Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

बडादसैँ भूमिपुत्रहरूको चाड हो


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, अशोज २९, २०७८

बडादसैँ भूमिपुत्रहरूको चाड हो

प्रा डा जगमान गुरुङ

बडादसैँ शक्ति उपासनाको पर्व हो । प्रकृति उपासनाको पर्व हो । विविध भाषा र संस्कृति भएको हाम्रो कृषिप्रधान देशमा यसको महत्त्व विशेष छ । भौगोलिक रूपमा हिमाली क्षेत्रमा जमरा राखिँदैन, टीका लगाइँदैन । उनीहरूले दसैँ नमनाए पनि शक्तिमा विश्वास गर्छन्, उपासना गर्छन् । पहाडमा दुर्गाको उपासना भए जसरी हिमाली क्षेत्रमा बौद्धमार्गीहरुले ‘पल्देन ल्हामो’ अर्थात् चामुण्डाको उपासना गर्छन् । उनीहरूले पनि लामा बोलाउने, रक्सी खाने, झ्याली बजाउने आदि कर्महरू गर्छन् । धार्मिक रूपमा इसाई र मुस्लिमहरूले मनाउँदैनन् । नत्र, पूरा पहाडखण्ड र मधेसमा धूमधामका साथ दसैँ मनाइन्छ ।

प्राचीनकालमा सबै जातिले आ–आफ्नो परम्पराअनुसार शक्ति उपासना गरेर दसैँ मनाउने प्रचलन थियो । पछिल्लो कालमा हिन्दु विधि हाबी छ । शासकीय सत्ताको प्रभावस्वरुप आदिवासी समुदायमा पनि हिन्दु विधिको प्रभाव परेको हो । विशेष गरी ठकुरी राजाहरूले आफ्नो राज्य बिस्तार गर्दै गएपछि यो विधिले प्रश्रय पायो । कोटमा राजा बस्थे । राजा नबस्ने कोटहरूमा मीर उमरा बस्दथे । गढीहरू थिए । गाउँमा द्वारे, मुखिया, तालुकदार थिए । एकै गाउँमा चार–पाँचवटा टोल हुन्थ्यो । टोलैपिच्छे मुखिया र तालुकदार हुन्थे । कुनै–कुनै टोलमा दुई–तीनजनासम्म तालुकदार हुन्थे । तालुकदारहरूको त्यस्तो इकाईलाई झुत्ता भनिन्थ्यो, त्यो तत्कालीन प्रशासनिक इकाई हो । यतिबेला गद्दीसिन राजालाई राज्याधिकारी र राजाको बडा गुरुज्यूलाई धर्माधिकारी भन्थे । फूलपातीको दिन दरबारमा बडा गुरुज्यूको राजाले पानी समाउने र मूल पुरोहितले सङ्कल्प वाक्य भनेर दसैँको पूजा गर्ने चलन थियो । राजा नभएका कोट, गढी गौँडामा राज्याधिकारीको प्रतिनिधि भएर कोटका मीर–उमरा, गढीका द्वारे, गाउँघरका मुखिया–तालुकदारले पानी समाउने, अनि, धर्माधिकारीको प्रतिनिधि भएर बाहुन पुरोहितले सङ्कल्प वाक्य भनेर कोटको मौलो पूजा गर्ने चलन थियो । गढीका द्वारे, गाउँघरका मुखिया, तालुकदारहरू बाहुन– क्षत्रीमात्रै थिएनन् । गुरुङ, मगर, राई– लिम्बु पनि थिए, उनीहरूले पनि हिन्दु विधिअनुसार नै दसैँ मान्न थालेपछि आमजनताले पनि यसरी नै यो पर्व मनाउन थाले ।

 

यो पनि
बहुजातीय दसैँ स् परम्परा र टीकाको रंग फरक, उमंग उस्तै
अनादीकालदेखिको पर्व

अनादीकालदेखि नै आदिवासी समुदायले दसैँ मनाउँथे । तर, पद्धति फरक थियो । जस्तो, अहिलेको गोर्खामा तल्लोकोट माझकोट र उपल्लोकोट भन्ने तीन राज्य थिए । तल्लो कोट र उपल्लो कोटमा घले राजा थिए । माझकोटमा खड्का राजा थिए । ती खड्का क्षेत्री नभएर मगर हुन् । तत्कालीन समय लिग–लिगका घलेहरू बडादसैँको टीकाको दिन तल चेपे नदीमा भोज खाएर, टीका टालो गरेपछि दगुर्थे । कोटमा जो पहिले पुग्थ्यो, उही राजा हुने चलन थियो ।

