उमेश बुढा सिँजादर्पण,जुम्ला । कनकासुन्दरि गाउँ पालिकाको गोरुचौरमा नेपाल कम्युनिस्ट पार्टी माओवादि केन्द्रले विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सोमवार सम्पन गरेको छ ।नेकपा माओवादि केन्द्र कनका सुन्दरी गाउँ पालिकामा प्रत्येक वडाबाट एक एकजना व्यतिले वडाको रिपोट राखेका थिए ।अहिले नेताको झोला बोकेर आफ्नो स्वाथं पूरा गर्ने व्यक्ति माओवादिकेन्द्रका कार्यकता बनेका छन ,वडा नम्बर २ का पुर्ण विक ले बताए ।माओवादि केन्द्रले जनयुद्धको बेला साविकको बिराट गाउँ विकास समिति वडा नम्बर १ बुढुगाउको भवानी मस्टाको थान जलाएर नस्ट पारेको थिए ।
अहिले तिनै थानहरु कर्णाली प्रदेशबाट तामाले छायर बनाइदिएको छ यसमा बुढुवासि खुसि भएका छन ।तर त्यतिखेर मोति बुढा र पुरी बुढाको घर लुटपाट गरेका थिए । सर्वसाधारणको घर लुटपाट भएकोमा केही राहत पाइन्छ कि भनेर वडा नम्बर ३ बाट मिम बुढाले प्रस्ताव राखेका थिय ।
जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्थान ल्याए जस्तैः सिजामा पनि जनतालाई सेवा पाउने एउटा ठुलो कोशेलि ल्याउदैछु । तर अहिले त्यो योजनाको नाम सार्वजनिक गर्दैन कर्णाली प्रदेशका पुर्व कानुन मन्त्री नरेश भण्डारीले बताए ।सिजाका जनताले मलाई सिजामा एउटा पनि विकास गरेन भनेर गुनासो राखे । मैले सिजाको विकास गर्न सक्दैन म क्षेत्र नम्बर( क )जुम्लाको माननीय हुँ मैले क्षेत्र नम्बर( क) जुम्लालाई मात्र हेर्न मिल्छ अरु भेगलाई हेर्न मिल्दैन भण्डारीले बताए । भण्डारीको अनुसार जुम्लाको क्षेत्र नम्बर (ख) सिजाको मानवीय पदम रोकाया हुन उनले सिजाको विकास गर्न पाउछन् बताए ।
समाजवादी पार्टीसँग अहिले तत्कालै एकता भयर नजाने ,चुनाव अगाडि पार्टीको बैठक बसेर आउदो चुनावमा तालमेल गरेर जान सकिने भण्डारीले बताए ।कनका सुन्दरी गाउँ पालिका स्तरिय विस्तारित तथा प्रशिक्षण कार्यक्रममा भण्डारीले अब जनयुद्धको बेला देखि पार्टीको काम गर्दै आयका कमरेडहरुलाई स्थान र जिम्मेवारी दिने दावि गर्नु भयो । जनयुद्धको बेलादेखि काम गर्ने कमरेड र अहिले पार्टीको निर्देशन अनुसार काम गर्नेको कुनै मुल्यांकन अग्रज व्यत्तिले गर्न सकेको छैन मानसिह वि। क। ले बताए । उनका अनुसार पार्टी भित्र गुड र उपगुडले गर्दा पार्टीलाई ठुलो धोका पुरयाएको पनि बताए ।
