बैठकमा एमालेले यसअघि घोषणा गरेको दसौँ महाधिवेशनको मिति सार्ने तामाङले बताए । आगामी मङ्सिर २ देखि ६ मा हुने भनेको महाधिवेशन समयका कारण सार्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।
