सिँजादर्पण कठमाण्डौ । पश्मि वायुको प्रभावले नेपालमा वितेको २ दिन देखि मौसम एकाएक वदलिय पछि हिमाली जिल्ला परुमा वाक्लो हिमपात परेको छ । स्थानिय जनजिवन जाडोका कारण निकै कस्टकर वनेको स्थनिय नागरिक ले वताए । हुम्ला , जुम्ला , मुगु डोल्पा ,मनाङ , मुस्ताङ, दार्चुला, बाग्लुङ , म्याग्दी , बैतडी लगायतका हिमाली क्षेत्रमा हिउ परेको छ ।
म्याग्दीको धवलागिरी गाउँपालिका मा वसोवास गर्ने स्थानिय गाउँहरुमा वाक्लो हिउँ परेपछि जनजिवन निकै कस्टकर भयको पालिकाकी अध्यक्ष थमसरा पुनले वताउनु भयको छ । पशु वस्तु बुढापाका र वालवलीका लाइ चिसोका कारण निकै प्रभावित हुन सक्ने भय पछि अध्यक्ष पुनले चिन्ता व्यक्त गरेकि छन ।
धवलागिरी गाउँपालिका–१, गुर्जामा हिमपहिरोमा पुरिएर बिहीबार एक जना बेपत्ता भएका छन् । गुर्जाको सुकेलोट्नेमा भारी हिउँपातका कारण हिमपहिरो गएर भेडिगोठ बस्ने ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो। उहाँका अनुसार, मोवाईल र इन्टरनेट सेवा हिमपातकै कारण अबरुद्ध भएपछि थप जानकारी लिन समस्या भएको छ । म्याग्दी न्युजले सममचार वनायको छ ।

उता हिमपातका कारण मङ्गलबार साँझदेखि अवरुद्ध भएको दशरथचन्द र जयपृथ्वी राजमार्ग सञ्चालनमा छ । मङ्गलबार साँझदेखलगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा यातायात सेवा पूर्णरूपमा ठप्प भएको थियो भने सयौँ अलपत्रमा परेका थिए ।
नेपाली सेनाले बैतडीस्थित दशरथचन्द राजमार्गमा जमेको हिउँ हटाएको छ ।केहि स्थानियकिसान हरु वर्षासँगै हिमपात भएपछि खुसी भएका छन् । यो वर्ष समयमै हिउँ परेकाले गहुँलगायतका हिउँदेबाली सप्रिने भन्दै किसान हरु खुसी भएका हुन् । जुम्ला र मस्ताङका किर्षक हरु भने यसपालि समयमै वर्षा भयकोमा स्याउ लाउन खाडल खन्न सहज हुने वतlउछन ।
