उमेश बुढा
सिँजादर्पण जुम्ला । जुम्लाको कनकासुन्दरि गाउँपालिकामा योङ्ग कम्युनिस्ट लिग नेपाल वाइसिएल ५१ सदस्यीय समिति बिहीबार गठन गरिएकोछ । संगठन वनेपछि युवाहरुमा नयाँजोस जागर वढेको कार्यकर्ताको भनाइ छ । नेपाल कम्युनिस्ट पार्टी माओवादि केन्द्र कनका सुन्दरी गाउँ पालिका वाइसियलमा निरविरोध अध्यक्ष शौलेन्द्र खत्री ,इन्चार्ज मानसिङ वड, सहइन्चार्ज धनजित बुढा , उपाध्यक्ष भरत महरा सचिव राम वहादुर रावत , सहसचिव बिर्ख वहादुर घर्ती र सदस्यहरुमा राम वहादुर रावत, धनरुपा बुढा चन्द्र बुढा धर्म सुनार ,बखत मल्ल लगायत ५१ जनाको सदस्यीय समिति गठन भएको छ । वाइसिएल भनेको नेपाल कम्युनिस्ट पार्टी माओवादि केन्द्रको सेना हो वाइसियालबाट राजनीति गरेमा नेता उत्पादन गर्ने संगठन हो । वाइसिएल जुम्ला जिल्ला इन्चार्ज कृष्ण बुढाले बताए ।
जुम्लामा नेपाल कम्युनिस्ट पार्टी माओवादि केन्द्रको वाइसियाल को समिति प्रत्यक वडा वडा र पालिका गठन गर्नुपर्ने छ । चुनाव नजिकै आउदा पार्टीले भातृ संगठन दुस्तचुस्त बनाइ राख्ने वाइसियाल केन्द्रीय सचिव बिस्न वहादुर महत ९ गौरव ० ले बताए ।कनका सुन्दरी गाउँ पालिका वाइसियाल नवनिर्भित संगठनलाई कार्यकालको शुभकामना तथा बधाई महतले दिनु भयो ।
कनका सुन्दरी गाउँ पालिकामा वाइसियालको संगठन बनाइएको छ। माओवादि पार्टीको सम्पूर्ण भातृ संगठन भदौ महिना भित्र गठन गरिसक्नु पर्ने छ प्रदेश कमिटी सदस्य पुर्ण प्रसाद धितालले बताए । वाइसीएल कनका सुन्दरीमा ५१ जनाको समितिलाई हार्दिक बधाई तथा शुभकामना धितालले दिनु भयो ।सफत गरण कार्यक्रममा म योङ्ग कम्युनिस्ट लिग नेपालको जिम्मेवार लिइरहेको यश महत्त्वपूर्ण घडिमा पार्टीको संगठनको झण्डा सामु उभिएर म पार्टीको मार्ग निर्देशक सिदान्त कार्यक्रम र नितिलाई ढृढतासाथ अनुसरण गर्नेछु ।
पार्टीको विधानलाई इमानदारीका साथ पालना गर्नेछु ।पार्टी र संगठनको गोपनियतालाई जोगाउँदै स्वच्छ एवम् नौतिक आचरण युत्त जीवन बिताउनेछु । सबै खाले प्रत्तिकृयावादि शत्ति गलत विचार र गलत व्यवहारका विरुद्ध दृढतापुर्वक जुजिरहनेछु ।नेपाली क्रान्ति जिन्दावाद,योङ्ग कम्युनिस्ट लिग नेपाल जिन्दावाद ,आदणिय अमर शहिदहरु जिन्दावाद मा सफत गरण ५१ जना कनकासुन्दरि गाउँ पालिका वाइसियाल नव गठित समितिलाई केन्द्रीय सचिव बिस्नु वहादुर महतले सफथ खुवाउनु भयो ।
