Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

शी जिनपिङको चेतावनी : विश्वव्यापी भीडन्तको नतिजा भीषण हुने


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, माघ ४, २०७८

शी जिनपिङको चेतावनी : विश्वव्यापी भीडन्तको नतिजा भीषण हुने

सिँजादर्पण, चीनका राष्ट्रपति शी जिनपिङले सोमबार दावोस वर्ल्ड इकोनोमिक फोरमको छलफलमा विश्वव्यापी भीडन्तको नतिजा भीषण हुनसक्ने चेतावनी दिएका छन् ।कोरोना महामारीका कारण वर्ल्ड इकोनोमिक फोरमको यो बैठक भर्चुअल भइरहेको छ ।राष्ट्रपति शी जिनपिङले भीडन्तले समस्याको हल ननिस्कने कुराको इतिहास साक्षी भएको बताएका छन् ।

उनले कोरोना महामारीको असरसँग जुध्नका लागि साझा कोसिसको आवश्यकता पर्ने बताएका छन् । चिनियाँ राष्ट्रपतिले मानवताका कारण महामारीमाथि जीत हासिल गर्न सकिने पनि बताएका छन् ।उनले विश्वव्यापी अर्थव्यवस्थाको स्थिति थप खराब हुनबाट रोक्नका लागि आर्थिक नीतिको उत्कृष्ट समन्वयको पनि आह्वान गरेका छन् ।

चीनको सफलताको उल्लेखः
शी जिनपिङको भाषणको शैली अघिल्लो पटकजस्तै थियो । उनले कोरोना महामारीसँग जुध्ने मामिलामा चीनको सफलताबारे उल्लेख गरेका छन् ।उनका अनुसार चीन संसारको एक्लो यस्तो अर्थव्यवस्था हो जसले बलियो नतिजा दिइरहेको छ ।
संसारको प्रमुख शक्तिबीच देखिएको कमजोरीतर्फ संकेत गर्दै उनले भविष्यप्रति चेतावनी दिएका छन् ।उनले चीन सबैलाई समेटेर अघि बढ्ने नीतिमा विश्वास गर्ने बताएका छन् ।उनले चेतावनीयुक्त लवजमा भने, ‘देशबीच ठोस् समन्वय स्थापित गर्न आवश्यक छ र समृद्ध देशले जिम्मेवारी नीतिमाथि अमल गर्नुपर्छ ताकि उनीहरुको गतिविधिका कारण विकासशील देशलाई हानी नहोस् ।’

चीनको जिरो कोभिड पोलिसीः
कोरोना महामारीको सुरुवातपछि नै चीन जिरो कोभिड नीतिमाथि अमल गरिरहेको छ । यसका सीमा बाहिरी व्यक्तिका लागि बन्द छन् तर पूरा महामारीका बेला यो पूरा दुनियाँका लागि उत्पादनको प्रमुख केन्द्र बनेको छ ।

वर्ल्ड इकोनोमिक फोरमलाई सम्बोधन गर्दै शी जिनपिङले संसारले शताब्दीमा एकपटक आउने महामारीको विरुद्धमा ठूलो मुश्किल लडाईं लडेको बताएका छन् ।तर उनले यो महामारी लामो समयसम्म चल्ने पनि बताइन् । भाइरसको नयाँ भेरियन्ट पहिलाको तुलनामा अत्यधिक तीब्र रुपमा फैलिरहेको र यसले विश्वव्यापी अर्थव्यवस्थामा चुनौती गहिरिएको बताए ।

शी जिनपिङले चेतावनी दिँदै भने, ‘उद्योगका लागि ग्लोबल सप्लाई चेन बाधित भएको छ । मूल्यवृद्धि अत्यधिक छ । ऊर्जाको आपूर्तिमा असर परेको छ ।’
उनले भने, ‘संरक्षणवाद र मनोमानी तरिकाले काम गर्दा कसैको पनि भलाई हुनेवाला छैन । यसले अन्त्यमा अरूका साथसाथै आफूलाई पनि हानी हुनेछ । हामीले कुनै युद्ध बिना कुराकानीको माध्यमले अघि बढ्नुपर्छ ।’राष्ट्रपति शी जिनपिङको यो बयान चीन र अमेरिकाबीच चलिरहेको राजनीतिक र व्यापारिक तनावबीच आएको छ ।

स्विटजरल्याण्डको दावोस शहरमा हरेक वर्ष जनवरीमा हुने वर्ल्ड इकोनोमिक फोरमको यो बैठकमा संसारभरीका व्यापारिक र राजनीतिक व्यक्तित्व एक अर्कासँग काँधमा काँध मिलाएको देख्न पाइन्थ्यो ।तर कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको प्रकोपका कारण लगातार दोस्रोपटक वर्ल्ड इकोनोमिक फोरमको भर्चुअल कन्फरेन्स भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn