ऐतिहासिक पृष्ठ भुमि:
छैटौ शताव्दिपूर्व अस्तित्वमा आयको युनानी दर्शनले सत्यको अव्यषण गर्ने आधार मान्थ्यो उनिहरु चिन्तनको आधार धर्म ,परम्परार संस्कारलाई मान्दैनथे । धर्म र परमम्परामा आधारित राज्य व्यवस्थाको विकल्प सोच्थे । तथ्य संगत भएमा स्वीकार गर्ने र अन्यथा अस्वीकार गरिन्थ्यो । युनानी दर्शनका महान दार्शनिक सुकरात, प्लेटो त्यसका प्रणयता थिए । उनले शिल्पकार, कलाकार र राजनीतिज्ञहरु व्यक्तिगत हित र अहितको आधारमा नभएर समाजको हितमा सोच्नुपर्ने वाताउने गर्थे । वौद्धिक तप्काले समाजलाइ परिवर्तनमा रुपान्तरण गर्न भुमिका खेल्नु पर्ने धारणा प्रवाह गरेकै कारण एथेन्सको सत्ताले उनलाइ विष सेवन गराएर उनको हत्या ग¥यो । त्यसै गरि सन १७४८ मा प्रसिद्ध दार्शनिक कलाकार तथा लेखक जिनज्याक रुसो सन १७१२ देखि सन १७७८ ले परम्परागत चिन्तन प्रति प्रहार गर्दै प्रश्न उठाए कि नैतिक जीवन उन्न्त ग¥यो की, भ्रष्ट ग¥यो ? त्यसै वेला राज्य र धर्मको विभाजनको कारण रुसो फ्रान्सवाट विदेशिन वाध्य भएको अवस्था थियो । उनलाइ युरोपमा कतै स्थान नपाए पछि पेरिस फर्केका रुसो सन १८१८ मा मृत्यु हुन पुग्यो । पश्चगामी युरोपले उनको ज्यान लियो । उनको मृत्युको ११ वर्ष पछि फ्रेन्च क्रान्ति ५ मे १७८९ देखि १७९९ मा आउदा प्रेरणाको श्रोत रुसो नै मानिए । पृथ्वीका सवै साधन,श्रोत सवै श्रमिकको साझा हुनुपर्छ भन्ने मान्यता राख्ने कार्लहेनरीक, माक्स (सन १८१८ देखि १८८३ ) एक्ला दार्शनिक होइनन् । त्यसैगरि युरोपियन चिन्तक डेनिस दिदेरोर्र्र्र्ले प्रकृतिले कसैलाई पनि अर्कोलाइ आदेश दियको र्छैन । स्वतन्त्रता दैवी दान होे) भनेका थिए ।
त्यसैले पूर्वीय सभ्यता पनि भौतिकवाद र आध्यत्मवाद ,जनतन्त्र र निरंकुशत्ताको विच संघर्ष वाट गुज्रदै रविकासशिल हुदै आएको छ ।
आर्य हरुको एउटा समूह दक्षिण एसियामा आयपछि हजारौ वर्ष सम्म गणराज्य थियो । समाजमा प्रवुद्ध नर नारीहरु शास्त्रार्थमा भाग लिन्थे । विचार मन्थनमा सर्वश्रेष्ठ सावित भयका जनपरिषद गठन गन्थ्यिो । त्यसवेला जन परिषद नै राज्य सञ्चालनको साधन हन्थ्यो । ई .स ४२० सम्म पूर्वीय जनपरिषद र गणराज्य लोकप्रिय थिए । पूर्वीय दर्शनमा राजावाद, व्राह्मणवाद , मूर्तीवाद विरुद्ध त्यहा वुद्धवाद आयो । करिब ५ सय वर्ष सम्म समाजमा सकारात्मक भुूमिका खेल्यो । जव भिक्षुहरु नै विलाशितामा जान थाले विस्तारै विकृति वढदै आयो । पछि बुद्धवाद आध्यात्मकवादको नियन्त्रर्णमा गयो । त्यसै ताका इस्लामीहरुले रोम साम्राज्यका बिरुद्ध दास र पिडितहरुको पक्षमा एक न्यायपुण ईश्वरीय राज्य स्थापनाको आवाज उठाएका थिए । धार्मिक आदर्श सहितको विरोद्धहलाइ राजद्रोह ठहर गरि उनलाई शुलीमा चढाइयो ।
