उमेश बुढा, जुम्ला । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र कनका सुन्दरी गाउँ पालिका स्तरिय जनभेला तथा प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएकोछ ।कनकासुन्दरि गाउँ पालिका माओवाद केन्द्रका नेता कार्यकर्ताले धेरै पटक हामीलाई मुख्य मन्त्री चाहियो ,चाहियो भने पछि यो कार्यक्रम राखेर मन्त्री बोलाइएको कनकासुन्दरि गाउँ पालिका इन्चार्ज पुर्ण प्रसाद धितालले बताए ।
केपि शर्मा वलि ,मादव कुमार नेपाल ,शेर वहादुर देउवालाई प्रधान मन्त्री बनाउने प्रचण्ड ,यिनिहरुलाई फाल्ने पनि प्रचण्ड , हो अब फेरि प्रचण्डको नेतृत्वमा यो देश चलाउन अमवश्यक छ भनेर कर्णाली प्रदेश मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले दावि गरे ।उनक अनुसार देशमा शोषकवादि,प्रतिकृयावादिले देशलाई ठुलो खाल्डोमा फाल्न लागेका थिए अहिले हामीले देश बचाएका छौँ ।
शोषकहरुलाई हिजो माओवाद पार्टीले कार्वाही गर्दै हिडेको थियो र दवाएको थियो तर अहिले फेरि शोषकहरु जन्मिएका छन भने म कार्वाही गर्न तयार छु शाहीले बताए ।जनतालाई अनुदान दिइएको रकम टाठाबाठाले मात्र पाए गरिव जनताले पाएनन् । अब यो रकम कटाइएको छ । यसको सट्टामा कर्णालीमा छोरि कार्यक्रममा रकम हालिनेछ ,मुख्य मन्त्री शाहिले बताए ।
कर्णालीको बिकट जुम्ला , जुम्लाको सिंजामा मुख्य मन्त्री आँउदा खुसि व्यक्त गर्दै जुम्ला जिल्ला सदस्य सरिजन बुढाले शुभकामना ब्यक्त गरेको बताए।जातीय विभेद हटाउनु पर्छ भनेर पहिला जुम्ला जिल्ला सदस्य सरिजन बुढाले पार्टीले नीति ल्याएको थियो छि,छि ,गरेर हिड्ने अरु राजनिति दल अहिले प्रस्ट भएका छन् । हामीले जुम्ला जिल्ला समन्वय समिति प्रमुख दलितलाई बनाएका छौ । पुर्व राज्य मन्त्री गोमा गौतम कुवरले बताइन ।
