Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

एमसीसी पासका हुन अमेरिकाले दिएको अल्टिमेटम २ दिन बाँकी, के गर्लान् देउवा ?


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, फाल्गुन १४, २०७८

एमसीसी पासका हुन अमेरिकाले दिएको अल्टिमेटम २ दिन बाँकी, के गर्लान् देउवा ?

सिँजादर्पण, काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसदबाट अनुमोदन गर्न अमेरिकाले नेपाललाई दिएको अल्टिमेटम अब जम्मा २ दिन बाँकी छ। अर्थात् वाचाअनुरूप नेपालले यही फागुन १६ भित्र एमसीसीको प्रस्ताव प्रतिनिधि सभाबाट पारित गराउनुपर्नेछ। अन्यथा आफूले नेपाल–नीतिमै पुनःविचार गर्ने चेतावनी अमेरिकाले दिएको छ।

त्यसैले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा केही दिनयता यसैमा सहमति जुटाउन दौडधुप गरिरहेका छन्। हरेक दिन उनले कहिले प्रमुख प्रतिपक्षी एमाले त कहिले सत्ता गठबन्धकै दलहरूसँग छलफल गरिरहेका छन्। जसोतसो गत आइतबार प्रतिनिधि सभामा एमसीसी सम्झौता टेबल गराउन सफल भएका प्रधानमन्त्री देउवा सरकारमै रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीका विपक्षमा उभिने अडान लिएपछि अप्ठेरोमा परेका छन्।

यही कारण एमसीसीबारे सैद्धान्तिक छलफल गर्न भनेर बिहीबार र शुक्रबार दुवै दिनका लागि बोलाइएका संसद् बैठक लगातार स्थगन गर्नुपर्यो। तोकिएको समयसीमाअनुसार एमसीसी पासका लागि सहमति जुटाउन अब आज शनिबार र भोलि आइतबार गरी २ दिन मात्रै समय छ। पर्सि सोमबार त फागुन १६ अर्थात् संसदबाट एमसीसी अनुमोदनका लागि दिइएको अन्तिम समयसीमा।यसले गर्दा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनका दल र प्रमुख प्रतिपक्षी एमाले दुवै पक्षसँग समानान्तर ढंगले वार्तालाई तीव्रता दिइरहेका छन्।

यसै क्रममा शुक्रबार बिहान सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासँग छलफल गरेका प्रधानमन्त्री देउवा बेलुका एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गर्न उनकै निवास बालकोट पुगे। यसअघि पनि पटकपटक छलफल गरेका प्रधानमन्त्रीको पार्टी कांग्रेस र एमालेबीच अझै सहमति भने हुन सकेको छैन।एमालेले उनैलाई प्रधानमन्त्री बनाउन सहयोग गरेका माधव नेपालसहित १४ सांसदलाई आफ्नो निर्णयअनुसार बर्खास्त गरिनुपर्ने कि सभामुख अग्नि सापकोटा हटाइनुपर्ने सर्त राखेको छ। यसले गर्दा देउवा एमालेसँग सहमति गरिहाल्न सक्ने अवस्थामा पनि अलि छैनन्।

अर्को कुरा सभामुख हटाउन पनि प्रक्रिया लम्बिने भएकाले एमसीसी पास गर्नुपर्ने म्यादभित्र एमालेका माग पूरा हुन सम्भव छैन। त्यसैले सत्ता गठबन्धनमा एमसीसी अनुमोदनका लागि सहमति हुन नसके एमालेका माग पछि पूरा गर्ने गरी एमालेलाई साथमा लिएर एमसीसी पास गराउने जोडबलमा प्रधानमन्त्री देउवा छन्। तर एमालेले ‘ब्ल्याङ्क चेक’ दिएर सहमति गर्न नसकिने भनिरहेको छ। उता सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई पनि एमसीसीका पक्षमा ल्याउन देउवाले सकिरहेका छैनन्।

स्रोतका अनुसार यसबीच प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज शनिबार दिउँसो ३ बजेसम्मको अल्टिमेटम दिएका छन्। यस समयभित्र प्रचण्डले एमसीसी अनुमोदनमा साथ दिन सक्ने बताए भने गठबन्धन जोगिने अन्यथा एमालेका माग पूरा गरेर र गठबन्धन तोडेर भए पनि समयसीमाभित्र एमसीसी अनुमोदन गराएरै छाड्ने योजनामा प्रधानमन्त्री देउवा छन्।

स्रोतका अनुसार आ​ज दिउँसो ३ बजेभित्र प्रचण्ड एमसीसी अनुमोदनमा सहमत नभए प्रधानमन्त्री देउवा साँझ पुनः बालकोट जाने र एमालेसँग ‘निर्णायक’ वार्ता गर्ने तयारीमा छन्। एमाले स्थायी कमिटीका सदस्य शेरबहादुर तामाङले कांग्रेस र एमाले सहमतिको नजिक पुगेको दाबी गरे। ‘राष्ट्रिय राजनीतिको गतिरोध अन्त्यका लागि दुई पार्टी सहमतिको नजिकै पुगेका छन्’, उनले शनिबार बिहान नेपालखबरसँग भने। एमाले स्थायी कमिटी सदस्य तामाङले प्रचण्ड र माधव नेपालले एमसीसी अनुमोदनमा सहमति जनाए मात्र गठबन्धन जोगिने सम्भावना रहेको दाबी पनि गरे। अन्यथा अब यो गठबन्धन अगाडि बढ्ने अवस्था नरहेको उनको भनाइ छ।

यस आधारमा कांग्रेसले अब एमालेसँगै सहकार्य गर्ने सम्भावना बढी देखिएको संकेत उनले गरे।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn