लबेन्द्र जङ्ग हमाल ठकुरी
बादल बिस्तारै आकाशबाट आफ्नो आवरण हटाउँदै पश्चिम हानियो।आकाशको निश्चल नीलिमामा सुर्य एकाधिकारमा उपहृत भइ चम्किरहेको थियो।दुई त्रिभुजका आधारहरु एक आपसमा मिलेजस्तो आकारको चौर जो चौतर्फी हिमा नदिको पहरामा अवस्थित छ।त्यसमा मानिसहरुको सामुहिक कण्ठस्वर गुञ्जिरहेको थियो।भुइँमा वृत्ताकार भइ बसिरहेका गाउँलेहरुको अग्रस्थानको मञ्च जस्तो थाम्कोमा मुखिया हुक्का तान्दै बसिरहेका थिए।
२१ बर्षे जवानीको बसन्तमा फुल्दै गरेकी हैजालीको विषयमा यो भेला डाकिएको थियो।घाँस काट्न गएको बेला हैजालीले आफ्नी सहेलीहरुलाई विस्मय र लज्जा मिश्रित मुद्रामा भनेकी थिइ रेसूक्यान होला धेउ सात्याउ,मेरो पेट उरासट्टै भौसट्टै फुल्या जुन भया छ,आरु सित्ती मिठा लाग्दैनन मुकनू।सहेलीहरु यसको जवाफ फर्काउन नसकी चुपचाप हैजालीको निरीह अनुहार घोत्लिएर हेरिरहन्थिन।
हैजालीको घरमा उसकी आमा नरकला,भाइ लालु थिए र बाबू रुपबहादुर केही बर्ष देखि हिङ सिलाजितको व्यापार गर्न इन्डिया तिरै बसेका थिए।फागुनमा गाउँ फर्किने अन्य हटारु सित उनी लत्ताकपडा,पैसा पठाउँथे।जेनतेन घर खर्च चलिरहेको थियो।छोरीको गुजारा चलोस् भनेर नरकलाका माइतीले ४०र४५ भेडाहरु दिएका थिए।
पाटनमा घाँस भेडाको मुख लाग्नेगरि पलाइसकेकोले भेडाको बथान पाटन लिने तरखर गरियो।हैजाली र लालुले ओढ्ने,ओछ्याउने कपडा,सामलतुमल लगायत यावत् आवश्यक सामान कुम्लो गरि बथान सहित उकालो लागे।प्राथमिक तहको पढाइ सकेकी हैजाली त्यो भन्दा बढी पढ्न चाहान्थिन जसको लागि गाउँमा स्कुल पनि त थिएन क्यारे।लालु भने अङ्ग्रेजी पढ्ने ढिपीले सरकारी स्कुल जानै मानेन।गाउँतिर आइरहने विदेशीहरु देखि लालु एकदम प्रभावित थियो।अङ्ग्रेजी जान्दा विदेशी जस्तो अग्लो,गोरो भइन्छ,मीठो मीठो खान पाइन्छ र संसार डुल्न पाउन्छ भन्ने मानसिकता उसमा अस्वभाविक तवरले जागृत भएको थियो।
उनीहरु पाटन पुगे।उच्च पाटन नवीन घाँसका मुनाहरुमा आकर्षक देखिरहेथ्यो।मनतातो हावाको मन्द गतिमा स्पन्दित घाँसको नृत्यकलाले पाटनको सुन्दरतालाई अझ सार्थक तुल्याएको थियो।त्यसको शिरबाट एउटा सानो उपत्यका,गाउँ र हिमा नदि स्पष्ट देखिन्थे।पारी पट्टि लेकका आटि बाट वायुमण्डलमा फिजिदै गरेको धुवाँ देखिरहेथ्यो।
