Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कोरोना भाइरसबारे चीन र क्यानडाबीच नयाँ विवाद, के ओमिक्रोन चिठीबाट पठाउन मिल्छ?


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, माघ ९, २०७८

कोरोना भाइरसबारे चीन र क्यानडाबीच नयाँ विवाद, के ओमिक्रोन चिठीबाट पठाउन मिल्छ?

सिँजादर्पण, काठमाडौं( कोरोना भाइरसको पछिल्लो भेरियन्ट ओमिक्रोन संक्रमणबारे चीन र क्यानडाबीच अनौठो विवाद सुरु भएको छ। चीनका स्वास्थ्य अधिकारीहरूले क्यानडाबाट पठाइएको संक्रमित चिठीबाट बेइझिङमा ओमिक्रोन प्रवेश गरेको दाबी गरेका छन्। तर, क्यानडाका स्वास्थ्य विज्ञहरूले यसलाई अस्वीकार गरेका छन्।

गएको सोमबार ‘द बेइजिङ सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल’ ९बीसीडीसी० ले जारी गरेको ‘न्यूज रिलिज’मा क्यानडाबाट अमेरिका र हङकङ हुँदै पठाइएको अन्तर्राष्ट्रिय ‘मेल’का कारण त्यहाँ पहिलो संक्रमित भेटिएको दाबी गरिएको छ। उक्त चिठी गएको जनवरी ७ मा पठाइएको र जनवरी ११ मा प्राप्त भएको बीसीडीसीले जनाएको छ। अनुसन्धान र प्राविधिक जाँचबाट उक्त चिठीमा ओमिक्रोन भेरियन्ट रहेको पाइएको चीनको दाबी छ।

गएको शनिबार बेइझिङस्थित एउटा भवनमा राखिएका कामदारलाई नियमित जाँचको क्रममा एक महिला ओभिक्रोनबाट संक्रमित भएको पाइएको थियो। आगामी महिना हुने हिउँदे ओलम्पिकअघि कोरोना संक्रमण फैलन नदिन चीनले कामदारहरूलाई तोकेको क्षेत्रबाहिर जान दिएको छैन। उनीहरू बसेकै स्थानमा लकडाउन गरेको छ। ती महिला संक्रमित भएको पाइनुभन्दा १४ दिनअघिसम्म अन्तर्राष्ट्रिय र राष्ट्रिय यात्रामा ननिस्किएको चीनको दाबी छ। ती महिलाले क्यानडाबाट आएको चिठी लिएको जनाइएको छ।

‘संक्षेपमा महामारीको इतिहास, शंकास्पद वस्तुको परीक्षण नतिजा र जिन सिक्वेन्सको नतिजाको संयोजनले विदेशी वस्तुहरूबाट भाइरस फैलिने संभावनालाई नकार्न सकिँदैन,’ बीसीडीसीले भनेको छ। विदेशी सामान खरिदलाई न्यून गर्न र अन्तर्राष्ट्रिय मेल प्राप्त गर्दा मास्क र डिस्पोजेबल पञ्जा लगाउन पनि बीसीडीसीले आग्रह गरेको छ।

ओमिक्रोनलाई अहिलेसम्मको सबैभन्दा संक्रामक भाइरस मानिएको छ। तर, यो डेल्टा जति घातक भने नभएको वैज्ञानिकहरूको दाबी छ। बेइझिङबाहेक चीनका कम्तीमा चार प्रान्त र नगरपालिकाहरूमा ओमिक्रोन भेटिएको दाबी गरिएको छ। उत्तरी शहर तियानजिन, मध्य प्रदेश हेनान, दक्षिणी प्रदेश गुआङडोङ र उत्तरी प्रदेश लिआओनिङमा ओमिक्रोनका संक्रमित भेटिएका हुन्। यद्यपि, चीनमा भएका ओमिक्रोनका कुल संक्रमितबारे केही बताइएको छैन।