कतिपय गुरुङ, मगर, राई–लिम्बुहरूले आजकल सेतो टिका लगाउँछन् । कतिपयले रातो टीकाको विरोध गरेको पनि सुनिन्छ । तर, जब बली पूजा हुन्छ, तब पशुपन्छी जेसुकैको भोग दिए पनि, रगत पहिले मन्दिरमा चुहाइन्छ, त्यसपछि थालमा रहेको अक्षतामाथि चुहाइन्छ । त्यसरी रगतले मुछेको टीका गुरुङ मगर, राई लिम्बुले लगाउने चलन हो ।
घलेहरूले दसैँ मनाउने दृष्टान्त यही परम्परा भयो । गुरुङले फूलपातीको दिनमा पितृपूजा गर्ने चलन अझै छ । आफूले मासु–भात खानुभन्दा पहिले पितृलाई भागे दिनुपर्ने परम्परा छ । उनीहरू फूलपातीको बिहान गाउँदेखि बाहिर वनकुटामा गएर वायुपूजा गर्ने गर्दछन् । वायु अर्थात् आफ्ना अगति परेका पितृलाई ‘दसैँ आयो, खाऊ पिऊ’ भनेर मान दिएपछि , बल्ल आफूले मासु–भात खाने चलन छ । त्यसै गरी कालरात्रिको दिन गुरुङहरूले झाँक्री, घ्याब्री, लामा बोलाएर आफ्नो आफ्नै विधिले पूजा गर्दछन् । अनि, दसैँको टिका लगाएपछि पैँडि अर्थात् ९ज्योतिष÷विद्वान्० भए ठाउँ गएर आना–माना गर्छन् । आना–माना भन्नाले एक आना पैसा, एक माना चामल र रक्सी राखेर वंशावलीको भाषा फुकाउने कार्य हो । पैँडि वंशावली भन्छ । वंशावली त गौरव गाथा हो । त्यो वंशावलीको भाषा फुकाएर वंशावली सुन्ने दिन दसैँको टीकाको दिन हो ।

रातो टीका र सेतो टिकाको विभेद

कतिपय गुरुङ, मगर, राई–लिम्बुहरूले आजकल सेतो टिका लगाउँछन् । कतिपयले रातो टीकाको विरोध गरेको पनि सुनिन्छ । तर, जब बली पूजा हुन्छ, तब पशुपन्छी जेसुकैको भोग दिए पनि, रगत पहिले मन्दिरमा चुहाइन्छ, त्यसपछि थालमा रहेको अक्षतामाथि चुहाइन्छ । त्यसरी रगतले मुछेको टीका गुरुङ मगर, राई लिम्बुले लगाउने चलन हो । अहिले सेतो टिका र रातो टिकाको विभेद आयो । गुरुङ–मगरहरूले यो टीका हाम्रो होइन, बाहुनको हो भन्न थाले । जबकि, बाहुन भनेको काटमार गर्ने जात होइन । बलि दिने, काटमार गर्ने जात त गुरुङ, मगर, राई लिम्बु हुन् । त्यसकारणले रगतमा मुछेको टीका लगाउने जातले रातो टिका हाम्रो होइन भन्न मिल्दैन । अहिले पनि दुल्लु दैलेखमा खस ब्राम्हणहरुले रातो टिका लगाउँदैनन्, दही चामल मुछेर, त्यसमा बेसार मिसाएर पहेँलो टीका लगाउँछन् । धेरैजसो खस बाहुनका थातथलोहरु दैलेखमै छन् । जस्तो, दुल्लुमा रिजुपोखरा भन्ने ठाउँ छ । रिजुका रिजाल भए, पोखराका पोखरेल भए । यो एउटा उदाहरण हो । खस ब्राम्हणहरुको प्राचीन थलोमा आज पनि पहेँलो टिका लगाइनुले बलि पूजा हुनअघि रातो टीका लगाउने चलन थिएन भन्ने प्रमाणित गर्छ ।