त्यो दिनभर उनिहरु आटि बनाउन व्यस्त रहे।उनीहरूलाई सघाउन जैमल पनि आएको थियो।जैमल एक ३६ बर्षे विवाहित पुरुष जो उनिहरुको बन्दै गरेको आटी मास्तिरको थाम्कोमा बस्थ्यो।उसको उदेश्य पनि समान थियोस सय भेडाको बथानलाई चराउने,उकाली ओराली गर्ने।आटि बनाउन हैजाली र लालुलाई समस्या थिएन तर रुखका डाला फाल्न जोखिम भएकोले जैमल मद्धतमा आएको थियो।जैमलले जमानामा काठमाडौ बाट बाह्र पास गरेको थियो।संकटकाल घोषणा भएकोले त्यो भन्दा माथी पढ्न पाएको थिएन।उसलाई अङ्ग्रेजी हल्का फुल्का आउँथ्यो,विदेशी सित कुरा गर्न सक्थ्यो।जमैलले अङ्ग्रेजी सिकाइदिन्छु भनेकोले लालु पनि दिदिको साथ पाटन आएको थियो।आटि बनाउदै गर्दा जमैलले उसलाई अङ्ग्रेजी सिकायो।जस्तै,माइ नेम इज लालु,आइ ह्याभ मेनी सिप इत्यादि।लालु कण्ठस्थ गर्ने सोचमा फुर्किदै तल्लो थाम्कोमा पुग्थ्यो,घरी बियाउन लागेकी भेडीको पेट सुम्सुमाएर घरी हैजालीको छेउ गएर जोडले उच्चारण गर्थ्यो।
सुर्य आफ्नो दिनचर्या सकेर पश्चिम क्षितिज मुनि बिलाउन हतारो गर्दै थियो।मनतातो हावाको स्याँठले आङ चिसो पारिराखेको थियो।टाढा कतै बाट स्याल कराएको अप्रिय आवाज सुनियो,हैजालीले भाइलाई दुई मुठ्ठी पार्न लगाइ र पालैपालो फुक्न लगाइ।स्याल तत्क्षण शान्त भए।पाटन आफ्नो स्वभाविक नीरवतामा फर्कियो।
भेडाको बथानलाई बिहान सबेरै चराउन लिनु र साँझ झलाझुल्लीमा आटी फर्काउनु उनिहरुको दैनिकी बन्न थाल्यो।बेलाबेला लालु हराउँथ्यो,जैमलको भेडा चराइरहे ठाउँ गएर अङ्ग्रेजी सिक्थ्यो।
एकदिन जेठको महिना भएकोले गर्मी बढ्ता थियो।घामको तापमा बाफिरहेको पाटनको गर्मी सहन नसकी लालुलाई भेडा हेर्न लगाएर हैजाली दुगुर्दै आटी पछाडिको धारोमा आइ।एकान्त आटि छेउ आफ्नो लाज कसैले देख्दैन भन्ठानेर निर्वस्त्र नुहाउन थाली।संयोगले ठीक त्यसै बखत जैमल हातमा बोतल लिएर पानी पिउन धारो नजिक आयो,हैजालीलाई सर्वाङ्ग नग्न नुहाउदै गरेको देखेर उ रोकियो र बिस्तारै दुई पाइला पछाडी सरेर आटिको खामोबाट लुकेर हेर्न थाल्यो।उघारिएको हैजालीको आँखा बाहेक उसले प्रत्येक अङ्ग अक्षरस नियाल्यो।बिस्तारै जैमलमा पुरुषत्व हावी हुन थाल्यो,एउटा अनियंत्रित कम्पन उसमा प्रवेश गर्यो।यो उत्तेजनाको दुर्दमनियतामा ऊ चेतनाशुन्य भयो।बस् ,हैजालीलाई झम्टन मात्र सकेन।
भर्खरै फुलेको फूल जसमा हालसम्म कुनैपनि भ्रमर चुम्बनको छाप परेको छैन।त्यो पवित्र छ जो हदै भए केवल हावाको स्पर्शले केही बिटुलिएको छ,जैमलको नजर सामुन्ने भर्खर कोपिला उघारेर फक्रन पुगेको छ र एकान्त जमिनमा लहलहाउदै छ भने कसैले आँखा भरुन्जेल नहेरोस तरु।यदि नजरको छाप अदृश्य नभए हैजालीको जीउ भरी जैमलका उन्मत्त आँखाका डामहरु यत्रतत्र देखिने थिए।छुवाइ त आँखाको पनि एकदम प्राकृतिक हुने रहेछ।त्यसैले त जैमल तत्काल स्खलित हुन पुग्यो।