मोहम्वदका विचारहरुक अरवको कविलान्त्री विविधता , बहुलता आदिको फैलियका युद्ध लुटपाट ,अराजकता र अशान्ति जस्ता सामाजिक विकृति र अत्याचार विरुद्धको थियो ।
यसरी मानव सभ्यताको उस वेलावाटै सत्ताले यथास्थिति र अशान्ति जस्ता क्रियकलाप गर्ने, समाजमा दमन अत्याचार गर्ने कार्य हुदै गए । यसरी नै मानव विकासका लागि संघर्षवाट नै हरेक विकास अघि बढेको इतिहास छ । नेपालको राजनीतिक , सामाजिक ,धार्मिक रुपान्तरण पनि कम छैन ।पूँजीवादी मुलुकले यति वेला आलोचन र आक्रोस पोखे पनि विश्व एक्काइ सौँ शताव्दिामा प्रवेश गरे सगै वैज्ञानिक समाजवाद र साम्यवादको आवश्यकता यसरी अगाडि आयको छ ।
जसरी सत्रौ शताव्दिमा अधर्म पोपले अपवित्रताको उदघोष गरे पनि सामान्तवादका नाइके र सम्राटहरुलाइ वायस गर्न आधुनिक पुँजीवाद उदाएको थियो । समय पुगेपछिको आमाको पेटको वच्चा धर्तिमा पाइला टेक्छ त्यस पुर्व आमालाइ सुडेनीको आवश्यक हुन्छ । त्यसैले हामिलाइ थाहाँछ की सन १९९० तिर संशोेधनवादी र समाजवादी मुलुकहरुमा नाङगो पुँजीवाद हाविहँुदै गर्दा वैज्ञानिक समाजवादको भविश्यमा त्यसरि नै भविश्यवाणि भएको थियो । सन १९१७ को अक्टोवर क्रन्तिद्धारा पुँजीवाद फ्याकिदा पुँजीवादको भविष्य सकिएको विश्वास गरिएको थियो । पुँजीवादि राजनीति नेतृत्वले मात्र होइन कैयन पुँजीवादी विश्लेषकले पनि समाजवादी ,साम्यावादी युगको समाप्त भइसकेको निष्कर्ष निकालेका थिए । तर संसोधन वादी, समाजवादको पतन र आज पुँजीवादले भोगिरहेको असफलता र संकटका साथै पुँजीवादी सम्राज्यवादी व्यवस्थाले मानव माथि थुपारी रहेको अति उत्पादन, बजारको लुछाचुडी आर्थिक विपत्ति , युद्ध र विध्वंसले मानवजातिलाइ वैज्ञानिक समाजवादको आवश्यकता त्यो भन्दा वढि महुस भैरहेको पाइन्छ । जति वेला पेरिस कम्युन र अक्टोवर क्रन्तिको वेलामा आवश्यक महसुस गरियको थियो । मानव जातिमा पैदाभएको पुँजीवादप्रतिको घृणा र वैज्ञानिक समाजवादप्रतिको आस्थाले वैज्ञानिक समाजवादको आगमनलाइ त्यतिकै आवश्कता महसुुस गराएको छ । सत्रांै ,अठारांै शताव्दीमा सामान्तवाद संगको वर्गसंघर्समा पुँजीवाद वेला वेलामा पराजय हुँदापनि पुँजीवादको विजयलाई नै अनिवार्य वनाइदिएको थियो ।
जसरी पुँजीवादको अन्त्य र समाजवाद र साम्यवादको आगमनवाट समाजको कोहि पनि सदस्य बच्न सकेको थिएन।
