काठमाडौं । काजकिस्तानमा भइरहेको विरोध प्रदर्शन र हिंसाका बीच त्यहाँको सरकारले सेनालाई ‘विना चेतावनी गो’लि च’ला’उन’ आदेश दिएको बीबीसीले जनाएको छ ।
काजकिस्तानका राष्ट्रपति कासिम जोमार्त तोकाएबले अल्माटी सहरमा ‘२० हजारको सङ्ख्यामा रहेका विरोधी प्रदर्शनकारी’ ले आक्रमण गरेको बताउनुभएको छ । अल्माटी सहर बढिरहेको तेलको मूल्यको विरोधमा भइरहेको वि’रो’धी प्र’द’र्शन र हिं’सा’को केन्द्र हो ।
राष्ट्रपति तोकाएबले यस हिं’सा’का लागि विदेशमा तालिम लिएका ‘आतङ्कवादीहरू’ जिम्मेवार भएको दाबी गर्नुभएको छ । यद्यपि उहाँले यो दाबीको बारेमा कुनै स्पष्ट पार्नुभएको छैन ।
यसैबीच काजकिस्तानको अनुरोधमा रुसको नेतृत्वमा रहेको सेना काजकिस्तान पुगेको छ । काजकिस्तानको गृह मन्त्रालयले २६ सशस्त्र अ’प’राधीलाई मा’रि’एको र हिं’सा’मा १८ सुरक्षा अधिकारी पनि मा’रि’एका बताएको छ ।
त्यस्तै तीन हजारभन्दा धेरै मानिसलाई पक्राउ गरिएको गृह मन्त्रालयले जनाएको छ । यद्यपि प्रभावित क्षेत्रमा इन्टरनेट सेवा बन्द रहेको र निकै कम जानकारी सार्वजनिक भइरहेको छ ।
कजाकिस्तानमा तेलको मूल्यवृद्धि वि’रु’द्ध वि”रोध प्रदर्शनका बेला हिं’सा ब’ढेको हो । त्यसपछि अमेरिका, बेलायत, फ्रान्सबाहेक संयुक्त राष्ट्रले सबै पक्षसँग संयमता अपनाउन अपिल गरेका छन् ।