विज्ञहरू के भन्छन्रु
विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० का अनुसार कोभिड–१९ संक्रमित सामग्रीहरूबाट पनि फैलिन सक्छ। तर, तत्कालका प्रमाणहरूले भने कोरोना भाइरस श्वासप्रश्वासबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलने डब्लूएचओले आफ्नो वेभसाइटमा उल्लेख गरेको छ।

महामारी नियन्त्रणविज्ञ तथा टोरोन्टो युनिभर्सिटीका सहायक प्राध्यापक कोलिन फरनेसले पनि चीनको दाबी विश्वसनीय नभएको बताए। उनका अनुसार कोरोना भाइरसको कागजमा बाँच्ने क्षमता कागजको नरमपनामा निर्भर गर्दछ। कोरोना भाइरस कागजमा एक वा दुई दिनभन्दा बढी नबाँच्ने उनको दाबी छ।

क्यानडाको ओन्टारियोस्थित क्विन्स युनिभर्सिटीका संक्रामक रोगविज्ञ डा। जेराल्ड इभान्सका अनुसार यो ‘अकल्पनीय’ हो कि क्यानडाबाट पठाएको चिठीमा त्यस्तो संक्रामक भाइरस हुन् र ती चीनमा कोभिड–१९ फैलाउन सक्षम रहुन्। उनले ग्लोबल न्युजसँग भनेका छन्, ‘कोभिड–१९ को कारण मानिएको भाइरस सार्स–कोभ–२ कुनै संक्रमित होस्ट वा व्यक्तिभन्दा बाहिर त्यति लामो समयसम्म रहन सक्दैन।’ डा। इभान्सले गत हप्ता सार्वजनिक ब्रिस्टोल युनिभर्सिटीको एक अध्ययनलाई उधृत गर्दै भनेका छन् कि संक्रमित व्यक्तिले श्वास फेर्दा बाहिर निस्किएका भाइरसले २० मिनेटपछाडि ९० प्रतिशत संक्रामकपन गुमाउँछ। तर, पाँच मिनेटपछि नै यस्ता भाइरसको संक्रमण गर्ने प्रमुख शक्ति क्षति भइसकेको हुन्छ।

महामारी नियन्त्रणविज्ञ तथा टोरोन्टो युनिभर्सिटीका सहायक प्राध्यापक कोलिन फरनेसले पनि चीनको दाबी विश्वसनीय नभएको बताए। उनका अनुसार कोरोना भाइरसको कागजमा बाँच्ने क्षमता कागजको नरमपनामा निर्भर गर्दछ। कोरोना भाइरस कागजमा एक वा दुई दिनभन्दा बढी नबाँच्ने उनको दाबी छ। ‘खामभित्र त कागजपत्रको घर्षणका कारण एक दिन पनि बाँच्न मुस्किल देखिन्छ,’ उनले भनेका छन्।

ब्रिटिश कोलुम्बिया युनिभर्सिटीका संक्रामक रोगविज्ञ डा। होरासिओ बाखका अनुसार ओमिक्रोन बढी संक्रामक भए पनि यो अन्य भेरियन्टजस्तै गरी फैलिन्छ। अर्थात्, मुख्यगरी मान्छेबाट मान्छेमा नै बढी फैलिन्छ।

क्यानडाको पोष्टले भने डब्लूएचओ र पब्लिक हेल्थ एजेन्सी अफ क्यानडा ९पीएचएसी० लाई उधृत गर्दै चिठीपत्र खोल्दा जोखिम कम हुने उल्लेख गरेको छ। क्यानडा पोष्टको वेभसाइटमा भनिएको छ, ‘पीएचएसीका अनुसार क्यानडाभित्र पार्सल वा प्याकेजमा जोखिम भएको जानकारीमा छैन।’