यसै सन्दर्भमा लेनिनले भनेको कुरालाइ निकै महत्वका साथ लिन सकिन्छ । उहाँले भनेका छन “समाजवाद स्वप्नद्रष्टाहरुको मनगढन्ते कुरा होइन ,यो त आधुनिक समाजमा
उत्पादक शत्तिको विकासको अन्तिम उद्देश्य हो एवं अनिवार्य परिर्णाम हो “ (लेनिन )
माक्स एङगेल्स , संङकलित रचना खण्ड १, फ्रेडरिक एङगेल्स, पृक्ष्ठ १५
त्यस्तै वुर्जुवावर्गको खण्डन र इच्छा विपरित माक्र्सवाद झन कसरी शक्तिशाली भएर उठछ भन्ने सन्र्दभमा भन्नु भएको एउटा भनाइले सानदार रुपमा मेल खान्छ । लेनिनले सन १९०८ अप्रिल ३ मा लेख्नु भयको थियो “बुर्जुवा वर्ग माक्सवाद वारे केहि सुन्न पनि चाँहादैन । उसले त्यो घोषणा गर्छ की माक्सवादको खण्डन र उन्मुलन भैसकेको छ ,समाजवदको खण्डन द्धारा आफ्नो जीवन उन्नतिको मार्ग वनाइ सकेका युवा वैज्ञानिक र हरेक प्रकारका जीण पद्धतिहरुका दियोलाइ वचाइ राख्नेवाला केहि जर्ज र वृद्धजन दुवैले समान उत्साहका साथ माक्र्स माथि प्रहार गर्छन । माक्सवादको विकास एवंम मजदुर वर्गमा उनको विचारको प्रचार तथा सदृढिकरणको फल यो यो हुने गरको छ की, सरकारी विज्ञान द्धारा उन्मुलन पछि हरेक पटक अधिक शक्तिशाली , अधिक स्पाती अधिक जिवन्त वनेर जनवाला माक्सवाद माथि यो वुर्जुवा हमला अनिवर्यत ः वढदै रतेज हुदै जानेछ “
(लेनिन संबलित रचना , भाग ३ , हिन्दी संस्करण मक्सवाद संसोधनवाद । , पृ ३७४ ,।
साच्चिकै पुँजीवादी दुनियाँले वैज्ञानिक समाजवाादका वारेमा त तुलना पनि गर्न चाहदैन तर पनि उसको ईच्छा विपरित उसको हरेक आलोचना र हमलापछि साम्यवाद झन शक्तिशाली र अनिवार्य भएर अगाडि आइ रहेको छ । आज पनि इतिहासको अन्त्यलाइ चिर्दै समाजवाद र साम्यवाद टार्नै नसक्ने गरि अगाडि आउदै ।
वैज्ञानिक समाजवाद र साम्यवादको अनुसन्धान पछि वैज्ञानिक समाजवादले पुँजीवादमाथि युगान्तकारी विजय हासिल ग¥यो । श्रमिकले आफ्नो नयाँ पुस्ताका लागि साम्यवादि सभ्यताको ढोका खोली दियो । तर समाजवाद संञ्चालनमा रहेको अनुभव र ज्ञानको कमिका कारण समाजवादले अकल्पनीय क्षती वेहोर्नु प¥यो ।
जसका कारण समाजवादको भविष्य मानै प्रश्नहरु खडा भए ।
तर तथ्यहरुले वताउछन की , समाजवाद कुनै कल्पनाको संसार नभएर ऐतिहासिक युगको निस्कर्ष हो ।
