सिँजादर्पण सम्वाददाता जुम्ला ।
जुम्लाको कानकासुन्दरी गाउँपालिकामा पालिकाको भवन वनाउने जग्गाको विषयमा विवाद उतपन्न भएपछि कनकासुनदरी गाउँपालिकाको भवनमा स्थानिय वडान ५का वसिन्दाहरु ले एकाएक पालिको कार्यालयमा ढुङ्गामुडा,प्रहार गरि तोडफोड गर्न खोजेपछि स्थिति तनाव ग्रस्त भएको छ भने झडपमा परि कसु गापाको वडान २ की दलित महिला सदस्य तिलु विक घाइते भयपछि उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगियको कनकसुन्दरी गाँउपलिकाका प्रवक्ता रविलाल आचार्यले वताएका छन ।

कनकासुनदरी गाउँपालिकाको ७ औ गाउँसभा चलिरहेकै वेला ५न वडाका स्थानियले एकाएक लुडकुमा पालिका भवन वन्नु पर्छ नत्र वैठक हुन दिन्नौ भनेपछि स्थितिले नयाँमोड लियको पालिकाका अध्यक्ष नरविर रावतले सिँजादर्पणलाइ जनाकारिदिएका छन । गाउँपालिमा तोडफोड गर्दा स्थिति जटिल वनेपछि सदरमुकाम खलंङ्गा वाट थप सुरक्षावल परिचालन गरिएको गोठिजिउलाका प्रहरी चौकि इन्चार्ज धिरज महराले वताए । वैठक हिजो हवरोध भपनि आज सुभचारु गर्ने अध्यक्ष रावतले जानकारी दिएका छन ।