क्यानडा सरकारको प्रतिक्रिया के छरु
क्यानडाका संघीय स्वास्थ्य मन्त्री जाँ–यीभ डुक्लोसले गएको सोमबार पत्रकार सम्मेलन गर्दै चिठीको एक टुक्रोले ओमिक्रोन भेरियन्ट बेइझिङ प्रवेश गरेको भन्नु ‘एउटा असाधारण दृष्टिकोण’ भएको बताए। चीनले किन त्यस्तो दाबी गरिरहेको छ भन्ने आफ्नो व्यक्तिगत धारणाहरू भएको बताए। उनले कोभिड प्रसारणबारे विज्ञहरूलाई पत्याउनुपर्ने पनि बताए। हामीले आधिकारिक रूपमा हाम्रा विश्वभरिका साझेदारसँग जाँच गरेका छौँ,’ डुक्लोसले भने, ‘मलाई लाग्छ यो कुनै नयाँ होइन, तर चाखलाग्दो हो। हामीले अन्तर्राष्ट्रिय र राष्ट्रिय रुपमा गरिरहेका कामसँग यो मिल्दैन।

क्यानडाका कन्जरभेटिभ नेता एरिन ओ’टूलले चीनको भनाइलाई हास्यास्पद बताएका छन्। ‘निश्चय नै महामारीको बेला हामी यस्ता भेरियन्टसँग सचेत छौँ, यी भेरियन्टहरू क्यानडाबाहिरबाट आएका छन् र अहिले हामी तिनको सामना गरिरहेका छौँ,’ सोमबारको पत्रकार सम्मेलनमा ओ’टूलले भने, ‘यस्ता कथाहरूले यो महामारीको सुरुदेखि नै चीनबाट बाहिर आएका सूचनामा विश्वास गर्न सकिँदैन भन्ने विश्वास दिलाउँछ।’

चीन र पश्चिमाबीच आरोप–प्रत्यारोप
चीनमा आगामी फेब्रुअरी ४ देखि हिउँदे ओलम्पिक आयोजना हुँदैछ। यो ओलम्पिकमा पश्चिमा देशहरूले ‘कूटनीतिक बहिष्कार’को घोषणा गरेका छन्। अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलियालगायत १६ देशले औपाचारिक रूपमा सरकारी प्रतिनिधि मन्डल नपठाउने घोषणा गरेका छन्। उनीहरूले चीनमा कमजोर मानव अधिकारको विरोध स्वरूप बहिस्कार घोषणा गरेका हुन्। यद्यपि, खेलाडीले भने प्रतिश्पर्धा गर्दैछन्।

पछिल्लो समय चीनमा हुने ओलम्पिकलाई असफल बनाउन पश्चिमा देशहरू लागि परेको चीनको बुझाइ छ। त्यसैले ओलम्पिकको मुखमा बेइझिङमा ओमिक्रोन भेरियन्ट देखिनुलाई उसले षडयन्त्रको रूपमा लिएको छ।

बेइझिङमा भेटिएको पहिलो संक्रमित महिला ओलम्पिक पार्कबाट मात्र १५ मिनेटको ‘ड्राइभिङ’ दूरीमा रहेको सीएनएनले उल्लेख गरेको छ। ती महिला संक्रमित भेटिएपछि सिंगै बस्ती ‘लक्ड’ गरिएको थियो।

अहिले चीनका अधिकारीहरूले विदेशबाट आउने चिठीपत्र र अन्य सामग्रीलाई निर्मलीकरण गर्न थालेका छ। त्यसैगरी पोस्टल कर्मचारीलाई पूर्ण मात्रामा खोप दिइएको छ। त्यहाँको सीसीटीभीले गएको समेबार सोसल मिडियामार्फत विदेशबाट आउने सामन खरिद र चिठी प्राप्त गर्न न्यूनीकरण गर्ने सन्देश प्रसारित गरेको थियो।

सन् २०१९ मा सुरुमा चीनमा कोरोना भाइरस फैलिएपछि पनि पश्चिमा र चीनबीच आरोप–प्रत्यारोप चलेको थियो। चीनले आफ्नो देशमा आएका अमेरिकी सेनाले भाइरस ल्याएको दाबी गरेको थियो। अमेरिकाले वुहानको मासु पसलबाट भाइरस फैलिएको जनाएको थियो। कतिपय स्वतन्त्र अध्ययनहरूमा भने वुहानमा देखिनुअघि नै उस्तै प्रकृतिका बिरामी जर्मनी र अमेरिकामा देखिएको पनि जनाएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn