उमेश बुढा
सिँजादर्पण जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँ पालिका वडा नम्बर २ मालिका बोता गाउँका एउटै आमाबाबाट जन्मेका लाल र चन्दविरे रावतले विवाह नगरि जीवन विताइरहेका छन ।अहिले चन्दविरे रावत ६८ वर्षका भइसकेका छन । भने उनका भाइ लाल रावत ४८ वर्षका भएका छन। दुवै दाजुभाइ अहिले मालिका बोता गाउँ देखि १ किलोमिटर टाढा उच्चा साँघु भने ठाउँमा एक कोठाको एक तले घरमा धेरै लामो समय देखि बस्दै आयका छन् ।
उनिहरुले पशुको नाममा एउटा कुकुर मात्र पालेका छन । घर वरिपरि स्याउ र ओखरको बगैंचा छ, चन्दविरे रावतलाई आमाबाबाले १६ वर्षको उमेरमा मागि विवाह गरिदियका थिए । विवाह गरेको एक वर्ष नहुदै क्षिमति अर्काको पहिल गयकि थिइ पहिल जादा वितिकै म भारतमा गयर लेवरि काम गरे चन्दविरे रावतले बताए ।
उनका अनुसार भारतको नैनिताल र सुकातालमा ३५ वर्ष सम्म समय विताय र घर आउदा भारु रु २७०० सय रुपैयाँ ल्यायर आएको थिय रावतले बताए ।
पहिले विवाह गरेर क्षिमति पहिल गई त्यस पछि कालो पहाडे भइयो फेरि विवाह गर्ने सोझै आएन अब अहिले ७० वर्ष पुग्न लागि सके विवाह गर्ने मनै छैन चन्दविरे रावतले भन्नू भयो ।
शारीरिक अवस्था मेरो कमजोर छ, मुख बोल्न सक्दैन ,हिड्ने बेला खुट्टा लड्वडिन्छन, काम गर्न सक्दैन , उनका भाइ लाल रावतले बताए ।
रावतका अनुसार कनकासुन्दरि ३ गौरिगाउँका जक्ति बुढा ९मुखिया को घरमा चरायर पेट पालेको हु उनले बताए ।
अहिले दाईको वृद्ध भत्ता आउँछ,मेरो अपांग भत्ता आउँछ त्यहि खायर आफ्नै एक कोठाको एक तले घरमा बसिरहेकाछौँ ।भन्नू हुन्छ लाल रावत ।
चन्दविरे र लालकि आमाको मृत्युु भइसके पछि घरमा तीन बाबुछोरा मात्र रहे ।त्यसको केही समय पछि गाउँमा भोकमारि आयो जङ्गलमा गयर पिडारा कोरेर खान्थ्य त्यहिसँग बिषालु जडिबुटी खायर मर्नै आँठेका थिए । हामी गाउँलेले थाहाँ पायपछि काचो मह ,,दूध लियर खुवाय पछि निका बनाऔ ,भन्नू हुन्छ मालिका बोता गाउँका समाज सेवि खाम्मा रावत ।