त्यसैले आजको दनियाँमा वैज्ञानिक समाजवाद सवैको आवश्कता रहेको छ । विश्मा साम्यवादको प्रभाव नपारिकन आजको विश्वामा रहेका पँुजिवादले मानव जीवनमा नयाँ किसिमको तनाव वढाउने देखिन्छ । आजको विश्वमा मानिसहरुको जनजीवन कस्टकर तवरले वितेको छ । विश्व मानव जिवनको परिस्थितिलाइ हेर्ने र नजर अन्दाज गर्नु पर्दा विश्वका पँुजीवादी मुलुकहरुले गरिव मुलुकलाई हेप्ने गरेको पाइन्छ । त्यसको मुल कुरा पुँजीवाद नै हो । सर्वहारा जनताका खातिर समाजबादी शासन व्यवस्था नै आवश्कता हुन्छ । त त्यसो हुन ठुला शक्तिशाली भनीने मुलकु जस्तो अमेरिका , वेलायत , जस्ता आफूलाइ लोकतान्त्रीक भन्ने तर निरंकुशता तिर जोड दिने चरित्रका भएका देशहरु छन । जसले विश्ववजारमा एकधिकारको समना वोकेका हुन्छन । त्यसलाई ठिक ठाउँमा उपचार गर्न सक्ने विकल्प वैज्ञानि समाजबाद नै हो ।
समाजवादका पनि धेरै चरित्र वोकेको प्रकृति पाइन्छ ।
केहि वुदामा उल्लेख गरिएका छन :
क) समाजवाद र नवमाक्सबाद
ख) प्रजातान्त्रीक समाजबाद
ग) राष्ट्रिय समाजबाद
घ) काल्पनिक समाजबाद
ङ ) वैज्ञानिक समाजबाद
वैज्ञानिक समाजवादी व्यवस्थाको चरित्र ः
अठारौ शताब्दीको औद्योगिक क्रान्तिले पुँजीपति सर्वहारा वर्गको उदय भयो । विज्ञान र प्रविधिमा अक्लपनीय विकास भयो प्राचिन मान्यता र धार्मिक अन्धविश्वासहरु धरासाही भयर गए । त्यस्तो वस्तुगत परिस्थितिले आधानिक समाजवादको अनुकुल वस्तुगत अवस्था सृजना ग¥यो पुँजीवादका विरुद्ध सर्वहारा वर्गको राज्यशत्ता स्थापना भएको समाज व्यवस्था नै समाजवादी व्यवस्था हो । जसमा सर्वहारा वर्गको अधिनायकत्व हुन्छ । यो पुँजीबादवाट साम्यवादमा संक्रमण गर्ने व्यवस्था मानिन्छ । उत्पादनका साधनहरु सामाजिकीकरण भएपनि पुँजीवादका जन्मजात दागहरु कायमै रहेकाछन । योग्यता अनुसारको काम र क्षमता अनुसारको दाम सरकारको श्रमनिति हुन्छ । समाजबादी व्यवस्थाको सन्धर्भमा एंगेल्स भन्नुहुन्छ , “इतिहासको भौतिकवादी धारणा र अतिरिक्त मुल्लयद्धारा पुँजीवादी उत्पादनको रहस्यको यि दुई महान आविष्कारहरुका लागि हामी माक्र्स प्रति आभारी छौ । यि आविस्कारहरुसँगै समाजवद र एक विज्ञान वन्न पुग्यो । यो यति कासको भौतिकवादी धारणा अनुसारको व्यवस्था हुनाले यो वैज्ञानिक वयवस्था हो ।
अर्को तिर माक्र्स देखि लेनिन सम्म आउदा सामान्ती समाजवाद निम्न पुँजीवादी व्यवस्था , जर्मन समाजवाद
पुँजीजिबि समाजवाद कालपनिक समाजवाद जस्ता अनेक विचारहरु प्रकट भएपछि विभिन्न प्रकृतिका समाजवाद र वास्तविक समाजवादको भेद छुटयाउन समाजवाद प्रयोग गरिएको थियो । नेपाल मात्र प्रजातान्त्रिक समाजवाद ,एक्काइसौ शताव्दीको समाजबाद , राष्ट्रिय समाजबाद जस्ता काउछोहरु समाजवादको प्रदुशित वायु प्रवाह भैरहेको कारण नेकपा क्रान्तिकारी माओवादिले वैज्ञानिक समाजवाद प्रयोग गर्नु पर्ने भएको छ ।
