Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

ओमिक्रोन र डेल्टा भेरिअन्टले डरलाग्दो सुनामी ल्याउने विश्व स्वास्थ्य सङ्गठनको चेतावोनी


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, पुस १५, २०७८

ओमिक्रोन र डेल्टा भेरिअन्टले डरलाग्दो सुनामी ल्याउने विश्व स्वास्थ्य सङ्गठनको चेतावोनी

 

एजेन्सी । डेल्टा र ओमिक्रोन भेरिअन्टको मिश्रणले कोभिड घटनाहरूको एउटा डरलाग्दो सुनामी ल्याउन लागिरहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका प्रमुखले बताएका छन् । युरोप र अमेरिकामा कीर्तिमानी सङ्ख्यामा कोभिडका नयाँ सङ्क्रमितहरू देखा परिरहँदा डा। टेड्रोस एड्हानोम गेहब्रेयससको त्यस्तो भनाइ आएको हो।

अध्ययनहरूले कैयौँ देशमा निकै छिटो मुख्य भेरिअन्ट बनेको ओमिक्रोन डेल्टाभन्दा मध्यम रहेको तर निकै धेरै सङ्क्रामक रहेको सुझाएका छन्। फ्रान्सका स्वास्थ्यमन्त्रीले ओमिक्रोनका हकमा अब लहर मात्र भनेर नपुग्ने बरु ‘आँधीजस्तो लहर’ भन्नुपर्ने बताएका छन्।

डब्ल्यूएचओका प्रमुखले दुईवटा भेरिअन्टको चुनौतीले समग्र घटनाको चाप बढाएको भन्दै चेतावनी दिएका छन्। डा। टेड्रोस एड्हानोम गेहब्रेयससले भने, “थकित स्वास्थ्यकर्मीमा यसले निकै उच्च चाप थप्नेछ र थपिसकेको पनि छ। र स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्था नजिक पुगेका छन्।”

रोयटर्स समाचार संस्थाका अनुसार विश्वभरि यतिखेर दैनिक झन्डै नौ लाख सङ्क्रमित थप भइरहेका छन्। अमेरिकाका शीर्ष सङ्क्रामक रोग विज्ञ डा। एन्थोनी फाउचीले सीएनएनसँग बोल्दै सङ्क्रमणले ज्यानुअरीको अन्त्यसम्ममा अमेरिकामा उच्च बिन्दु लिने सम्भावना रहेको बताएका छन्।

फ्रान्सका स्वास्थ्यमन्त्रीले त्यहाँ बढेको सङ्क्रमणलाई ‘चकित पार्ने किसिमको’ बताएका छन्। कैयौँ देशले कोभिडको तेस्रो मात्रा खोप दिनेगरी बूस्टर अभियान सुरु गरेका छन्। जसमा यूके समेत छ जहाँ १२ वर्ष माथिका ५७ प्रतिशत मानिसले तेस्रो मात्रा खोप लिइसकेका छन्।

तर डब्ल्यूएचओ प्रमुखले ठूलो स्तरका बूस्टर अभियानले गरिब देशमा हुनुपर्ने आपूर्ति मोडिरहेको र त्यसले ‘महामारी लम्ब्याउने देखिएको’ बताएका छन्। गरिब देशहरू खोपबाट पर रहँदा त्यहाँ सङ्क्रमण फैलने र भाइरस उत्परिवर्तन हुने थप अवसरहरू सिर्जना हुने डब्ल्यूएचओ प्रमुखको भनाइ छ। आफ्ना यसअघिका दैनिक सङ्क्रमणका कीर्तिमान तोड्ने देशहरूमा यूके, इटली र स्पेन समेत छन्।

अमेरिकामा महामारी सुरु भएयताकै उच्च दैनिक सङ्क्रमण देखा परेको छ जहाँ गत साता औसत दैनिक दुई लाख ६५ हजार सङ्क्रमित पुष्टि भएका थिए। तर सेन्टर्स फर डिजिज कन्ट्रोल सीडीसीले अस्पताल भर्ना हुने र मृत्यु हुनेहरू तुलनात्मक रूपमा न्यून रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn