सिँजादर्पण सम्वाददाता काठमाण्डौ । उपत्यकाका केही ठाउँमा पैसा तिरेर कोभिड खोप पाइने गरेको र त्यस्ता खोप लगाउन हुने वा नहुने भन्दै आफूलाई फोन आउने गरेको एक चिकित्सकले बताएका छन्।फलानोले त खोप लगाइसक्यो, हामीले लगाउँदा हुन्छ कि हुँदैन भनेर एक(दुई महिनायता नियमितजसो मानिसहरूले फोन गरेर सोध्ने गरेका छन्, नाम उल्लेख नगर्ने सर्तमा ती चिकित्सकले शुक्रवार बीबीसी नेपालीसँग भने।
राज्यले निःशुल्क लगाइरहेको खोप पैसा तिरेर किन लगाउनुहुन्छरु भनेर हामीले त्यसरी सोध्नेहरूलाई निरुत्साहित गर्ने गरेका छौँ,उनले थपे।काठमाण्डूकै अर्का एक व्यक्तिले कसैले आफ्नो घरमै आएर कोभिशील्ड लगाइदिने प्रस्ताव गरेको बताए।कोभिशील्डको पहिलो मात्रा लिएका तर सरकारले दोस्रो मात्रा समयमै उपलब्ध गराउन नसक्दा लामो समय पालो कुर्न बाध्य पाको उमेरका मानिसहरूलाई त्यस्तो प्रस्ताव आउने गरेको र स्वास्थ्यसम्बन्धी समस्या भएका तथा क्रयशक्ति राम्रै भएका मानिसहरूले त्यसरी खोप लिने गरेको बुझिएको छ।
भारत कोभिड खोप जुटाउन किन अझै सङ्घर्षरत छ ः
भारतीय कम्पनीले कोभिड खोप नदिँदा नेपालको कार्यक्रममा कस्तो प्रभाव बीबीसीको सम्पर्कमा आएका केही मानिसले आफ्ना आफन्तलाई त्यसरी खोप लगाइएको स्वीकार गरेका छन्।भारतबाट खोप ल्याएर त्यसरी बेच्ने गरिएको रहेछ। पैसा तिरे घरमै आएर लगाइदिन्छौँ भनेर एक जनाले भनेका छन्,ू अर्का एक व्यक्तिले पनि आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने।तर सरकारले निजी क्षेत्रलाई त्यसरी खोप ल्याउने अनुमति दिएको छैन।विविसि नेपाली ।
