सिँजादर्पण, युक्रेनका राष्ट्रपति भोदलोदीमीर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई व्यक्तिगत भेटघाट गर्नका लागि आमन्त्रण गरेका छन् । युद्ध अन्त्य गर्नका लागि यो कठिन तर आवश्यक बाटो भएको उनको भनाइ छ ।रुसी सरकार क्रेमलिनले जेलेन्स्कीको अनुरोधलाई बेवास्ता गरेको छ । तर युक्रेन युद्ध अन्त्य गर्न अन्य विभिन्न प्रयास भइरहेका छन् ।
सम्झौतामा संलग्न अधिकारीहरूले आइतवार आशावादी कुरा गर्दै केही दिनभित्र सकारात्मक परिणाम आउने बताएका छन् । युक्रेनका वार्ताकारले मस्को सकारात्मक कुरा गर्न थालेको बताए । रुसका वार्ताकारले पनि वार्तामा उल्लेख्य प्रगति भइरहेको बताए । रुसले पोल्यान्डको सीमा नजिक रहेको युक्रेनी शहर लभिभमा आक्रमण गरेकै समयमा युद्ध अन्त्य हुने झिनो आशा पलाएको हो ।
