सिँजादर्पण,जुम्ला । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत प्रदेश सभा क्षेत्रीय अधिबेशनमा नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति जुम्लाका सचिब हमेन्द्र जंग शाहीले कर्णाली प्रदेश अधिबेशन प्रतिनिधिमा उम्मेदवारी हालेका छन। जुम्ला जिल्लाको निर्वाचन क्षेत्र नं १ (ख) मा असोज १४ गते मतदान सुरु हुदैछ ।
देउवा प्यानल बाट प्रदेश प्रतिनिधिको उम्मेदवार बनेका शाही यश अघि शिक्षक संघको सचिबमा पनि सर्बसहमत सचिबमा निर्वाचित भएका थिए। प्रदेश प्रतिनिधिका उम्मेदवार शाहीका बुवा स्वर्गीय लालु शाहीको योगदान सिँजामा अतुलनिय रहेकाले पनि सबै मतदाताको सहानुभूति रहेको देखिन्छ ।