विविध संस्कृतिको सम्मिश्रण

बसाई सरेर कुनै ठाउँमा गएपछि त्यहाँको संस्कृति र परम्परालाई अगिंकार गर्ने, त्यहाँको भाषालाई अगिंकार गर्ने र संस्कृतकरण गर्न सक्ने विशिष्ट गुण आर्य जातिमा छ । जस्तो, गण्डकी नदीलाई हामी संस्कृत भाषाको शब्द भन्छौँ । तर, यो संस्कृत भाषा होइन । मगर भाषामा यसलाई ‘गनडी स् अर्थात् ‘हरियो पानी’ भनिन्थ्यो । अपभ्रंश हुँदै गएर गण्डकी भएको हो । कोशी नदीलाई कौशिकी वा कुशिक ऋषिको नामबाट नामकरण भएको पनि भन्छन् । त्यस्तो होइन । प्राचीन किरात भाषामा पानीलाई खु नदीलाई खुसी भनिन्थ्यो । जस्तो, काठमाडौँमा सामाखुसी भन्ने ठाउँ नै छ । त्यो खुसीबाट संस्कृतकरण भएर कोशी भयो । यसरी आर्यहरूले भाषा–संस्कृतिलाई संस्कृतकरण गरिदिए । चलन–चल्तीलाई पनि संस्कृतकरण वा आर्यकरण गरिदिए । अहिले, पशुपतिमा हिन्दुहरूलाई मात्रै भनेर साइन बोर्ड राखिएको छ । तर पशुपति कसले पत्ता लगायो त रु यो त मेक्ष किरातहरूले पत्ता लगाएको हो । यहाँ पनि बिस्तारै आर्यकरण भयो ।

दसैँमा पनि यस्तै भयो । विविध संस्कृतिहरूलाई आर्यहरूले अङ्गीकार गरे । अहिले आएर कतिपयलाई यो त बाहुनको पर्व र संस्कार हो भन्ने लाग्न थाल्यो । तर, यो सबैको पर्व हो । प्रकृतिसँग आदिवासी भूमिपुत्रहरुको नजिकको सम्बन्ध छ । त्यसकारण ढुंगालाई पुज्ने, पानीको स्रोतको पूजा गर्ने, रुखको फेदमा पूजा गर्ने, आदी चलन अनादीकालदेखि नै चल्दै आएको छ । जस्तो स् जमरा राख्ने संस्कार गुरुङमा अनादीकालदेखि छ । प्राचीन क्होल र अहिलेको पस गाउँ यसका उदाहरण हुन् । लमजुङ हिमालको फेदीमा रहेको क्होल गाउँमा मनाङतिरबाट एकजना गुरुङ शिकार खेल्दै आएका रहेछन् । ओहो, यस्तो राम्रो ठाउँ भन्ने लागेपछि उनले बस्ती बसाल्न उपयुक्त छ कि छैन भनेर माटो परीक्षण गर्न चाहे । त्यसका लागि आफूसँग भएको केही उवाको गेडा छरेर गए । अर्को वर्ष आउँदा त उवा त लह लह भएर एक हातको बाला भइसकेको रहेछ । यहाँ खेतीपाती हुने रहेछ, मान्छे बस्ने हुने रहेछ भन्ने भएपछि त्यहाँ बस्ती बस्यो । जमरा राख्ने भनेको माटोको परीक्षण हो । लमजुङकै पस गाउँमा धानको बिउ, सिधै ब्याडमा लगेर राखिँदैन । त्यहाँ पैँडिले दिएको साइतअनुसार गाउँका गुरुङहरूले दुना–टपरी भण्डारमा लगेर सुनपानी छर्केर पूजा गर्छन्, माटो मोलेर त्यसमा बिउ राख्छन् । त्यसपछि त्यही बिउलाई अन्य बिउसँग मिसाएर ब्याडमा लगेर राख्छन् । यस्तो परम्परा त अझै जीवित छ । तर, कतिपय गुरुङहरू नै जमरा हाम्रो परम्परा होइन भन्छन्, बुझाइको कमीले यस्तो समस्या देखिएको हो ।

अहिलेको युवा पुस्ताले हरेक कुरामा विज्ञान खोज्छन् । बुढापाकाले विज्ञानको व्याख्या गर्न नसक्दा उनीहरू जडसुत्रवादी र अन्धविश्वासी भनिदिन्छन् । तर हाम्रा पर्व निकै विज्ञानसम्मत छन् ।
मनाङको दसैँ

