Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

पूँजीवादी प्रजातन्त्र र समाजवादी प्रजातन्त्र


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, असार ३१, २०७८

पूँजीवादी प्रजातन्त्र र समाजवादी प्रजातन्त्र

हिरण्यलाल श्रेष्ठ

अमेरिकी प्रजातन्त्र कस्तो प्रजातन्त्र हो ?

अमेरिकी प्रजातन्त्र पूँजीवादी प्रजातन्त्र हो । स्वतन्त्र तथा प्रतिष्पर्धात्मक शासन अमेरिकी प्रजातन्त्रको स्वरुप हो । निजि स्वामित्व र वजारमुखी अर्थतन्त्र भएको प्रजातन्त्र नै अमेरिकी प्रजातन्त्र हो । जहाँ समाजको स्वामित्व भन्दा पनि पूजीपतिहरुको स्वामित्व बढी हुन्छ । अमेरिकी प्रजातन्त्रमा पूजी नै सर्वोपरी हुन्छ भन्दा पनि फरक पर्दैन । अर्थतन्त्रको विकास अमेरिकी प्रजातन्त्रको मूलभूत लक्ष्य हो । अमेरिकामा फ्रि कम्पीटिसनमा जानुपर्छ । सक्नेले बढी कमाउछ सानदार ढंगले बस्छ भने नसक्ने हराउछ, मेटिन्छ । मूल्य मान्यता, सोच र प्रार्थमिकतामै धेरै फरक छ अमेरिकी र चिनियाँ प्रजातन्त्रकाबीचमा । यही सोचका कारण अमेरिकाले चीनको व्यवस्था प्रति दशकौंदेखि पूर्वाग्रह राखेको छ र मानव अधिकारलाई चीनमाथि हस्तक्षेप गर्ने माध्यम बनाएको छ । यो नै दुई देशकोबीचको मूल फरक हो ।

चिनियाँ प्रजातन्त्र कस्तो हो नी रु

चिनियाँ प्रजातन्त्र समाजवादी प्रजातन्त्र हो । चीनको शासन प्रणालीमा पार्टीको पकड बलियो हुन्छ । सामूहिक चासोलाई चिनियाँ प्रजातन्त्रले विशेष जोड दिन्छ । चिनियाँ प्रजातन्त्रमा समाजको स्वामित्व रहन्छ । हुन त उदारवादी नेता तंग स्याओ फिंग र वर्तमान राष्ट्राध्यक्ष सि चिनफिंगले वजारमुखी अर्थतन्त्रलाई जोड दिनुभएको छ र बाहिरको लगानी पनि भित्रियाईएको छ । जसले गर्दा विदेशी प्रविधि भित्रियाउन चीन सफल भएको छ । त्यसैले यो समाजवादी प्रजातन्त्रको सिद्धान्त चिनियाँ विशेषता सहितको समाजवाद हो । चिनियाँ विशेषतायुक्त प्रजातन्त्र हो ।

अहिले पूजीवादी प्रजातन्त्र र समाजवादी प्रजातन्त्रकोबीचमा निक्कै ठूलो र चर्को प्रतिस्पर्धा चलिरहेको छ । अहिले कोभिड नियन्त्रण गर्न चीन जसरी सफल भएको छ खासगरी भ्याक्सीन उत्पादन र वितरण त्यसैगरी अन्तरिक्ष विज्ञानमा पनि चीनले ठूलो फड्को मारेको छ, चीनले यस क्षेत्रमा निक्कै प्रगति गरिसकेको छ, प्रविधिमा चीनको विकास उपल्लो तहको छ । यसैले समृद्धिका लागि समाजवादी प्रजातन्त्रको प्रयोग चीनको विशेषता हो र यो विशिष्ठ प्रयोग पनि हो ।

केही दिन पहिले आयोजना गरिएको जि सेभेन र नेटोको बैठकमा अमेरिकी राष्ट्रपति बाइडेनले चीनका विरुद्धको एकतालाई थप मजबुत बनाउनु पर्ने बताउनु भएको थियो। चीनले प्राप्त गरिरहेको उपलिब्ध र आर्थिक विकासलाई अब अमेरिका एक्लैले थेग्न सक्दैन भनेर नै यस्ता गठबन्धनहरु भैरहेका हुन् भन्न सकिन्छ।