दिन फेरिदै गए।दशै नजिकिदै थियो।गाउँ नजिकका मेलाहरु चरनको लागी फुकुवा हुन थोरै दिनमात्र बाकी थिए।उखरमाउलो गर्मीमा ज्यादा उघ्रीएकी सहरिया स्त्री जसरी पाटन पनि आफ्नो हरितिमा रित्याउँदै माटोको खैरोपनामा उघ्रीएको थियो।बर्षातको पानी र हिलोमा संघर्षरत गोब्रे किराहरु हिउँदको खाना सङ्कलन गरेका जस्ता फुर्सदिला देखिन्थे,वनै संगीतमय बनाउने गज्याङ किरीहरु लोप हुँदै गइरहेका थिए।पृथ्वी चिसिदै थियो।
सामल सकिएकोले लालु गाउँ झर्यो।जैमलले कोदोको रक्सी ल्याइदिन बिन्ती गर्यो।
लालु नभएकोले हैजालीले बेलुका चाँडै गन्ती गरिवरी बथान फर्काइ।भर्खर बियाएकी भेडीलाई सबैभन्दा पछिल्तिर हिंडाइ र पाठोलाई निकै जतनसाथ काखमा राखेर ल्याइ।
डालोमा हल्का बचेको गहुँको पिठो र सिमीको गेडा बनाएर टन्न पेट खाएर ओछ्यानमा पल्टिरहेकी थिइ।अचानक पाठोको क्रन्दन सुनियो।हतार हतार हैजाली आटि बाहिर आइ,खोरको ढोका केही उघारिएको थियो।भेडी निकै अत्तालिएकी थिइ,पाठो थिएन।जैमल हस्याङ फस्याङ गर्दै त्यहाँ आयो र भन्योूतेरो पाठो स्यालले लैगो,जाउ हिड त स्यालले कही छत्ताया छ किू।हैजालीले खुट्टामा जुत्तापनी लगाउन पाएकी थिइन,उनिहरु रफ्तारमा स्यालको पिछा गर्न तर्फ लागे।उनिहरु यति टाढा पुगे कि जहाँ कुनै मानव पाइला परेको थिएन।आकाश भरी बादल मडारिएकोले अलि अलि उज्यालो दिरहेको जुन पनि बादलको घुम्टो भित्र लुप्त भयो।उनीहरुले न पाठो भेटे न त आटी फर्कनलाई बाटो नै।हातले छाम्दै उनीहरु यौटा ओडारमा आइपुगे।निस्पट्ट अन्धकार रातमा को कहाँ छ भनेर एकिन गर्न एकले अर्कालाई हातले छुनुपर्ने बाध्यता भयो।एक किसिमले जैमललाई अवसर पनि।कतिकती बेला जैमलका हात हैजालीको छाती र नितम्बमा पुग्थे।जसलाई हैजाली नकार्न चाहान्नथी न त जैमल नै।हैजालीलाई अपुर्व आनन्द र अनुभव भयो।बिस्तारै उनीहरुको अलग अलग भुगोल साझा भयो,निर्जन ओडार उनीहरुको मन्द शीत्कारमा गुञ्जायमान हुन थाल्यो।एक विवाहित पुरुषको उत्तेजित शरिरको भार सामु हैजालीको विरोध सामर्थ्य निर्धो सावित भयो।जीवन यापनको यत्रो यात्रामा यति आनन्ददायक मनोरञ्जन र एकान्त जङ्गलमा सुरक्षा पाउँदा हैजालीले केही विरोध गरिन।जिन्दगीका तमाम चोटहरुको विरोध नगरेकी हैजाली किन यो सुखलाई विरोध गर्थी ररु।