माक्र्सवाद समाजवाद प्रति भ्रम सिर्जना गर्न अनेक कथित मध्यमार्गि चिन्तकहरु पनि लागेका छन । यि सवै पुँजीवादी चिन्तनका फरक रुपहरु हुन । लेनिनले भनेका छन कि एउटैमात्र छनौट छ की वुर्जुवा की समाजबादी विचारधारा कुनै मध्यमार्गी चिन्तन छैन किनकी मानव जातिले तेश्रोविचार धाराको श्रृष्ठि गरेकै छैन । वरु वर्ग विरोधले क्षत विक्षत भएको समाजमा कुनै निम्नवर्गीय विचारधारा सर्वेसर्वा विचारधारा कदापि हुन सक्दैन । वुर्जुवा विचारलाई वलियो वनाउनु । यसरी श्रमिक वर्ग नै समाजवादी धाराको पक्ष पोषक मानिन्छ ।
नेपालको राजनीति अवस्था ः
विस २००७ सालदेखि एउटै राजनीति चरित्र समस्या र जोखिम विच गुज्रीरहेको छ । संसदिय प्रजातान्त्रिक व्यवस्था पंञ्चायती व्यवस्था , राजाको प्रत्यक्ष शासन लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था फरक नामधारि व्यवस्था अन्तर्रगत पटक पटक संविधान निमार्ण र संसोेधनको नाटक गरेता पनि वास्तविक राजकिय कार्यकारी अधिकार र सार्भभौमिकता जनताको तहमा चेतनशिल ढंगले अगि वढन नदिएर सामन्तवादको केन्द्रमा छ । नेपालका राजनीतिदलहरु विदेशिको इसारामा चलिराखेका छन । दलहरुले नेपाली जनताहरुलाइ भिभिन्न निकास विकासको वाहानामा संकटको अवस्था सिर्जना गरिरहेका छन । नेपालका खानी तथा उद्योगहरु कल कारखान निजि संस्थालाई दिएर सरकार ददाली प्रवित्तिको रुपमा देखिएको छ । नेपालका जलश्रोत विदेशिहरुलाई कौडिको भाउमा विभिन्न सम्झौता गरि नेपाली जनताहरुको अधिकार नलाग्ने वनाएका छन ।
नेपालमा शासकीय स्वरुप वदलिय पनि उनिहरुको कार्यशैली विदेशि प्रभुलाई रिजाउने मात्र छ । विदेशी श्रमवजारमा नेपाली कामदार युवायुवतीहरु विदेश जना तछाडमछाड गर्ने वातावरण सिर्जना भएको छ । नेपाल अहिले रेमिटान्सवाट मात्र मुलुक चल्ले वनाएका छन । यसको मतव देशलाइ नै निकम्वा वनाएर शासनगर्ने नेपाली परजिवि नेताहरु देशभित्र कुनै नयाँ विकासको मार्गदर्शन अगि वाढाउन सक्ने अवस्था छैन । विदेशि ऋणले मुलुक डुविसकेको अवस्था रहेको छ । नेपालको आन्तरिक लागनी वढाउनु र आन्तरिक उत्पादनमा जोडदिनुको साटो वाह्रिय आयातित वस्तुमा निकै जोडदिने गरिएको अवस्था छ । यो सवै दलालपुँजीवादी व्यवस्थाको हर्कतले नै हो ।