त्यसैगरी बिआरआईको बढ्दो लोकप्रियताबाट झस्किएको अमेरिकाले बिआरआईको विरुद्धमा बि थ्रि लाई ल्याउन खोजेको छ । त्यसैले शासन प्रणाली मै फरक छ अमेरिका र चीनकाबीचमा । चीनले राजनीतिक हकमा मात्र होइन सामाजिक, साँस्कृतिक र आर्थिक हकको रक्षा गर्छ । त्यसैगरी धनी र गरिवबीचको खाडल पुर्र्न प्रयास गर्छ । सम्पूर्ण जनताको समृद्धिको रक्षा चीनले गर्छ । तर अमेरिकामा त्यस्तो छैन । अमेरिकामा फ्रि कम्पीटिसनमा जानुपर्छ । सक्नेले बढी कमाउछ, सानदार ढंगले बस्छ भने नसक्ने हराउछ, मेटिन्छ । त्यसैले मूल्य मान्यता, सोच र प्रार्थमिकतामै धेरै फरक छ अमेरिकी र चिनियाँ प्रजातन्त्रकाबीचमा ।

चीनले विदेशी प्रविधि भित्रियाउन खुलापनको नीति लागू गरेको हो । त्यसलाई पूजीवाद भन्न मिल्दैन । मैले धेरै पटक चीनको भ्रमण गरेको छु, त्यहाँका मानिसहरुको विचार बुझेको छु । त्यहाँ समाजवादी प्रजातन्त्र छ । चीनले समृद्धिका लागि खुलाबजार अर्थतन्त्र लागु गरेको हो । त्यसैले कसैले चीनमा कम्युनिष्ट शासन प्रणाली छैन भन्छ भने त्यो पनि गलत हो । विकासको नयाँ फड्को मार्न र जनताको जीवनस्तर उकास्नको लागि चीनले प्रयोग गरेको उत्कृष्ट उदाहरण हो यो।

अहिले चीनले अमेरिकालाई आर्थिक विकासको गतिमा उछिन्ने गरि आफ्नो विकासको गतिलाई बढाएको छ । त्यसलाई ब्रेक लगाउने गरी मानवअधिकारको निउ झिक्यो भने चीनको सत्ताविरुद्ध जनतालाई उकास्न सकिन्छ भनेर चीनका केही ठाउँहरु अमेरिकाले उचाल्न खोजेको हो । तर यहाँ बुझ्नु पर्ने कुरो के हो भने हङ्गकङ्गले चीनप्रति बफादार हुनुपर्छ अरुकुरा सामान्य नै हो । तर त्यहाँ बारम्वार गरिने आन्दोलनले हङ्गकङ्गको विकासमा पनि असर परेको छ । अब बल्ल यस विषयमा त्यहाँ समिक्षा हुँदैछ । अहिले पनि ताइवानलाई अमेरिकाले आफ्नो पकडमा राखेको छ तर त्यो चीनको अभिन्न भूभाग हो । चीनको स्वायत्त प्रदेश सिन्च्याङको कुरो के हो भने त्यहाँका युगुर समुदायलाई विभिन्न वहानामा अमेरिकाले उचाल्ने काम गरिरहेको छ । त्यसैले अमेरिका लगायतका देशहरुबाट गरिन्दै आएका यस्ता गतिविधिहरु चीनको विकासको गतिलाई कुन कुन ठाउँमा धक्का लगाउन सकिन्छ भन्ने हिसावले गरिएको हो ।

प्रजातन्त्र र मानवअधिकारको कुरो गर्ने हो भने अमेरिकामा काला जाती र एशियाका अन्य जातिमाथि भेदभाव गरिएको छ । कालाजातीमाथि हिंसा पनि भएको छ । अफ्रिकी अमेरिकी मूलका जोर्ज फ्लोइडलाई सन् २०२० को मे महिनामा मिनिआपुलिस सहरमा प्रहरीले नियन्त्रणमा लिएर घाँटी थिचेर हत्या गरेको छ । यो कुरो रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि अमेरिकी राष्ट्रपति बाइडेन सामु उठाउनु भएको थियो । आफ्नो आङको भैसी नदेख्ने अरुको आङको जुम्रा देख्ने भने जस्तै हो अमेरिकाको मानवअधिकार र प्रजातन्त्रको कुरा । आफ्नो देशमा मानवअधिकारको रक्षा भैरहेको छ छैन रु त्यहाँ सबैजातिको समान रुपमा विकास भाको छ छैन रु मुखले समान प्रजातन्त्र भनेपनि व्यवहारमा त्यो पुरा भएको छ कि छैन रु अमेरिकामा ह्वाइटोकेसी ९सेतामा आधारित शासन० देखिएको हो कि होइन ० त्यसैले अर्काको खोट देखाएर अरुको विकासलाई अवरोध गर्ने काम अमेरिकाले छोड्यो भने मात्र खुल्ला प्रतिस्पर्धामा जान सकिन्छ भन्ने कुरो अब उसले बुझ्न ढिलो गर्नु हुँदैन ।