दसैँ मनाउने संस्कार र चलन पनि फरक छ । हिमाली जिल्ला मनाङमा घटस्थापना हुँदैन र टीका पनि लगाइन्न । तर त्यहाँका गुरुङहरूले भद्र–भलाद्मी भेला गरेर दसैँको टीकाका दिन भेडा काट्छन्, जाँड खान्छन् । यद्यपि, यो चलन निकै पछि सुरु भएको हो । राजा मान्नका लागि उनीहरूले यस्तो गरेका हुन् । किनकी राजाले मनाङेहरुलाई विशेष स्वायत्तता र स्वतन्त्रता दिएका थिए । २०२२ सालमा तलुकी प्रथा उन्मुलन भएपछि त्यहाँ नेपाल सरकारको ऐन कानुन लागु भएको हो । नत्र, त्यसअघि उनीहरूले वार्षिक शुल्क तिरेपछि नेपालको ऐन कानुन नै मान्नु पर्दैन थियो । त्यतिबेला आम नेपालीले विदेश गएर व्यापार गर्नका लागि पासपोर्ट पाउँदैन थिए । गोर्खा पल्टनमा भर्ती हुन जानेबाहेक प्रायः नेपालीहरू विदेश जाँदैन पनि थिए । तर, मनाङेहरुलाई त्यतिबेला पनि सिंगापुर र मलायामा व्यापार गर्न छुट थियो, उनीहरूले पासपोर्ट बनाउन पाउँथे । यस्ता धेरै विशेषाधिकारहरु पाएको हुनाले उनीहरू दसैँको टीकाको दिन राजा मान्नका लागि भेला हुन्छन् । रमाइलो गर्छन् ।

विज्ञानसम्मत छ दसैँ

अहिलेको युवा पुस्ताले हरेक कुरामा विज्ञान खोज्छन् । बुढापाकाले विज्ञानको व्याख्या गर्न नसक्दा उनीहरू जडसुत्रवादी र अन्धविश्वासी भनिदिन्छन् । तर हाम्रा पर्व निकै विज्ञानसम्मत छन् । उदाहरण भन्छु स् बर्खाभरी असर हिलोमा चोबलिएको, झरीमा रुझेको, कटेरोमै सुतेको किसानले राम्रो खान पाएको हुँदैन । यतिबेला किसानहरू टक्टक्याएको माछाजस्तो हुन्छन् । त्यसो सर्दी फाल्नलाई उनीहरू दशैंमा पुग्नेगरी मासु र भात खान्छन् । विशेष गरी, झोल मासु मान्छन् । त्यो पचाउनलाई लिंगे पिङ खेल्छन् । एकैपटक धेरै मासु खाँदा अपच भएर झाडावान्ता वा अन्य रोग लाग्यो भने समस्या हुन्छ । त्यही भएर मज्जाले मच्चिएर पिङ खेल्छन् । बर्खाभरी सुकेर बसेका माशंपेसी सक्रिय हुन्छन् । गुजुल्टिएर बसेका नशाहरू तन्कन्छन् । यो निकै वैज्ञानिक छ ।

नवरात्रको महत्त्व

वर्षमा चारवटा नवरात्र छन् । दसैँ त पुसमा पनि हुन्छ, चैतमा पनि हुन्छ, असारमा पनि हुन्छ । तर, शरदीय दुर्गा पूजा बडादसैँ हो । यतिबेला उपासना गर्नाले देवी विशेष खुसी हुन्छिन् भन्ने विश्वास छ । प्रतिपदादेखि नवमीसम्मको नवरात्रको उपासना बुझ्नलाई हामीले यसको महत्त्वबारे बुझ्नुपर्छ । रात्र भनेको अन्धकार हो । अन्धकार भनेको मोह, तमस, कामवासना वा आशक्ति हो । हाम्रो शरीरका नौवटा छिद्रहरुले ग्रहण गर्ने आशक्ति हटाउन हामी नवरात्रीको पूजा गर्छौँ । हामीभित्रको आशक्तिलाई हटाउनुको अर्थ छिद्रहरुलाई थप सबल बनाउनु हो । जस्तो स् आँखाले त पाप चिताएको हुनसक्छ, मनमा कुविचार पलाएको हुनसक्छ, अन्याय–अत्याचारको कुरा आउला । नौ दिनसम्म लगातार उपासना गरेर यस्ता मोह र आशक्तिमाथि विजयी हासिल गरेपछि ती छिद्रहरू थप सबल बन्छन् र सफा हुन्छन्, त्यसैको खुसीमा दशमीको दिन उत्सव मनाउने भनेको हो । समयअनुसार विभिन्न किंवदन्ती र कथाहरू बन्दै गए पनि नवदुर्गाको उपासना यही हो । अन्त्यमा, २०७८ सालको बडा दसैँले सम्पूर्ण नेपालीहरूलाई सद्बुद्धि प्राप्त होस्, विश्वव्यापी कोरोना महामारी समाप्त होस्, देशमा राजनीतिक स्थिरता कायम होस्, खुसीमय रहोस् ।रातोपाटी वाट सावार गरियको l

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn