उमेश बुढा
सिँजादर्पण । जुम्ला तातोपानी गाउँ पालिका वडा नम्बर ७ सर्मिका एक दृष्टिविहीन दम्पती भोकै बस्नु पर्ने बाध्यतामा छन् ।लामो समयको निषेधाज्ञाले उनिहरुको दैनिकिमा असर परेकोछ ।कोरोना कहरले घरमै बसिरहेका उनिहरुले लामो समय देखि सामाजिक सुरक्षा भत्ता समेत पाउन सकेका छैनन् ।द्रोसो उनिहरुमा एकातिर कोरोनाको त्रास छ अर्कोतिर विहान र बेलुका छाक टार्न मुस्किल परेकोछ । रोगको डर भोकसँग एक साथ लड्नु परेकोछ । आफ्न्तहरुको घरमा बस्न जाअौ भने कोरोनाको डरछ ।गोरिकला कुँवरले भनिन् दुवै जनाले काम गरेर खाने स्थिति नभयपछि भोकै बस्नुको विकल्प नभएको उनले गुनासो गरिन । गत वर्षको मङ्सिर महिनाबाट भत्ता नपायको उनका श्रिमान मान वहादुर कुँवरले बताए । विगतका दिनहरूमा आफन्त र गाउलेसँग सर सापट गरेर जीवन चलिरहेको थियो । भत्ताको भरमा हामी बाँचिरहेका थियौं ।उनले बताए ।तातोपानी गाउँ पालिका वडा नम्बर ७ सर्मि गाउबाट झण्डै २ किलोमिटर टाढा बसिरहेका उनिहरुलाई गाउलेहरुले जेनतेन सहयोग गरिरहेका छन् । अहिले गाउँमा कोरोना फैलिएपछि सहयोगको बाटो समेत बन्द भएको स्थानीय हरि कुँवरले बताए गयको शुक्रबार गाउँमा दुई जनामा कोरोना पुष्टि भएपछि सवै आतङकित भएका उनले बताए गत वर्ष समेत दृष्टिविहीन दम्पती भोकै बस्ने स्थिति आयपछि जुम्लाको पातारासि गाउँ पालिका वडा नम्बर ६ उर्थुका समाजसेवी अमर विस्टले चार प्याक चामल,नुन,तेल लगायतका खाध्यन सहयोग गरेका थिय ।उनिहरु अहिले गाउँलेको घरमा बस्दै आयका छन ।तातोपानी ७ का लक्ष्मि कुँवरका अनुसार दृष्टिविहीन दम्पतीका बस्ने घर समेत छैन उनिहरुमा अहिले स्थानीय कले कुँवरको घरमा बसिरहेका छन ।