चीन अहिले प्रविधिको आधुनिकिकरण, वजारको आधुनिकीकरण, उत्पादनको आधुनिकीकरण र अन्तरिक्ष अध्ययनको आधुनिकिकरणमा लागिपरेको छ । चीनको शासन प्रणालीको कुरो गर्ने हो भने चीन कम्युनिष्ट पार्टीको नेतृत्वमा अघि बढिरहेको छ । त्यहाँ एउटा चिनियाँ कम्युनिष्ट पार्टी देखिए पनि त्यसलाई सहयोग गर्ने र परामर्श दिने अनेको पार्टीहरु पनि छन् । चीनमा पार्टीहरुबीच प्रतिस्पर्धा नभएर सहयोगात्मक भावना छ ।

चिनियाँ राष्ट्रिय जनकंग्रेस चीनको संसद हो भने चीनको शासन सत्तालाई विभिन्न सल्लाह र सुझाव दिने चिनियाँ जनराजनैतिक परामर्श दात्री सम्मेलनको व्यवस्था छ । त्यसैले त्यहाँका झण्डै ६ वटा दलहरुबीच प्रतिस्पर्धा नभएर सहयोगात्मक साझेदारी छ । चिनियाँ जनराजनैतिक परामर्श दात्री सम्मेलनमा चीनभरीकै विभिन्न वर्ग, क्षेत्र, समुदायका विशिष्ट व्यत्तित्वहरुको सहभागिता रहेको हुन्छ । चीनमा कम्युनिष्ट शासन व्यवस्था भए पनि त्यहाँ गैरकम्युनिष्टहरुको विचारलाई पनि सम्मानका साथ लिने गरिन्छ ।

जनवादी गणतन्त्र चीनको राजनैतिक प्रणालीमा चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनको अहं अनि ऐतिहासिक महत्व छ । चीनले निर्धारण गर्ने कतिपय राजनैतिक प्रश्नहरुमा यस निकायले निर्वाह गरेको भूमिका इतिहासका पानामा स्वर्ण अक्षरले लेखिनेछन् । चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलन चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेका अन्य धेरै पार्टीबीच आपसी सहयोग र राजनीतिक परामर्श उपलब्ध गराउने महत्वपूर्ण संस्था हो । यो नै चीनको राजनीतिक जीवनमा समाजवादी प्रजातन्त्रको विकास गर्ने एउटा महत्वपूर्ण प्रणाली पनि हो । चीनको राजधानी, राष्ट्रिय झण्डा, राष्ट्रिय धून र इस्वी संवतको प्रयोग सम्बन्धी निर्णय समेत गरिसकेको चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनको महत्व कति छ रु त्यो प्रमाणित भैसकेको छ ।

सन् १९५४ मा चीनको सर्वोच्च राष्ट्रिय आधिकारीक अंग अर्थात राष्ट्रिय जनकांग्रेसको स्थापना भएपछि राजनीतिक परामर्शदात्री सम्मेलनमा नीहित सर्वोच्च राष्ट्रिय आधिकारीक अंगको कार्यकारी अधिकार पनि राष्ट्रिय जनकांग्रेसमा निहित हुन पुग्यो । सर्वोच्च कार्यकारी अधिकार विना पनि यो परामर्शदात्री सम्मेलन देशभक्त एकीकृत मोर्चाको रुपमा भने रहिरहेको छ । चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनमा राष्ट्रिय सम्मेलनका साथै अन्य विभिन्न स्थानीय समितिहरु समेत रहेका छन् । चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलन नयाँ चीन स्थापना हुनु अघि चिनियाँ कम्युनिष्ट पार्टी र अन्य विभिन्न प्रजातान्त्रिक पार्टीहरु, स्वतन्त्र व्यक्तित्वहरु र विभिन्न जन संगठनहरुले संयुक्त रुपमा स्थापना गरेका हुन् । स्थापना पछि सन् १९४९ को सेप्टेम्बरमा चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनको पहिलो पूर्ण बैठक पैचिंगमा आयोजना गरिएको थियो । सोही बैठकले जनगणतन्त्र चीन स्थापनाको घोषणा गरेको थियो साथै माओ च तोंग अध्यक्ष रहनु भएको केन्द्रीय जनसरकार र राजनीतिक परामर्शदात्री सम्मेलनको पहिलो राष्ट्रिय समिति पनि निर्वाचित गरेको थियो । राजनीतिक परामर्शदात्री सम्मेलनको मुख्य कार्य नै राजनीतिक परामर्श, जनतान्त्रिक अनुगमन र सरकारी कार्य एवम् राजनीतिमा सहभागी भई छलफल गर्नु रहेको छ । ति मध्ये प्रस्ताव प्रस्तुत गर्नु नै राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्यहरुले सरकारी कार्य एवम् राजनीतिमा सहभागी भई छलफल गर्ने सबै भन्दा प्रत्यक्ष, ठोस र प्रभावकारी तरिका हो । यहाँ विशेष रुपले स्पष्ट पार्नुपर्ने कुरा के हो भने चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलन र विदेशका सिनेट वा माथिल्लो सभा बीच निक्कै फरक छ ।