यसैले नेपाललाई नयाँ मोडमा लैजान नेपालका २०५२ सालमा जनयुद्ध भयो यो पनि सवै सम्झौतामा टुङगाउने काम भयो । तत्कालिन नेकापा माओवादीका अध्यक्ष रहेका प्रचण्डले जनयुद्धमा गरेका वाचा सवै झुटा सावित वानाए । जनताहरु जहाँको त्यहि मुलुक जाहाँको त्यहि रहयो ।
त्यसै गुज्रेको परिस्थितिलाई अगिवढाउन एकिकृत जनक्रान्तिको वाटो हँुदै वैजानिक समाजबादी राज्य व्यवस्थाको परिकल्पना गर्दै नेकपाको स्थापना भयो । जसको नेतृत्व विप्वलवले गर्नु भयो ।
उनले नेपाली समाजमा वस्तिविक रुपमा वैज्ञानिक समाजवदी व्यवस्था नै उपयुक्त ठान्दै संघर्षको कार्यक्रम अघि वढाएका छन । नेकापा आज आठौ वर्षमा प्रवेश गर्दैछ । पार्टीले गरेको संघर्षलाइ संकटमा लैजनाका लागि तत्कालिन केपी सरकारले प्रतिवन्ध लगायो त्यो निस्क्याम वन्यो । यो पुँजीवादीहरुको षडेन्त्र मात्र हो । समाजवदी क्रन्ति रोकिदैन । नेपालमा सम्वभ छ ।नेपालको आन्तरिक विकास गर्ने नाउमा विदेशी प्रमु समाु घुडाटेक्ने नेपाली राजनीतिदल अहिले एमसिसि परियोजना लागु गर्नका लागि मरिहत्या गर्दैछन । भारतीय हस्तक्षप विरुद्ध सरकार मौन छ । त्यसैले जनताहरुले एकपटक देशका लागि जुटने वेला आयको छ । त्यसको विकल्प वैज्ञानिकसमाजवादी व्यवस्थाको अपरिहार्यता छ ।
जनपत्रकरिताको भुमिका :
नेपालमा पत्रकारिताको ऐतिहासिक पाटोलाई अलिकति नसम्झिकन हामी पत्रकारको धर्म पुरा नहोला । नेपालमा मात्र नभै पत्रकारिताको इतिहास राजनीतिक परिवर्तनसँगै अघिवढेको पाइन्छ । पत्रकारिता र राजनीति विकासक्रम एकसाथ भएका तथ्यहरु प्राप्त गर्न सकिन्छ । यि घटनाक्रम विश्वव्यापि रुपमा भेटन सकिन्छ । त्यर्सैले पत्रकारिताको इतिहास सोही देशको मुलुकको राजनिति घटनाक्रमले निर्धाराण गर्छ भन्न मिलेको हो । राज्यव्यवस्था परिवर्तन भयो भने त्यसको असर पत्रकारितामा पनि पर्ने गर्छ नै । उदार लोकतान्त्रिक व्यवस्थामा पत्रकारका अधिकारहरु फस्टाउन सक्दैनन् । जनताको स्वतन्त्र र अधिकार सँगै पे्रस स्वतन्त्रतको पनि परिकल्पना गर्न सकिर्दैन । कुनै मुलुकमा अधिनायिकवादि र निरंकुश शासन व्यवस्थामा पत्रकारितापनि प्रत्यक्ष रुपमा प्रभावित हुन्छ । यस्तो परिस्थितिमा स्वतन्त्र प्रेसका दायरा खुम्चिन जान्छन । नयाँ राजनीति व्यवस्थाले वनाउने नीति नियम कानुनले पनि पत्रकारिताको व्यवसयिक अभ्यासमा पनि प्रत्यक्ष असर पर्छ । जनताको स्वतन्त्राको लागि लड्ने र नागरिकहरुको अधिकार स्थापित गर्न पत्रकार अहम भुमिका हुन्छ ।
नेपालको पत्रकाररिताको इतिहास हेर्ने हो भने राजनीति परिवर्नसँगै यसको इतिहास निर्माण भयको हो ।
