✍️रमेश रावत क. विक्रान्त
त्यो बाघ हैन ? बाघछाला हो ।
अचम्म किन ? त्यो बाघ हैन
त्यो त बाघको छाला हो
त्यो छालाभित्र भुष भरिएको छ ।
भुष भरिएको बाघ छाला
कहाँ गर्जन्छ र डमरू
हो डमरू हो त्यो बाघ हैन
त्यो त बाघ छाला हो ।
बाघ त उहिलेनै मरेको थियो ।
जहिले स्यालको पासोमा परेको थियो ।।
अबको बाघ तिमी हौ ,डमरू तिमी १
तिमी गर्जनु पर्छ डमरू
तिमीले गर्जन छोड्नु हुदैन ,डमरू
तिम्रो गर्जन फरक हुनैपर्छ डमरू
तिमी अब डमरूमात्र हैन रु
तिम्रो काधमा बाघ बन्ने
जिम्मेवारी आएको छ
तिम्रो गर्जनबाट मुलुकले
क्रान्ति र शान्ति मागेको छ ।
यहाँ हजारौं बाघमुखेहरुले
प्रतिगामी बाटो लिदैछन्
यहाँ लाखौं स्यालहरु
रंगिएर बाघ हु भन्दैछन्
यहाँ मुलकलाई तिनले
यथास्थितिमा अड्काएका छन् ।
यहाँ देशलाई दाह्रा र नङ्ग्रा गाड्दैछन् ।।
अब एक गर्जनबाट
अब हरेक कदमबाट
लोकले स्वतन्त्रता मागेको छ ।।।
यहाँ विश्वजनहरुले
बाघमुखे र स्यालहरुको
अन्त्यष्ठी चाहिरहेका छन् ।
त्यसैले डमरू तिमीले बाघ बन्न
अग्रगामी मार्गदर्शनमा हिड्नुपर्छ
अबको गर्जन झन फरक हुनैपर्छ ।।
तिम्रो फरक पहिचानबाट
सुनौलो बिहानी आउनुपर्छ ।
स्वाधीनता र समृद्धिले छाउनुपर्छ ।।
ती बाघमुखे र स्यालहरुको
सिकार गर्नुपर्ने छ ।
इतिहासमा असत्यताको राज्य
बदल्न सक्नुपर्ने छ ।
नाम निसान मेटाउन सक्नुपर्छ ।
त्यसपछि इतिहासको
नयाँ अध्याय सुरु गर्नुपर्छ ।।