बिहान ब्युझिदा हैजालीले आफुलाई ओडारमा एक्लो पाई,उहीँ स्वरुप र भावभङ्गीमामा जस्तो उ आटिमा हुँदा थिइ।पैताला मुनि घाउ भएर सुकेको रगतको टाटो थियो।यताउता,तलमाथि हेरिसकेपछी निर्जन ओडार देखेर ऊ झस्किइ र बाहिर आइ।उसले गाउँमा यो ओडारमा भुत बस्छ भन्ने सुनेकी थिइ।धेरै पहिले गर्मी छल्न भनेर यौटा गोठालो र ३र४ ओटा भेडा ओडारको सियाँलमा गए रे त्यसपछि गायब भए,त्यसपछि कहिल्यै फिर्ता आएनन् रे।हैजाली हतार हतार आटि पुगी।खोरको पल्लो छेउमा हिजोको पाठो सकुशल भेडीको दूध चुसिरहेको थियो।यो देखेर हैजाली आश्चर्यचकित भइ।होस् र बेहोसको अन्तरद्वन्दमा भास्सीइ।यो कस्तो अचम्मरु,के हिजोको घटना फगत यौटा भ्रम थियो तरु,या ओढारको भूतले रचेक कथा होरु।उसले ठम्याउन सकिन।जैमलको आटि तिर हेरी, ऊ सुल्पामा तमाखु तानिरहेको थियो।उसको अनुहारमा घटनाको कुनै चिन्ह थिएन।मानौँ घटित हिजो साँझको घटनाको अनुभवी ऊ हैन।हे इश्वर यो कस्तो दिमागी हालत होरु,कुन भ्रमात्मक भुमरीमा स्वयम् भोगेको कुरा सपना र विपनाको दोसाँधमामा आइ अडिएको छरु।सपना भनौं उसले आफुलाई घटना अनुरुप ओडारमा भेटाएकी छे,यथार्थ भनौं पाठो सकुशल आटिमै छ,आफुलाई ओडारमा एक्लो पाएकी छे,जैमल पनि अनविज्ञ देखिन्छ।संज्ञाहिन भएर हैजाली भेडा चराइरही।भोजन गरेर पनि निख्लाम डुलेकी जस्ती,पिएर पनि प्यासी जस्ती,घाममा पनि कठ्याङ्ग्रीएकी जस्ती ऊ देखिन्थी।
गाउँमा पैट हेरेर लालु ढिलै पाटन फर्क्यो।१० दाना कुखुराको अण्डा बेचेर किनेको अङ्ग्रेजी बर्णमाला,चामल,स्याउ,खुर्सानी र बोतलमा जैमलको नासो लिएर।
सयौं भेडाको पदचापमा उठबस गर्ने घाँस,कतै भेडाको मुख लाग्न नपाइ अग्लिएका घाँस बिस्तारै पृथ्वीको न्यून तापक्रममा उत्सर्जित भइ ओइलाउन लागेका थिए।दिदिभाइ बथान सहित ओरालो झरे।
धामीझाँक्रीले ओडारको भूत लागेकोले हैजालीको पेट फुलेको ठोकुवा गरे।तर जैविक बिज्ञानको सत्यतालाई धामीझाँक्रीको झारफुकले मेट्न सकेन।अन्ततः हैजालीको गर्भमा कुनै अपरिचित पुरुषले बिजारोपण गरेको निश्चित भयो।
ूपेट कहीको हो,पत्ता लगीजाला हैजालीको बच्चा नफाल्नुू मुखियाले फैसला सुनाए।
केही महिना पछि हैजालीले छोरो जन्माइ।त्यसको अनुहार दुरुस्त जैमलको जस्तो थियो।पाटनका यावत् घटना भ्रमको पर्दा चिरेर बाहिर आए,सपना र विपनाको दोसाँधबाट हैजाली मुक्त भइ।जैमलले पनि हैजालीलाई कान्छी पत्नी स्वरुप स्वीकर गर्यो।रुपबहादुर घर फर्के।लालु विदेशी सित हल्काफुल्का कुरा गर्न सक्ने भयो।हैजालीको बिहेमा सबै भेडा दाइजोमा दिइए।