विगतको जहाँनिया राणाशासन होस या राजतन्त्र होस उनिहरुको निरंकुश शासन व्यवस्थामा सरकारका दवावमा रहनु परेको घटनाक्रमहरु धेरै छन । जस्तो विस १९०३ मा सुरुभएको जहाँनीया राणासासनमा नेपालका नगरिकले पढन लेख्न त पाएनन नै पत्रकारित गर्न कसरी सक्नु । तत्कालिन समयमा गोरखापत्र स्थापना गर्न लगाउने उदार मानिने देवशम्सेर राणा प्रधानमन्त्री राणापरिवारको तारो वनेको पाइन्छ । जनताहरु वाठाहुन्छन र राणाहरुको शासान व्यवस्थाको विरुद्धआवाज उठन सक्छ भन्ने उनिहरुमा प्रभाव परेको थियो ।
विस २००७ मा प्रजातन्त्र आयपछि नागरिकहरु राजनीति रुमामा अलि स्वतन्त्र भएको अनुभुति हुन्छ । मुलकमा प्रजातन्त्र आएको एक दशक पछि मात्र सवै क्षेत्रमा नागरिक स्वतन्त्रताका कुरा आए यस सँगै पत्रकारिता पनि विकास हँुदै गएको छ । विस २०१७ सालमा पंञ्चायती व्यवस्थाको सुरुवात भयो र करिव ३० वर्ष सम्म पंञ्चेहरुको तारे वन्यो पत्रकारिता । विस २०४६ सालको प्रजानन्त्रको पुन्ःस्थापना पछि फेरि पत्रकारिताले स्वतन्त्र अनुभूति गर्न पायो । राजनन्त्रको खिलापमा चलेको तत्तकालिन दशवर्षे जनयुद्ध र राजकाज चलाइ रहेका ज्ञानेन्द्रको विचको झमेलामा नेपालको पत्रकारिताले निकै संघर्ष गर्नु परेको छ । अन्तत विस २०६२ ,०६३ को आन्दोलन वाट शान्तिपुर्ण राजनीतिले गरेको सम्झौताले नयाँ उचाइवाट नेपाली पत्रकारिताले स्वतन्त्रता प्राप्तगरेको छ । विस २०७२ को संविधानले पे्रस स्वतन्त्रतालाई मौलिक हकको रुपमा प्रत्याभूति गराएको छ ।
दशवर्षे जनयुद्धमा जनपत्रकारिता :
जनपत्रकार भनेको नेपाली सर्वहारा जनताको एकमात्र आवाज वुलुन्द गर्ने एक अग्रगामी सोचको सचेत जनशक्ति हो । यो संगठनको आफ्नो संघर्षको इतिहास छ ।, तत्कालिन राजतन्त्रसँग टकराव गर्दै जनयुद्ध अघि वढि रहुँदा त्यो वेलाको सरकारका सेना, प्रहरीले माओवादी नामको ढुङगा मुडालाइ खोजीखोजी मार्ने , अपहरण गर्ने, वेपत्ता पार्ने ,चरम यातना, दिने निन्दनिय कार्यमा लागेको, कुरुर तानाशाह वनेको राजतन्त्रले नेपाली जनताहरुलाई पनि सुख दिएन । दुस्मनका हरेक घटनाक्रमलाई भूमिगत पार्टीलाई सूचना पुगाउने र पुलको रुपमा संञ्चार गर्ने क्रन्तिकारी पत्रकार वनेर जनताको पक्षमा संकटको घडिमा रिपोट गर्दै आफ्नो ज्यानको प्रवाह नगरि युद्ध पत्रकारित गर्ने ताकत केवल जनपत्रकारमा थियो ।