चीनको जनराजनैतिक परामर्शदात्री सम्मेलन चिनियाँ कम्युनिष्ट पार्टी र विभिन्न प्रजातान्त्रिक पार्टी अनि निर्दलीय व्यक्तिहरुबीच आपसी सहयोगको आदान प्रदान, राजनीतिक परामर्श र पारस्परिक अनुगमन गर्ने राजनीतिक संस्था हो । चीनमा लागू रहेको समाजवादी प्रजातन्त्र र पश्चिमी जगतको संसदीय प्रजातन्त्र बीचको मुख्य भिन्नता यो नै हो ।

“जनगणतन्त्र चीनको संविधानमा” जनगणतन्त्र चीनको सर्वाधिकार जनतामा निहित भएको कुरा उल्लेख गरिएको छ । जनताले राज्य–सत्ताको सञ्चालन गर्ने अंग चाहि राष्ट्रिय जन(कांग्रेस तथा विभिन्न तहका स्थानिय जन(कांग्रेसहरु हुन् । जन(कांग्रेसको व्यवस्था जनगणतन्त्र चीनको मूलभूत राजनैतिक व्यवस्था हो । राष्ट्रिय जन(कांग्रेस तथा विभिन्न तहका स्थानीय जन(कांग्रेसको मनोनयन प्रजातान्त्रिक निर्वाचनका माध्यमबाट गरिन्छ । देशको प्रशासन कार्यालय, फैसला कार्यालय र न्यायाधिवक्ता कार्यालयको गठन जन(कांग्रेसबाट गरिन्छ । जनगणतन्त्र चीन एकीकृत बहुजातीय देश हो । विभिन्न थरीका अल्पसंख्यक जातीहरुले बसोबास गरिरहेका ठाउँहरुमा क्षेत्रीय स्वशासन लागू हुने गर्दछ र ती स्वाशासित ठाउँ सबै नै जनगणतन्त्र चीनका अविभाज्य अंग हुन् । जनगणतन्त्र चीनको राष्ट्रिय जन(कांग्रेस राज्य(सत्ताको सर्वोच्च निकाय हो । चीनमा संसदको एक सदनात्मक व्यवस्था छ । यसको गठन विभिन्न प्रान्त, स्वायत्त प्रदेश तथा केन्द्र शासित शहरहरु र जनमुक्ति सेनाद्वारा मनोनित प्रतिनिधिहरुबाट गरिन्छ । त्यसैले चीनमा बहुदलिय साझेदारी शासन व्यवस्था छ । पश्चिमी देशमा जस्तो बहुदलिय प्रतिस्पर्धी शासन व्यवस्था नभएर ।अहिले चीनले कानूनको शासनलाई पनि उत्तिकै जोड दिएर अघि बढिरहेको छ । त्यसैले चीनमा दिनप्रतिदिन मानवअधिकार फराकिलो हुँदै गएको छ । मानव अधिकार जनताको जीवनस्तर उकास्नको लागि हुनुपर्छ, जनताको सुख र समृद्धिको लागि हुनुपर्छ । जथाभावी गाली गर्नलाई मानवअधिकार हुनुहुन्न । यो चिनियाँ शासन प्रणालीको सर्वोत्तम मान्यता पनि हो भन्न सकिन्छ ।

हिरण्यलाल श्रेष्ठ वरिष्ठ लेखक तथा कुटनीतिज्ञ हुनुहुन्छ । ननस्टफ खवरवाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn