सिँजादर्पाण काठमाण्डौ । टोक्यो ओलिम्पिक्सको पदक तालिकामा यतिबेला सबैभन्दा माथि चीन छ। प्रतियोगिता सम्पन्न हुँदा आफू नै शीर्ष स्थानमा हुन पाइयोस् भन्ने उसको इच्छा छ।सन् २००८ मा बेइजिङमा आयोजित ओलिम्पिक्समा मात्रै चीन शीर्ष स्थानमा रहन सफल भएको थियो। तर तपाईँले यदि अमेरिकाको ओलिम्पिक्सबारे प्रकाशित सामग्री हेर्नुभएको छ भने अवस्था फरक हुनसक्छ।
अमेरिकाका कैयौँ सञ्चारमाध्यमका साथै न्याश्नल ओलिम्पिक्स कमिटीले विवादास्पद रूपमा वैकल्पिक पदक तालिका अनुसरण गरेका छन् जसमा अमेरिका तालिकाको अग्रस्थानमा देखिन्छ।अन्तर्राष्ट्रिय ओलिम्पिक्स कमिटीको गोल्ड स्टयान्डर्डू अनुसार अगस्ट ४ सम्ममा चीन अमेरिकाभन्दा अगाडि छ।
अमेरिकाले २५ स्वर्ण पदक हात पार्दा चीन ३२ स्वर्ण पदकसहित तालिकाको शीर्ष स्थानमा छ। अमेरिकामा द न्यूयोर्क टाइम्स, द वाशिङ्टन पोस्ट, एनबीसी र ओलिम्पिक्स प्रसारण गर्ने टेलिभिजन नेटवर्कले कुल पदक सङ्ख्यालाई प्रयोगमा ल्याएका छन्।यस्तो गर्नाले सामाजिक सञ्जालमा अमेरिकाको आलोचना भएको छ। कतिपय अमेरिकी प्रशंसकहरूले समेत आलोचना गरिरहेका छन् भने अस्ट्रेलियाको ल्भधक।अयm ले त अमेरिकालाई पद तालिकामा धाँधलीू गरेको आरोप लगाएको छ।श्रोत विविसि नेपाली