जनयुद्ध ताका पत्रकारिताको मोर्चालाई समालेका साहित्यकार एवं पत्रकार कृष्ण सेन इच्छुक एक संञ्चार योद्धा थिए उनले आन्दोलनमा पुगाएको योगदान अतुलनीय छ । दुस्मनको धम्किबाट नडराउने निडर साहासिक पत्रकार जो देख्दा जेलर पुलिसको सातो जान्थ्यो । उनलाइ चरम यातना दियर शाही सरको प्रहरीले जेलमा हत्या ग¥यो देश र जनता प्रति अन्याय हुन नदिन निरन्तर आफ्नो कलम द्धारा जनजागरण गर्ने सेन लगाएत करिव ४२ जनाले नयाँ व्यवस्थाको स्थापना जनवादी राज्य स्थापना गर्नका खातिर लागेका निर्दोष जनपत्रकारलाई हत्या गरियो । निरंकुश शाही सरकारले जनपत्रकारको आवाज वन्द गर्न खोज्दा आफ्नै राज्य सत्ताको उठिवास भयो । शहिद पत्रकारहरु प्रति हामी नेपालीले जनस्तरबाट उनलाई हार्दीक नमन गर्नु पर्ने नै हुन्छ ।
यसै सन्दर्भमा शहिद इच्छुकले देखायको वाटोलाइ हामीहरुले कहिल्यैे नभुल्ने गरी जनपत्रकारिता मार्फत उनले चाहेको वैज्ञानिकसमाजवादी व्यवस्थालाई स्थापना गर्न उनले देखाएका स्वपना साकार पार्ने दिशामा जनपत्रकार लागि पर्नु पर्छ । आज सवै पुँजीवादको दलदलमा फसेका छन । जनवाद ल्याउने नाममा शहिदका सपना वेचेर वाचेका केहि पत्रकार व्यवसायी रुपमा वार्गेनिङ गर्दै हिडेका भेटिन्छन । हिजो राजनीति परिवर्तनका स्वपना देखाउदै हिडने जनयुद्धका कमण्डर मानिनेहरु आज संसदीय राजनीतिमा सभागि हँुदै सरकारको पटकपटक नेतृत्व गरेर पनि जनताका स्वपना र व्यवस्थाको माग पुरा गर्न सकेका छैनन । त्यसैले नेपालमा जनताहरुले भने जस्तो शासन व्यवस्था नआउनजेल जनताका पत्रकार जनपत्रारको यात्रा निरन्तर रुपमा चलिरन्छ ।
आज पत्ररकार,कलाकार जो जे होस उनिहरुलाइ पँुजीवादले किनेको छ । विचारवाट विचल्लि भएर फर्केकाहरुलाइ नयाँ सन्देश दिएर एकिकृत जनक्रान्ति मार्फत वैज्ञानि समाजवादी व्यवस्था ल्याएर मात्रा आम नेपालीको वास्तिविक हित हुने विचारको विकास गर्न र सचेतना फैलाउन जनपत्रकारिताको आवश्यकता भएको छ । विदेशि दलालहरुको चाकरी गर्ने । पत्रकारलाइ आफ्नो मिडिया कसरी चलाउने चिन्ता छ । विदेशीलाई खुशी पार्न जे पनि गर्न तयार हुन,े देशको सिमा मिचिदा नवोल्ने, पार्टी र मिडिायालाई के भनौ ?
अहिले नेपालमा वाहिरी हस्तक्षप वढेको छ । मिडिया वोल्दैनन देउवा सरकार एमसिसिको पक्षमा आवाज उठाउँदैछ । नेपालका भ्रष्ट राजनीति दलहरु देशको राष्ट्रियता र स्वभिमानलाई दाउमा राखेर आफ्नो निजी स्वार्थ सिद्ध गर्न तल्लिन छन् । यस्ता सबैखाले भ्रष्ट क्रियाकलापलाई खवरदारी गर्न जनपत्रकारिताले अहम् भूमिका खेल्नु पर्ने जिम्मेवारी तथा अवसर प्राप्त भएको छ । जनपत्रकारले नै नेपाली समाजलाई सहि दिशा तिर लिनका लागि निरन्तर आफ्नो आवाज उठाउनु पर्छ ।
